
एपोलो हाइड्रोपावरको स्थानीय आईपीओ आवेदन म्याद चैत १० सम्म थपApollo Hydropower Extends IPO Application Deadline for Project-Affected Locals Until Chaitra 10
एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद चैत १० गतेसम्म थप गरेको छ। कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ लाख १० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख ७० हजार कित्ता शेयर स्थानीय बासिन्दाका लागि जारी गरिएको हो। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ४७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीले निर्माण गरिरहेको ६ मेगावाटको बुकु खोला जलविद्युत आयोजनाको अनुमानित लागत करिब १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ।Apollo Hydropower Limited has extended the application deadline for its IPO issued to residents of project-affected areas until Chaitra 10. The company received approval to issue 1.41 million shares, representing 30 percent of its total issued capital of Rs. 570 million. In the first phase, 470,000 shares have been allocated to local residents. Applicants can apply for a minimum of 10 shares and a maximum of 47,000 shares. The company is developing the 6 MW Buku Khola Hydropower Project with an estimated cost of around Rs. 1.37 billion.


















