
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले चालु आर्थिक वर्षको पहिलो आधामा ७२.१५ प्रतिशत नाफा वृद्धि जनाएको छ GLBSL Reports 72.15% Increase in Net Profit for the First Half of Fiscal Year
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिको नाफामा ठूलो वृद्धि देखाएको छ। पहिलो ६ महिनामा लघुवित्तले २ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७२.१५ प्रतिशत बढी हो। यस नाफाको वृद्धि ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएको वृद्धिको कारणले भएको हो। ब्याज आम्दानीमा ५५.१८ प्रतिशत र फि आम्दानीमा ६३.१० प्रतिशत वृद्धि भएको छ। लघुवित्तको कुल सञ्चालन आम्दानी र मुनाफा क्रमशः ३६.१५ प्रतिशत र ६७.७७ प्रतिशत बढेको छ। चुक्ता पूँजी १३२.३ मिलियन र जगेडा कोष ७८.५ मिलियन रहेको यस लघुवित्तले १ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ निक्षेप र २ अर्ब १० करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।Gurans Microfinance Financial Institution Limited (GLBSL) has reported a significant increase in its net profit for the second quarter of the current fiscal year. The institution’s net profit for the first six months reached NPR 26.6 million, a 72.15% rise from the same period last year. This growth is attributed to higher interest income and operational profit, with interest income increasing by 55.18% and fee income rising by 63.10%. The microfinance also saw a rise in its operating income and profit, which grew by 36.15% and 67.77%, respectively. With a paid-up capital of NPR 132.3 million and reserves of NPR 78.5 million, the institution has mobilized NPR 19.5 billion in deposits and provided loans worth NPR 21.06 billion by the end of the second quarter.


















