NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 118 / 234Next
    • जीवन विकास लघुवित्तले १३ हजार ४ सय कित्ता संस्थापक शेयर बिक्रीमा ल्यायो : प्रतिकित्ता ५२५ रुपैयाँ
      Investor

      जीवन विकास लघुवित्तले १३ हजार ४ सय कित्ता संस्थापक शेयर बिक्रीमा ल्यायो : प्रतिकित्ता ५२५ रुपैयाँ Jeevan Vikas Laghubitta Brings 13,400 Promoter Shares for Sale

      जीवन विकास लघुवित्तले १३ हजार ४ सय कित्ता संस्थापक शेयर बिक्रीमा ल्यायो : प्रतिकित्ता ५२५ रुपैयाँ जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना संस्थापक सेयरधनीहरू तथा अन्य इच्छुक लगानीकर्ताका लागि १३ हजार ४ सय कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बिक्रीमा ल्याइएका शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५२५ रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले यसमा सहभागी हुन भदौ २९ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। लघुवित्तका अनुसार लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने चाहनेले सम्पूर्ण कित्ता खरिद गर्न सक्नेछन्।Jeevan Vikas Laghubitta Brings 13,400 Promoter Shares for Sale Jeevan Vikas Laghubitta Bittiya Sanstha Limited has announced the sale of 13,400 promoter shares for its existing promoter shareholders as well as other interested individuals and institutions. The minimum price per share has been set at Rs. 525. Interested investors can submit applications until Bhadra 29. According to the company, investors must apply for a minimum of 1,000 shares, while those interested may also bid for the entire lot.

      NEPSE TRADING·8 Sep, 2025·<1 min read
    • सूचीकृत कम्पनीका लागि नेप्सेको नयाँ नियम : ५% भन्दा बढी सेयर खरिदबारे तत्काल जानकारी दिनुपर्ने
      Investor

      सूचीकृत कम्पनीका लागि नेप्सेको नयाँ नियम : ५% भन्दा बढी सेयर खरिदबारे तत्काल जानकारी दिनुपर्नेNew Rule for Listed Companies: Disclosure Required for Share Purchases Above 5%

      सूचीकृत कम्पनीका लागि नेप्सेको नयाँ नियम : ५% भन्दा बढी सेयर खरिदबारे तत्काल जानकारी दिनुपर्ने नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सूचीकृत कम्पनीहरूको लगानी व्यवस्थापनमा नयाँ नियम लागू भएको छ। नयाँ नियमअनुसार कुनै पनि लगानीकर्ताले एउटै कम्पनीको ५ प्रतिशत वा सोभन्दा बढी सेयर खरिद गरेमा नेप्सेलाई तुरुन्त जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ। नेप्सेले सूचीकृत कम्पनीलाई वित्तीय विवरणसँगै सम्पूर्ण लगानी विवरण समयमै उपलब्ध गराउन निर्देशन दिएको छ। यसअनुसार कम्पनीले लेखापरीक्षण गरिएको वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र र त्रैमासिक विवरण भने त्रैमासिक सकिएको १ महिनाभित्र नेप्सेलाई बुझाउनुपर्नेछ। नयाँ नियमअन्तर्गत कम्पनीले बुक क्लोज गर्ने निर्णय, १० करोड रुपैयाँभन्दा बढी सम्पत्ति खरिद/बिक्री, सञ्चालक समिति वा सदस्यमा हुने हेरफेर, तथा १० करोड रुपैयाँभन्दा बढी दायित्व बहन गर्ने निर्णय पनि तत्काल नेप्सेलाई जानकारी गराउनुपर्नेछ। नेप्सेले सूचीकृत कम्पनीलाई कुल १९ प्रकारका विवरण नियमित रूपमा उपलब्ध गराउनुपर्ने निर्देशन जारी गरेको छ। यसले लगानीकर्तालाई पारदर्शी जानकारी उपलब्ध गराइ बजारमा विश्वास र पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।New Rule for Listed Companies: Disclosure Required for Share Purchases Above 5% A new regulation has come into effect regarding investment management in companies listed under the Securities Board of Nepal (SEBON). As per the rule, if any investor acquires 5% or more shares of a single company, they must immediately disclose this information to NEPSE. NEPSE has also directed listed companies to submit their financial reports and complete investment details on time. According to the rule, audited annual financial statements must be submitted to NEPSE within 5 months of the fiscal year-end, and quarterly reports must be submitted within 1 month of the quarter-end.

      NEPSE TRADING·8 Sep, 2025·1 min read
    • कामना सेवा विकास बैंक : १५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय
      Investor

      कामना सेवा विकास बैंक : १५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय Kamana Sewa Development Bank Announces Dividend, What About Other Development Banks?

      कामना सेवा विकास बैंक : १५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय राष्ट्रियस्तरका विकास बैंकमध्ये कामना सेवा विकास बैंकले पहिलोपटक गत आर्थिक वर्ष (२०८१/८२) को लाभांश घोषणा गरेको छ। बैंकले १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकको सञ्चालक समितिको बैठकले आइतबार यस प्रस्ताव पारित गरेको हो। गत वर्ष १२ प्रतिशत लाभांश वितरण गरेको कामना सेवाले यस वर्ष वितरण दर बढाएको छ। प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको १९औं वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले लाभांश प्राप्त गर्नेछन्। नेपालमा हाल राष्ट्रियस्तरका ८ वटा विकास बैंक सञ्चालनमा रहेका छन्। तीमध्ये ज्योति विकास बैंक मात्र घाटामा रहेकाले लाभांश दिन नसक्ने देखिएको छ। बाँकी ७ वटा विकास बैंकहरूले भने वितरणयोग्य नाफा भएका कारण यस वर्ष लाभांश दिने क्षमता बनाएका छन्।Kamana Sewa Development Bank Announces Dividend, What About Other Development Banks? Among the national-level development banks, Kamana Sewa Development Bank has become the first to announce dividend distribution for the last fiscal year (2081/82 BS). The bank decided to distribute a total dividend of 15.7895%, which includes 10% bonus shares and 5.7895% cash dividend (including tax). The decision was approved at the bank’s board meeting held on Sunday. Last year, the bank had distributed 12% dividend, but this year it has increased the rate. Shareholders will receive the dividend once it is approved by Nepal Rastra Bank and endorsed by the bank’s upcoming 19th Annual General Meeting (AGM). Currently, there are eight national-level development banks in operation. Among them, only Jyoti Development Bank is in loss and unable to distribute dividends. The remaining seven banks, however, have distributable profits and are in a position to announce dividends this year.

      NEPSE TRADING·8 Sep, 2025·1 min read
    • वरुण हाइड्रोपावरको अवितरित हकप्रद सेयर लिलामीमा, असोज १२ गतेसम्म आवेदन दिन सकिने
      Investor

      वरुण हाइड्रोपावरको अवितरित हकप्रद सेयर लिलामीमा, असोज १२ गतेसम्म आवेदन दिन सकिनेBarun Hydropower to Auction Unsold Rights Shares from September 14

      वरुण हाइड्रोपावरको अवितरित हकप्रद सेयर लिलामीमा, असोज १२ गतेसम्म आवेदन दिन सकिने काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बढाबढमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले भदौ २९ गतेदेखि लिलामी बिक्री प्रक्रिया सुरु गर्ने जनाएको छ। कम्पनीले यसअघि गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो। सो क्रममा बिक्री नभएका २ लाख ३८ हजार ४४३ कित्ता सेयर अब लिलामीमार्फत बिक्रीमा ल्याउन लागिएको हो। उक्त सेयर खरिदका लागि जो–कोही व्यक्ति, कम्पनी वा संघ–संस्था सहभागी हुन सक्नेछन्। इच्छुकले असोज १२ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा कम्तीमा १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न पाउने व्यवस्था गरिएको छ। लिलामी आवेदन फाराम आरबीबी मर्चेन्ट बैंकिङबाट प्राप्त गर्न सकिनेछ। साथै, राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयहरू — वीरगन्ज, जनकपुर, नारायणगढ, बागलुङ, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौंडा, तुल्सीपुर, महेन्द्रनगर, संखुवासभाको चैनपुर र खाँदबारी तथा धरानमा पनि आवेदन दिन सकिनेछ।Barun Hydropower to Auction Unsold Rights Shares from September 14 Kathmandu — Barun Hydropower Company Limited has announced that it will auction its unsold rights shares through a sealed-bid process starting September 14 (Bhadra 29). The company had earlier issued rights shares at a 1:1 ratio from July 15 (Ashadh 31) to August 19 (Bhadra 3). Out of the total issue, 238,443 units remained unsubscribed, which will now be put up for auction. The auction is open to individuals, companies, and institutions. Interested bidders must submit their sealed bid applications by September 28 (Ashoj 12). The minimum price has been set at Rs. 100 per share, with investors allowed to bid for at least 100 units and up to the entire lot.

      NEPSE TRADING·8 Sep, 2025·1 min read
    • खानीखोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद भदौ ३१ गतेसम्म थप
      Investor

      खानीखोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद भदौ ३१ गतेसम्म थपKhani Khola Hydropower Extends Rights Share Application Deadline Until September 16

      खानीखोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने म्याद भदौ ३१ गतेसम्म थप काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि बिक्रीमा ल्याएको हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ। यसअघि कम्पनीले आवेदन दिने अन्तिम मिति भदौ २३ गते तोकेको थियो। तर पर्याप्त आवेदन नपरेपछि म्याद थप गरी अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरिरहेको छ। यसअनुसार, १:१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी भइरहेको छ। हकप्रद प्रयोजनका लागि कम्पनीले यसअघि असार २७ गते एक दिन बुक क्लोज गरेको थियो। त्यसअनुसार, असार २६ गतेसम्म नेप्सेमा नाम दर्ता भएका शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।Khani Khola Hydropower Extends Rights Share Application Deadline Until September 16 Khani Khola Hydropower Company Limited has extended the deadline for its ongoing rights share issue, which opened on August 19 (Bhadra 3). The application period, which was initially set to close on September 8 (Bhadra 23), has now been extended until September 16 (Bhadra 31) due to insufficient applications received within the earlier deadline. The company is issuing 4,657,143 units of rights shares at a 1:1 ratio (one rights share for every one share held) at a par value of Rs. 100 per share, amounting to its current paid-up capital of Rs. 465.71 million. For this purpose, the company had already announced a book closure on July 11 (Ashadh 27). Shareholders recorded in NEPSE until July 10 (Ashadh 26) are eligible to apply for the rights issue. The issue manager for Khani Khola Hydropower’s rights offering is Citizens Capital Limited.

      NEPSE TRADING·8 Sep, 2025·1 min read
    • ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर निष्कासन प्रस्ताव गर्दै साधारणसभा बोलायो
      Investor

      ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर निष्कासन प्रस्ताव गर्दै साधारणसभा बोलायोOriental Hotels Limited Calls AGM, Proposes Rights Share Issue

      ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर निष्कासन प्रस्ताव गर्दै साधारणसभा बोलायो ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रस्ताव गर्दै वार्षिक साधारणसभा बोलाएको छ। सभा आगामी असोज ३१ गते बिहान ११ बजे ललितपुर, जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने कम्पनीले जनाएको छ। सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको आधारमा १ बराबर ०.२६६३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेस गर्नेछ। हकप्रद निष्कासनबाट संकलित रकम कम्पनीको परिसरको रिनोभेशन (नवीकरण) कार्यमा उपयोग गर्ने कम्पनीको योजना छ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको निर्वाचन गर्ने र १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ। यसैबीच, सभा प्रयोजनार्थ कम्पनीले असोज २ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। सोअनुसार असोज १ गतेसम्म नेप्सेमा नाम दर्ता भएका शेयरधनीहरूले मात्र सभामा सहभागी हुनुका साथै हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।Oriental Hotels Limited Calls AGM, Proposes Rights Share Issue Oriental Hotels Limited has called its Annual General Meeting (AGM), putting forward a proposal to issue rights shares. The meeting is scheduled to be held on October 17 (Ashoj 31) at 11 AM at the Nepal Administrative Staff College, Jawalakhel, Lalitpur. The AGM will discuss a proposal to issue rights shares in the ratio of 1:0.2663 based on the company’s current paid-up capital. The amount raised from the rights issue will be utilized for the renovation of the company’s premises. In addition, the meeting will approve proposals to authorize the Board of Directors to amend the company’s Articles and Bylaws, elect six board members representing shareholders, and appoint one independent director. For the purpose of the AGM, the company has announced a book closure from October 18 (Ashoj 2) to October 16 (Ashoj 30). Therefore, only shareholders registered in NEPSE by October 17 (Ashoj 1) will be eligible to participate in the AGM and apply for the proposed rights issue.

      NEPSE TRADING·8 Sep, 2025·1 min read
    • हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा
      Investor

      हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमाHimalayan Bank Puts Promoter Shares Up for Sale

      हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा हिमालयन बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले ९ जना संस्थापक सेयरधनीको नाममा रहेको कुल २ लाख १४ हजार ४९२.६७ कित्ता सेयर बिक्रीको लागि सार्वजनिक जानकारी गराएको हो। बैंकले जनाएको अनुसार, हालका लागि उक्त सेयर केवल संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउनेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र काठमाडौं, कमलादीस्थित हेरिटेज प्लाजामा रहेको बैंकको कानुन विभागमा निवेदन दिनुपर्नेछ। सेयरको मूल्य भने बिक्रेताअनुसार फरक–फरक हुने भएकाले सो सम्बन्धी थप विवरणका लागि बैंकको कानुन विभागमा सम्पर्क गर्न आग्रह गरिएको छ। यस्तै, तोकिएको समयभित्र पर्याप्त आवेदन नआएमा सर्वसाधारण लगानीकर्ताका लागि पनि उक्त सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।Himalayan Bank Puts Promoter Shares Up for Sale Himalayan Bank Limited has announced the sale of its 214,492.67 units of promoter shares, currently held under the names of 9 promoter shareholders. According to the bank, these shares are available for purchase only by existing promoter shareholders at this stage. Interested promoters must submit their applications within 35 days at the bank’s Legal Department, Heritage Plaza, Kamaladi, Kathmandu.

      NEPSE TRADING·8 Sep, 2025·1 min read
    • सिटी होटल लिमिटेडको ८०% हकप्रद शेयर निष्कासन सुरु, असोज १२ गतेसम्म आवेदन दिन सकिने
      Investor

      सिटी होटल लिमिटेडको ८०% हकप्रद शेयर निष्कासन सुरु, असोज १२ गतेसम्म आवेदन दिन सकिनेCity Hotel Limited Opens 80% Rights Share Issue, Applications Open Until September 28

      सिटी होटल लिमिटेडको ८०% हकप्रद शेयर निष्कासन सुरु, असोज १२ गतेसम्म आवेदन दिन सकिने सिटी होटल लिमिटेडले आजदेखि (भदौ २३ गते) आफ्ना विद्यमान सेयरधनीहरूलाई लक्षित गर्दै ८० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले प्रतिशेयर अंकित मूल्य रू. १०० दरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ, जसको कुल मूल्य रू. १ अर्ब ३३ करोड ९२ लाख रहनेछ। यस प्रयोजनका लागि कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो। तदनुसार, साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरूले आवेदन दिन पाउनेछन्। हकप्रद निष्कासनमा आवेदन दिने अन्तिम मिति असोज १२ गते तोकिएको छ।City Hotel Limited Opens 80% Rights Share Issue, Applications Open Until September 28 City Hotel Limited has opened the issuance and sale of its 80 percent rights shares starting today (Bhadra 23, 2082). The company is offering rights shares in the ratio of 8 new shares for every 10 existing shares held, equivalent to 13,392,000 units of rights shares at a par value of Rs. 100 per share. The total issue amounts to Rs. 1.3392 billion. For the purpose of the rights issue, the company had announced a book closure on 27 Shrawan 2082. Accordingly, shareholders who were listed in NEPSE trading records by 26 Shrawan 2082 are eligible to apply. The deadline for applications is set for 12 Ashwin 2082 (September 28, 2025).

      NEPSE TRADING·8 Sep, 2025·1 min read
    • RFPL रिभर फल्स पावर : १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन, आवेदन भदौ २3 देखि असोज १२ सम्म
      Investor

      RFPL रिभर फल्स पावर : १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन, आवेदन भदौ २3 देखि असोज १२ सम्मRiver Falls Power to Issue 100% Rights Shares , Applications Open from Sept 8 to Sept 28

      RFPL रिभर फॉल्स पावर : १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन, आवेदन भदौ २२ देखि असोज १२ सम्म रिभर फॉल्स पावर लिमिटेडले आफ्ना विद्यमान सेयरधनीहरूलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्ता पुँजी वृद्धि गर्ने उद्देश्यले १ः१ अनुपातमा हकप्रद सेयर (एक सेयरको बदलामा एक सेयर) जारी गर्न लागेको हो। नेप्सेमा दर्ता भइसकेको कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार सेयरधनीहरूले २०८२ साल भदौ २२ गतेदेखि असोज १२ गतेसम्म (३० दिनभित्र) आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। हकप्रद सेयरका लागि आवेदन प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं तथा प्रभु बैंकका थानकोट, पोखरा, बुटवल, धनगढी, विराटनगर र नेपालगञ्ज शाखाबाट दिन सकिनेछ।River Falls Power to Issue 100% Rights Shares , Applications Open from Sept 8 to Sept 28 River Falls Power Limited has announced that it will issue 100 percent rights shares in a 1:1 ratio to its existing shareholders. The company aims to strengthen its paid-up capital by offering one rights share for every one share held. According to the notice published by the company, shareholders can apply for the rights shares between 22 Bhadra 2082 to 12 Ashwin 2082 (7 September 2025 to 28 September 2025). Applications for the rights issue can be submitted at Prabhu Capital Limited, Kamaladi, Kathmandu, as well as at Prabhu Bank branches in Thanikot, Pokhara, Butwal, Dhangadhi, Biratnagar, and Nepalgunj.

      NEPSE TRADING·8 Sep, 2025·1 min read
    • नेप्सेले अनलाइन ट्रेडिङ सिस्टम मर्मतसम्भार सेवा सम्बन्धी ईओआई रद्द गर्यो
      Investor

      नेप्सेले अनलाइन ट्रेडिङ सिस्टम मर्मतसम्भार सेवा सम्बन्धी ईओआई रद्द गर्योNEPSE Cancels EOI for Online Trading System Support and Maintenance Service

      नेप्सेले अनलाइन ट्रेडिङ सिस्टम मर्मतसम्भार सेवा सम्बन्धी ईओआई रद्द गर्यो काठमाडौं, भदौ २२ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले अनलाइन ट्रेडिङ सिस्टमको सपोर्ट तथा मर्मतसम्भार सेवा सम्बन्धी अभिरुचि पत्र (EOI) रद्द गरेको छ। नेप्सेले सोमबार प्रकाशित गरेको सूचनाअनुसार गत साउन १६ गते (अगष्ट १, २०२५) गोरखापत्र दैनिक र सार्वजनिक खरिद प्रणाली (www.bolpatra.gov.np/egp ) मा प्रकाशित गरिएको ईओआई सूचना सार्वजनिक खरिद नियमावली, २०६४ को दफा ७०(८) बमोजिम रद्द गरिएको हो। यससँगै अनलाइन ट्रेडिङ सिस्टमको मर्मतसम्भार तथा प्राविधिक सहयोगका लागि आह्वान गरिएको प्रक्रिया अब अमान्य हुने नेप्सेले स्पष्ट पारेको छ। नेप्सेले सरोकारवाला सम्पूर्ण पक्षलाई यो जानकारीमा लिन आग्रह गरेको छ।NEPSE Cancels EOI for Online Trading System Support and Maintenance Service Nepal Stock Exchange Limited (NEPSE) has cancelled the Expression of Interest (EOI) notice related to Support and Maintenance Service for the NEPSE Online Trading System. According to the official notice published on Monday, the EOI that was originally announced on 1 August 2025 in the Gorkhapatra Daily and on the Public Procurement Portal (www.bolpatra.gov.np/egp) has been cancelled in line with Rule 70(8) of the Public Procurement Regulations, 2064. With this decision, the earlier call for expressions of interest regarding the online trading system’s maintenance and technical support is no longer valid. NEPSE has requested all concerned stakeholders to take due note of the cancellation.

      NEPSE TRADING·8 Sep, 2025·1 min read
    • नेप्सेले सुरक्षा आपूर्ति कार्यका लागि शिलबन्दी दरपत्र आह्वान, ५ हजारमा फाराम बिक्री, ५० हजारको जमानत अनिवार्य
      Investor

      नेप्सेले सुरक्षा आपूर्ति कार्यका लागि शिलबन्दी दरपत्र आह्वान, ५ हजारमा फाराम बिक्री, ५० हजारको जमानत अनिवार्यNEPSE Invites Sealed Bids for Security Supply Works, Form at Rs. 5,000 and Bid Bond of Rs. 50,000 Mandatory

      नेप्सेले सुरक्षा आपूर्ति कार्यका लागि शिलबन्दी दरपत्र आह्वान, ५ हजारमा फाराम बिक्री, ५० हजारको जमानत अनिवार्य नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आफ्नो भद्रकालीस्थित भवन तथा सम्पत्तिको सुरक्षा आपूर्ति कार्यका लागि इच्छुक आपूर्तिकर्ता, कम्पनी वा फर्महरूबाट शिलबन्दी दरपत्र आह्वान गरेको छ। नेप्सेले आज जारी गरेको सूचनाअनुसार, भवन तथा सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न सामाजिक सुरक्षा सम्बन्धी अनुभव र प्राविधिक दक्षता प्राप्त सेवा प्रदायकलाई निवेदन दिन आग्रह गरिएको छ। दरपत्र फाराम २०७२/०५/०९ गतेसम्म कार्यालय समयभित्र नेपाल बैंक लिमिटेड, काठमाण्डौ शाखामा ५,००० रुपैयाँ (फिर्ता नहुने) शुल्क बुझाएर खरिद गर्न सकिनेछ।NEPSE Invites Sealed Bids for Security Supply Works, Form at Rs. 5,000 and Bid Bond of Rs. 50,000 Mandatory Nepal Stock Exchange Limited (NEPSE) has called for sealed bids from interested suppliers, firms, and companies for the supply of security services for its building and properties located at Bhadrakali, Kathmandu. According to the notice issued today, NEPSE has sought proposals from service providers with prior experience in social security works and technical expertise to ensure the safety and security of its premises.

      NEPSE TRADING·8 Sep, 2025·1 min read
    • नेपाल धितोपत्र बोर्डलाई लगानीकर्ताको २२ बुँदे मागपत्र
      Investor

      नेपाल धितोपत्र बोर्डलाई लगानीकर्ताको २२ बुँदे मागपत्रSecurities Board of Nepal Receives 22-Point Demand from Investors

      नेपाल धितोपत्र बोर्डलाई लगानीकर्ताको २२ बुँदे मागपत्र काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोस्रो बजारका लगानीकर्ताको हितलाई ध्यानमा राख्दै सुधार र विस्तारका कार्यहरू तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएको छ। आइतबार लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा लगानीकर्ताहरूले २२ बुँदे मागपत्र बुझाएको अवसरमा बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले यस्तो आश्वासन दिएका हुन्। श्रेष्ठले दोस्रो बजारलाई नै आफ्नो पहिलो प्राथमिकता रहेको स्पष्ट पारे। उनले भने, “सुरुदेखि नै मेरो धारणा के हो भने दोस्रो बजार पहिलो प्राथमिकता हुनुपर्छ भन्ने नै हो। खासगरी साना लगानीकर्ताले जुन भोग्नुपर्ने समस्या छ, त्यसलाई बेवास्ता गर्न सक्दिन।”Securities Board of Nepal Receives 22-Point Demand from Investors The Securities Board of Nepal (SEBON) has pledged to immediately move forward with reforms and expansion in favor of secondary market investors. On Sunday, a delegation led by investor Tilak Koirala submitted a 22-point demand letter to SEBON Chairman Santosh Narayan Shrestha, who assured that the problems of the secondary market would be addressed. Chairman Shrestha emphasized that the secondary market remains his first priority. He said, “From the beginning, my view has been that the secondary market must come first. Especially the challenges faced by small investors cannot be ignored. While authorized and issuing companies also require capital mobilization, there must be a balance between these two aspects.”

      NEPSE TRADING·7 Sep, 2025·1 min read
    • नेपाली बजारमा डलरको मूल्य फेरि नयाँ रेकर्ड
      Investor

      नेपाली बजारमा डलरको मूल्य फेरि नयाँ रेकर्डUS Dollar Hits New Record in Nepali Market

      नेपाली बजारमा डलरको मूल्य फेरि नयाँ रेकर्ड नेपाली बजारमा डलरको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलरको खरिद मूल्य १४०.९३ रुपियाँ र बिक्री मूल्य १४१.५३ रुपियाँ तोकेको छ, जुन हालसम्मकै उच्च दर हो। यसअघि भदौ १४ गते डलरको खरिद मूल्य १४०.८२ र बिक्री मूल्य १४१.४२ रुपियाँ पुगेको थियो। त्यसै आधारमा एक साताभित्रै नयाँ रेकर्ड बनेको हो। डलरको मूल्य बढ्नु भनेको नेपाली रुपियाँ कमजोर हुनु पनि हो। नेपालमा डलर दर भारतीय मुद्रासँग पेग गरिएको छ। भारतमा हुने मूल्य परिवर्तनकै आधारमा नेपालमा समेत डलर दर तोकिन्छ। पछिल्लो समय भारतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट हुने वस्तु आयातमा ५० प्रतिशत कर लगाएका कारण व्यापारमा अन्योल बढेको छ। त्यसपछि भारतमा विदेशी लगानी घटेको र डलरको माग उच्च भएको देखिन्छ। यही कारण नेपालमा पनि यसको असर परिरहेको छ।US Dollar Hits New Record in Nepali Market The value of the US dollar has once again reached a new record high in the Nepali market. Nepal Rastra Bank has fixed the buying rate at Rs. 140.93 and the selling rate at Rs. 141.53 for Sunday, the highest level so far. Earlier, on Bhadra 14, the buying rate had reached Rs. 140.82 and the selling rate Rs. 141.42, setting a record then. Within a week, the dollar has now touched a fresh high. A rising dollar essentially means the Nepali rupee is weakening. Nepal’s currency is pegged to the Indian rupee, so fluctuations in India directly impact Nepal. Recently, US President Donald Trump imposed a 50% tariff on goods imported from India, starting August 27. This created uncertainty in India’s trade with the US, leading to a withdrawal of foreign investments and higher demand for dollars in India. As a result, the dollar has appreciated in Nepal as well, since Nepal determines its exchange rate based on India’s evening rates.

      NEPSE TRADING·7 Sep, 2025·1 min read
    • नेप्सेको निर्देशन: बजार मूल्यमा असर पार्ने सूचना तुरुन्त दिनुपर्ने
      Investor

      नेप्सेको निर्देशन: बजार मूल्यमा असर पार्ने सूचना तुरुन्त दिनुपर्नेNEPSE Directive: Information Impacting Market Price Must Be Disclosed Immediately

      नेप्सेको निर्देशन: बजार मूल्यमा असर पार्ने सूचना तुरुन्त दिनुपर्ने काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई समयमै आवश्यक सूचना उपलब्ध गराउन निर्देशन दिएको छ। नेप्सेले जारी गरेको सूचनामा कम्पनीका सूचना तथा निर्णयले धितोपत्रको बजार मूल्यमा प्रत्यक्ष असर पार्ने भएकाले यस्ता विषय तत्काल नेप्सेमा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।NEPSE Directive: Information Impacting Market Price Must Be Disclosed Immediately Nepal Stock Exchange (NEPSE) has directed all listed companies to promptly provide information that could affect the market price of their securities. Issuing a notice, NEPSE has instructed companies to submit required information in the prescribed format and within the given timeframe.

      NEPSE TRADING·7 Sep, 2025·2 min read
    • प्रभु क्यापिटलको १७ औं वार्षिक साधारणसभा असोज १० गते, १२.६३% लाभांश दिने प्रस्ताव
      Investor

      प्रभु क्यापिटलको १७ औं वार्षिक साधारणसभा असोज १० गते, १२.६३% लाभांश दिने प्रस्तावPrabhu Capital to Hold 17th AGM on Ashwin 10; Proposes 12.63% Dividend

      प्रभु क्यापिटलको १७ औं वार्षिक साधारणसभा असोज १० गते, १२.६३% लाभांश दिने प्रस्ताव प्रभु क्यापिटल लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारणसभा २०८२ साल असोज १० गते काठमाडौंको कमलादीस्थित रोयल सिंगी होटलमा राति ९ बजे आयोजना गर्ने भएको छ। साधारणसभामा आर्थिक वर्ष २०८१/८२ का लागि कुल १२.६३१६% लाभांश पारित गर्ने प्रस्ताव रहेको छ। सञ्चालक समितिको निर्णयअनुसार कम्पनीले ४% बोनस सेयर र ८.६३१६% नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो। त्यसैगरी, साधारणसभाले अडिटरको प्रतिवेदनसहित नाफा–नोक्सानी विवरण, वासलात, वित्तीय विवरण र नगद प्रवाह विवरण स्वीकृत गर्नेछ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि अडिटर नियुक्त गर्ने एजेन्डा पनि रहेको छ।Prabhu Capital to Hold 17th AGM on Ashwin 10; Proposes 12.63% Dividend Prabhu Capital Limited has announced that its 17th Annual General Meeting (AGM) will be held on Ashwin 10, 2082. The meeting is scheduled to take place at Royal Singi Hotel, Kamaladi, Kathmandu, starting at 9:00 PM. The AGM will endorse a 12.6316% dividend for the fiscal year 2081/82. As per the decision of the board of directors, the company has proposed a 4% bonus share and an 8.6316% cash dividend (including tax).

      NEPSE TRADING·7 Sep, 2025·1 min read
    • मुक्तिनाथ क्यापिटलको १६ औं वार्षिक साधारणसभा असोज १० गते, ९% नगद लाभांश दिने प्रस्ताव
      Investor

      मुक्तिनाथ क्यापिटलको १६ औं वार्षिक साधारणसभा असोज १० गते, ९% नगद लाभांश दिने प्रस्तावMuktinath Capital to Hold 16th AGM on Ashwin 10; Proposes 9% Cash Dividend

      मुक्तिनाथ क्यापिटलको १६ औं वार्षिक साधारणसभा असोज १० गते, ९% नगद लाभांश दिने प्रस्ताव मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा २०८२ साल असोज १० गते आयोजना गर्ने भएको छ। साधारणसभा काठमाडौंको हत्तीसारस्थित अरन्या बुटिक होटलमा दिउँसो ४ बजे सुरु हुने कम्पनीले जनाएको छ। साधारणसभामा आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रतिवेदन पारित गर्ने, अडिटरको प्रतिवेदनसहित नाफा–नोक्सानी विवरण, वासलात, वित्तीय विवरण र नगद प्रवाह विवरण स्वीकृत गर्ने एजेन्डा रहेका छन्। साथै, सञ्चालक समितिले प्रस्ताव गरेको करसहित ९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारणसभाबाट पारित गरिनेछ। आर्थिक वर्ष २०८२/८३ का लागि अडिटर नियुक्त गर्ने र अन्य आवश्यक एजेन्डाहरू समेत सभामा प्रस्तुत गरिनेछन्।Muktinath Capital to Hold 16th AGM on Ashwin 10; Proposes 9% Cash Dividend Muktinath Capital Limited has announced that its 16th Annual General Meeting (AGM) will be held on Ashwin 10, 2082. The meeting is scheduled to take place at Aranya Boutique Hotel, Hattisar, Kathmandu, starting at 4:00 PM. The agendas of the AGM include endorsing the financial reports for the fiscal year 2081/82, along with the auditor’s report comprising the profit and loss statement, balance sheet, financial statements, and cash flow report. The board of directors has also proposed a 9% cash dividend (including applicable taxes), which will be approved during the meeting. Similarly, the appointment of the auditor for the fiscal year 2082/83 and other necessary agendas will also be discussed.

      NEPSE TRADING·7 Sep, 2025·1 min read
    • ज्योति क्यापिटलको तेस्रो वार्षिक साधारणसभा असोज १० गते, ७% नगद लाभांश दिने प्रस्ताव
      Investor

      ज्योति क्यापिटलको तेस्रो वार्षिक साधारणसभा असोज १० गते, ७% नगद लाभांश दिने प्रस्तावJyoti Capital to Hold 3rd AGM on Ashwin 10; Proposes 7% Cash Dividend

      ज्योति क्यापिटलको तेस्रो वार्षिक साधारणसभा असोज १० गते, ७% नगद लाभांश दिने प्रस्ताव ज्योति क्यापिटल लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा २०८२ साल असोज १० गते आयोजना गर्ने भएको छ। सभा ज्योति विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ। साधारणसभामा आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रतिवेदन पारित गर्ने, अडिटरको प्रतिवेदनसहित नाफा–नोक्सानी विवरण, वासलात, नगद प्रवाह विवरण स्वीकृत गर्ने एजेन्डा रहेका छन्। साथै, सञ्चालक समितिले प्रस्ताव गरेको करसहित ७% नगद लाभांश (रु. १.४७ करोड बराबर) वितरण गर्ने प्रस्ताव पनि साधारणसभाबाट पारित गरिनेछ।Jyoti Capital to Hold 3rd AGM on Ashwin 10; Proposes 7% Cash Dividend Jyoti Capital Limited has announced that its 3rd Annual General Meeting (AGM) will be held on Ashwin 10, 2082. The meeting is scheduled to take place at Jyoti Bikash Bank Limited’s head office, Kamalpokhari, Kathmandu, starting at 9:00 AM. The agendas of the AGM include endorsing the financial reports for the fiscal year 2081/82, along with the auditor’s report comprising the profit and loss statement, balance sheet, financial reports, and cash flow statements. The board of directors has also proposed a 7% cash dividend, amounting to Rs. 1.47 Crores (including applicable taxes), which will be approved during the meeting.

      NEPSE TRADING·7 Sep, 2025·1 min read
    • माछापुच्छ्रे बैंकको साधारणसभा असोज १० गते, ८% लाभांश दिने निर्णय
      Investor

      माछापुच्छ्रे बैंकको साधारणसभा असोज १० गते, ८% लाभांश दिने निर्णयMachhapuchchhre Bank to Hold AGM on Ashwin 10; Announces 8% Dividend

      माछापुच्छ्रे बैंकको साधारणसभा असोज १० गते, ८% लाभांश दिने निर्णय माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले आफ्नो २७ औँ वार्षिक साधारणसभा २०८२ साल असोज १० गते पोखरास्थित होटल पोखरा ग्राण्डमा बिहान ११ बजे आयोजना गर्ने भएको छ। साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित ८% लाभांश पारित गर्नेछ। बैंक सञ्चालक समितिको भदौ १२ गतेको बैठकले ४% बोनस सेयर र ४% नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो। हाल बैंकको चुक्ता पुँजी रु. ११ अर्ब ६२ करोड रहेको छ। यसका साथै, साधारणसभाले अडिटरको प्रतिवेदनसहित नाफा नोक्सानी विवरण, वित्तीय विवरण, नगद प्रवाह विवरण स्वीकृत गर्ने, आर्थिक वर्ष २०८२/८३ का लागि अडिटर नियुक्त गर्ने, तथा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट सञ्चालक नियुक्त गर्ने एजेन्डा समेत रहेको छ।Machhapuchchhre Bank to Hold AGM on Ashwin 10; Announces 8% Dividend Machhapuchchhre Bank Limited (MBL) has scheduled its 27th Annual General Meeting (AGM) for Ashwin 10, 2082, at Hotel Pokhara Grand, Pokhara. The meeting will begin at 11 AM. The AGM will endorse the proposed 8% dividend for the fiscal year 2081/82. As per the decision of the board meeting held on Bhadra 12, the bank has proposed a 4% bonus share and a 4% cash dividend (including tax). The bank’s current paid-up capital stands at Rs. 11.62 Arba. In addition, the AGM agenda includes endorsing the auditor’s report along with the profit and loss account, financial statements, and cash flow statements for FY 2081/82. It will also appoint an auditor for the fiscal year 2082/83 and approve the appointment of a director representing the public shareholders’ group.

      NEPSE TRADING·7 Sep, 2025·1 min read
    • एनएमबि बैंकका संस्थापक शेयरधनीले ५ लाख ९८ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा ल्याए
      Investor

      एनएमबि बैंकका संस्थापक शेयरधनीले ५ लाख ९८ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा ल्याएNMB Bank Promoter to Sell Over 598,000 Promoter Shares

      एनएमबि बैंकका संस्थापक शेयरधनीले ५ लाख ९८ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा ल्याए एनएमबि बैंक लिमिटेडका एक संस्थापक शेयरधनीले आफ्ना ५,९८,१४५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन्। यसअघि बैंकको सञ्चालक समितिमा भएको निर्णयअनुसार, संस्थापक शेयर खरिद–बिक्री गर्दा बैंकका अन्य विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिने व्यवस्था भए पनि तोकिएको अवधिभित्र कुनै आवेदन नआएपछि शेयर सर्वसाधारण तथा इच्छुक संस्था/व्यक्तिलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइएको हो। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सार्वजनिक सूचना प्रकाशित गरी खरिदका लागि इच्छुक व्यक्तिहरूलाई निवेदन दिन आह्वान गरिएको छ। इच्छुकहरूले तोकिएको समयसीमा भित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।NMB Bank Promoter to Sell Over 598,000 Promoter Shares A promoter shareholder of NMB Bank Limited has announced the sale of 598,145 promoter shares. As per the bank’s Board of Directors’ earlier decision, promoter shares are first offered to existing promoter shareholders. However, since no applications were received within the given timeframe, the shares are now being offered to the general public and interested institutions. In line with the directives of the Securities Board of Nepal (SEBON), a public notice has been issued inviting interested individuals or institutions to submit their applications within the specified period. Applicants must provide all necessary documents along with their proposed purchase price.

      NEPSE TRADING·7 Sep, 2025·1 min read
    • सानिमा क्यापिटलले आफ्ना म्युचुअल फण्डका इकाईधनीलाई प्रतिफल वितरण, विवरण अद्यावधिक गर्न आग्रह
      Investor

      सानिमा क्यापिटलले आफ्ना म्युचुअल फण्डका इकाईधनीलाई प्रतिफल वितरण, विवरण अद्यावधिक गर्न आग्रहSanima Capital Distributes Returns to Unitholders of Mutual Funds, Urges Account Updates

      सानिमा क्यापिटलले आफ्ना म्युचुअल फण्डका इकाईधनीलाई प्रतिफल वितरण, विवरण अद्यावधिक गर्न आग्रह सानिमा क्यापिटल लिमिटेडले आफ्ना दुई म्युचुअल फण्डहरू — सानिमा लार्ज क्याप फण्ड (SLCF) र सानिमा ग्रोथ फण्ड (SAGF) — का इकाईधनीलाई २०८२ भदौ १६ गते प्रतिफल (लाभांश) वितरण गरेको छ। कम्पनीले यससँगै इकाईधनीहरूलाई आफ्नो बैंक खाता, डिमाट खाता र स्थायी लेखा नम्बर (PAN) अद्यावधिक गर्न अनुरोध गरेको छ।Sanima Capital Distributes Returns to Unitholders of Mutual Funds, Urges Account Updates Sanima Capital Limited has distributed returns to the unitholders of its two mutual funds — Sanima Large Cap Fund (SLCF) and Sanima Growth Fund (SAGF) — on Bhadra 16, 2082 (August 31, 2025). Along with the distribution, the company has urged all unitholders to update their bank accounts, DEMAT accounts, and Permanent Account Numbers (PAN). According to Sanima Capital, the return amount will be deposited directly into the designated bank accounts of the unitholders. Therefore, those who have not updated their details are requested to complete the process at the earliest. The company also cautioned that any errors or outdated information in DEMAT accounts or PAN numbers could cause delays in payments.

      NEPSE TRADING·7 Sep, 2025·1 min read