
1 min read
ई–भिसा र राजस्व संकलनका लागि अन्तर्राष्ट्रिय कार्ड भुक्तानी सुविधा सुरु
ई–भिसा र राजस्व संकलनका लागि अन्तर्राष्ट्रिय कार्ड भुक्तानी सुविधा सुरु काठमाडौं । अब नेपालमा ई–भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन) तथा भिसा–अन–अरलाइभ सेवाको भुक्तानी अन्तर्राष्ट्रिय कार्डमार्फत गर्न सकिने भएको छ। नेपाल सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) मा अन्तर्राष्ट्रिय कार्ड भुक्तानी सुविधा सुरु गरिएको हो। यसका लागि महालेखा नियन्त्रक कार्यालय (FCGO), प्रवासन विभाग (DOI) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) बीच समन्वय गरिएको छ। यस प्रणालीमार्फत अन्तर्राष्ट्रिय पर्यटकहरूले प्रवासन विभागको अनलाइन पोर्टल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिसा शुल्क सहजै भुक्तानी गर्न सक्नेछन्।
NEPSE TRADING
·21 Sep, 2025


















