
पर्यटक बढे पनि नेप्सेमा सूचीकृत होटलहरूको व्यापार निराशाजनक, ८ मध्ये ५ कम्पनी घाटामाDespite a Surge in Tourist Arrivals, NEPSE-Listed Hotels Show Disappointing Results: 5 Out of 8 Companies in the Red
अन्य नोक्सानीमा रहेका कम्पनीहरूमा होटल फरेस्ट इन, सिटी होटल र बन्दीपुर केबुलकार रहेका छन्। होटल फरेस्ट इनले घाटा बढाएर २४ करोड ४५ लाख पुर्याएको छ (अघिल्लो वर्ष १७ करोड १९ लाख घाटा थियो)। यद्यपि, सिटी होटल र बन्दीपुर केबुलकारले भने आफ्नो अघिल्लो वर्षको घाटालाई सामान्य रूपमा घटाएका छन्। सिटी होटल १७ करोड ३० लाख (अघिल्लो वर्ष १९ करोड ८४ लाख) र बन्दीपुर १३ करोड ६५ लाख रुपैयाँ (अघिल्लो वर्ष १७ करोड २४ लाख) नोक्सानीमा रहेका छन्। पर्यटक आगमन र होटलहरूको व्यापारबीच तालमेल नदेखिँदा लगानीकर्ताहरूको प्रतिफल भने नराम्ररी प्रभावित भएको छ।Other companies facing losses include Hotel Forest Inn, City Hotel, and Bandipur Cable Car. Hotel Forest Inn saw its losses widen to Rs 24.45 crore, up from Rs 17.19 crore the previous year. However, City Hotel and Bandipur Cable Car managed to slightly narrow their year-over-year losses. City Hotel reported a loss of Rs 17.30 crore (down from Rs 19.84 crore), and Bandipur Cable Car posted a loss of Rs 13.65 crore (down from Rs 17.24 crore).

















