NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 150 / 236Next
    • नेपालको वैदेशिक व्यापारमा १८.८० प्रतिशतको वृद्धिः निर्यात ७७.७७ प्रतिशतले बढ्यो
      Top

      नेपालको वैदेशिक व्यापारमा १८.८० प्रतिशतको वृद्धिः निर्यात ७७.७७ प्रतिशतले बढ्योNepal's Foreign Trade Surges by 18.80%: Exports Jump by 77.77%

      नेपालको वैदेशिक व्यापारमा १८.८० प्रतिशतको वृद्धिः निर्यात ७७.७७ प्रतिशतले बढ्यो चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपालको समग्र वैदेशिक व्यापारमा १८.८० प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ। भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा कुल वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ नाघेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ खर्ब बढी हो। आयाततर्फ यस वर्ष १६ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको वस्तु भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.१५ प्रतिशतले वृद्धि हो। मुख्यतया डिजेल, सोयाबिन तेलको कच्चा पदार्थ, पेट्रोल र एलपी ग्यास जस्ता वस्तुको आयात उच्च रहेको देखिन्छ। डिजेलको मात्र १ खर्ब १५ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ। निर्यात पक्षमा ऐतिहासिक वृद्धि देखिएको छ। चालु वर्षको ११ महिनामा नेपालले २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७७.७७ प्रतिशतले बढी हो। निर्यातमा प्रमुख योगदान सोयाबिन तेल र त्यससँग सम्बन्धित सामग्रीहरूले गरेका छन्, जसको निर्यातमात्र ९३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। त्यसपछि सूर्यमुखी तेल (११.३३ अर्ब) र कार्पेट/टेक्सटाइल (९.७८ अर्ब) मुख्य निर्यात सामग्री बनेका छन्।Nepal's Foreign Trade Surges by 18.80%: Exports Jump by 77.77% Nepal's total foreign trade has recorded a significant growth of 18.80% in the first eleven months of the current fiscal year 2081/82 (mid-July 2024 to mid-June 2025), according to data from the Department of Customs. The total foreign trade during this period reached Rs. 1.89 trillion, compared to Rs. 1.59 trillion in the same period of the previous fiscal year. Imports stood at Rs. 1.64 trillion, marking a 13.15% increase compared to Rs. 1.45 trillion in the same period last year. Major import items include diesel, raw materials for soybean oil, petrol, and liquefied petroleum gas (LPG). Notably, diesel topped the list with imports worth over Rs. 115 billion.

      NEPSE TRADING·20 Jun, 2025·1 min read
    • राष्ट्रिय बिमा कम्पनीको असार २९ गते साधारण सभा, लाभांश वितरण नहुने
      Top

      राष्ट्रिय बिमा कम्पनीको असार २९ गते साधारण सभा, लाभांश वितरण नहुनेRastriya Beema Company Calls AGM on Ashar 29, No Dividend Announcement

      राष्ट्रिय बिमा कम्पनी लिमिटेडले असार २९ गते शंखमूल, काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको छ । यस पटक कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । सभा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को प्रतिवेदनमा केन्द्रित हुनेछ । असार २२ गतेसम्म कायम सेयरधनी मात्र सभामा सहभागी हुन सक्नेछन् ।Rastriya Beema Company Limited has called its Annual General Meeting on Ashar 29 at Shankhamul, Kathmandu. The company will not distribute dividends this year. The AGM will discuss annual reports for FY 2075/76 and 2076/77. Book closure is set for Ashar 23, allowing shareholders registered till Ashar 22 to attend.

      NEPSE TRADING·20 Jun, 2025·<1 min read
    • सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम/अभिमुखिकरण कार्यक्रम सम्पन्न
      Popular

      सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम/अभिमुखिकरण कार्यक्रम सम्पन्नTraining Program on Anti-Money Laundering and Terrorist Financing Prevention Concluded

      नेपाल धितोपत्र बोर्डले २०८२ साल असार ३० र २०८२ साउन ४ गते धितोपत्र दलाल र व्यापारी कम्पनीका ९३ कर्मचारीलाई लक्षित गरी सम्पत्ति शुद्धीकरण (AML), आतङ्ककारी वित्त पोषण निवारण (CFT/CPF) सम्बन्धी दुईदिने तालिम सम्पन्न गरेको छ। तालिममा ग्राहक पहिचान, जोखिम मूल्याङ्कन, कानूनी दायित्व र रिपोर्टिङ्ग प्रक्रिया लगायतका विषय समेटिएका थिए। बोर्डले यस्तो तालिमले धितोपत्र बजारलाई पारदर्शी र सुरक्षित बनाउने विश्वास व्यक्त गरेको छ। चालु आर्थिक वर्षमा बोर्डले १५१ जना कर्मचारीलाई यस्ता विषयमा अभिमुखिकरण गरिसकेको छ।The Securities Board of Nepal (SEBON) organized a two-day training/orientation on AML/CFT/CPF compliance for 93 employees from securities brokers and dealers on 2082/02/30 and 2082/03/04. The program covered key areas like customer identification, risk assessment, legal obligations, and reporting procedures. SEBON officials emphasized effective implementation of laws to prevent financial crimes and assured that such capacity-building programs would continue. This fiscal year alone, SEBON has trained 151 employees from reporting institutions to strengthen transparency and integrity in Nepal's capital market.

      NEPSE TRADING·20 Jun, 2025·1 min read
    • सुन र चाँदीको मूल्य घट्यो, कारोबार मूल्य कति ?
      Top

      सुन र चाँदीको मूल्य घट्यो, कारोबार मूल्य कति ?Gold and Silver Prices Drop, Here's the Latest Trading Rate

      असार ६, शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १,९४,७०० रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी ५० रुपैयाँले घटेर प्रतितोला २,१५० रुपैयाँमा पुगेको छ।Gold and silver prices have declined in the Nepali market on Friday, June 20. Hallmark gold dropped by NPR 800 per tola to NPR 194,700, while silver fell by NPR 50 per tola to NPR 2,150.

      NEPSE TRADING·20 Jun, 2025·1 min read
    • एलआईसी नेपालले १०% बोनससहित २३ औं साधारण सभा आह्वान, बुक क्लोज २०८२/०३/२६
      Top

      एलआईसी नेपालले १०% बोनससहित २३ औं साधारण सभा आह्वान, बुक क्लोज २०८२/०३/२६LIC Nepal Announces 23rd AGM with 10% Bonus Share, Book Closure on 2082/03/26

      एलआईसी नेपालले २३औं वार्षिक साधारण सभा २०८२/०४/३० गते जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा गर्ने भएको छ। कम्पनीले १०% बोनस शेयर प्रस्ताव गरेको छ भने नगद लाभांश छैन। शेयरधनी दर्ता बन्द (बुक क्लोज) मिति २०८२/०३/२६ गते तोकिएको छ। सो मितिसम्म नाम दर्ता भएका शेयरधनीहरू सभामा सहभागी हुन र बोनस शेयर पाउन योग्य हुनेछन्।LIC Nepal has announced its 23rd Annual General Meeting (AGM) for 2082/04/30 at Nepal Administrative Staff College, Jawalakhel. The company has proposed a 10% bonus share distribution, with no cash dividend. The book closure date is set for 2082/03/26. Shareholders recorded by this date will be eligible for the AGM and bonus shares.

      NEPSE TRADING·19 Jun, 2025·1 min read
    • युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा
      Top

      युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणाUnited Ajod Insurance Declares Dividend

      युनाइटेड अजोड इन्स्योरेन्सले गत वर्षको नाफाबाट १०% बोनस शेयर र ०.५२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। असार ४ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो। बीमा प्राधिकरणको स्वीकृति र वार्षिक सभापछि वितरण हुनेछ।United Ajod Insurance (UAIL) has proposed a 10% bonus share and 0.5263% cash dividend from last fiscal year's profit. The decision was made in the board meeting held on Ashar 4. The distribution will be done after approval from the Insurance Authority and the AGM.

      NEPSE TRADING·19 Jun, 2025·<1 min read
    • एनआरएनका लागि नेपाली शेयर बजार खुला : अब नेपाली रुपैयाँमै लगानी र रकम फिर्ता सहज
      Investor

      एनआरएनका लागि नेपाली शेयर बजार खुला : अब नेपाली रुपैयाँमै लगानी र रकम फिर्ता सहजNepal Opens Share Market for NRNs: Investment and Fund Repatriation Now Easier in NPR

      एनआरएनका लागि नेपाली शेयर बजार खुला : अब नेपाली रुपैयाँमै लगानी र रकम फिर्ता सहज अब गैरआवासीय नेपाली (एनआरएन)हरूले नेपाली रुपैयाँमै नेपालका इन्भेष्टमेन्ट कम्पनीमा शेयर आवेदन दिन र लगानी तथा मुनाफा सहजै फिर्ता लैजान सक्ने व्यवस्था भएको छ। नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा चौथो संशोधन गर्दै यस्तो सहजता ल्याएको हो। राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै विदेशी विनिमय व्यवस्थापन ऐन, २०१९ को दफा १०(क) अनुसार विनियमावली २०७८ मा आवश्यक संशोधन गरेको जनाएको छ। अब एनआरएनले इन्भेष्टमेन्ट कम्पनीको शेयर खरिद गर्न विदेशी लगानी स्वीकृतिपूर्व नै रकम नेपाल ल्याउन सक्नेछन्। स्वीकृति पछि मात्र लगानी प्रक्रिया अघि बढ्ने हो भन्ने अड्चन अब हटेको छ। संशोधनअनुसार, एनआरएनहरूले नेपाली बैंकमा नेपाली रुपैयाँमै खाता खोली त्यही खाताबाट आईपीओ आवेदन दिन सक्नेछन्। यसअघि विदेशी मुद्रामै खाता खोल्नुपर्ने र लगानी गर्नुपर्ने जटिलता हटाइएको छ। यससँगै एनआरएनहरूको १० अर्ब चुक्ता पुँजीमा आधारित एनडीएफ (NRN Development Fund) मार्फत ८ अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउन बाटो खुलेको छ।Nepal Opens Share Market for NRNs: Investment and Fund Repatriation Now Easier in NPR Non-Resident Nepalis (NRNs) can now invest in Nepal's capital market using Nepali Rupees (NPR), with the ability to repatriate both their investment and earnings more conveniently. Nepal Rastra Bank (NRB) has amended the "Foreign Investment and Foreign Loan Management Regulations" for the fourth time, easing the rules for NRNs to apply for shares in investment companies. On Wednesday, the Foreign Exchange Management Department of NRB issued a notice outlining the amendments made under Section 10(a) of the Foreign Exchange Regulation Act, 2019. Under the revised provisions, NRNs are now allowed to transfer investment funds into their accounts in Nepal even before obtaining official investment approval, provided approval is acquired subsequently. This change removes a major barrier that previously restricted NRN participation.

      NEPSE trading ·19 Jun, 2025·2 min read
    • हालैको वृद्धिपछि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट
      Top

      हालैको वृद्धिपछि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावटGold and Silver Prices Decline in Nepali Market After Recent Surge

      असार ५ गते बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो। छापावाल सुन प्रतितोला ४०० रुपैयाँ घटेर १,९५,५०० रुपैयाँमा पुगेको छ भने चाँदी २५ रुपैयाँ घटेर २,२०० रुपैयाँमा कारोबार भएको छ। चाँदीले अघिल्लो दिनमात्रै नयाँ उचाइ कायम गरेको थियो।On Thursday 19 June, 2025, gold and silver prices declined in the Nepali market. Hallmark gold dropped by NPR 400 to NPR 195,500 per tola, while silver decreased by NPR 25 to NPR 2,200 per tola. Silver had reached a record high of NPR 2,225 just the previous day.

      NEPSE TRADING·19 Jun, 2025·1 min read
    • ऐतिहासिक लाभकर संकलन : ११ महिनामै १५ अर्ब नाघ्यो, सेयर बजारमा ट्रेन्डरहरूको दबदबा
      Investor

      ऐतिहासिक लाभकर संकलन : ११ महिनामै १५ अर्ब नाघ्यो, सेयर बजारमा ट्रेन्डरहरूको दबदबाHistoric Capital Gains Tax Collection: Over NPR 15 Billion in 11 Months, Traders Dominate the Market

      ऐतिहासिक लाभकर संकलन : ११ महिनामै १५ अर्ब नाघ्यो, सेयर बजारमा ट्रेन्डरहरूको दबदबा चालु आर्थिक वर्ष २०८१/८२ मा सेयर कारोबारबाट संकलन हुने पुँजीगत लाभकरमा ऐतिहासिक वृद्धि भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) का अनुसार, जेठ महिनासम्म मात्रै १५ अर्ब ३० करोड ९८ लाख रुपैयाँभन्दा बढी लाभकर संकलन भइसकेको छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलो संकलन हो । विश्लेषकहरूले यो संख्यालाई “रेकर्ड ब्रेकर” भन्दै व्याख्या गरिरहेका छन् । असार महिनाको कारोबार अझै बाँकी रहेको हुँदा यो वर्षको अन्तिम संकलन अझै माथि जाने प्रक्षेपण गरिएको छ ।Historic Capital Gains Tax Collection: Over NPR 15 Billion in 11 Months, Traders Dominate the Market In the current fiscal year 2081/82 (2024/25), Nepal has witnessed a historic rise in capital gains tax (CGT) collected from stock market transactions. According to the CDS and Clearing Limited (CDSC), over NPR 15.30 billion has already been collected by the end of Jestha (11th month)—the highest CGT collection in Nepal’s stock market history. With the data from Asadh (final month) still pending, the final figure is expected to rise further, potentially setting a new all-time record in stock market revenue contribution to the government.

      NEPSE TRADING·18 Jun, 2025·1 min read
    • नेप्सेमा गिरावट जारी, केही कम्पनीहरू उकालोमै — ठूला ब्रोकरबाट खरिद चाप
      Investor

      नेप्सेमा गिरावट जारी, केही कम्पनीहरू उकालोमै — ठूला ब्रोकरबाट खरिद चाप Pressure in Buying: NEPSE Declines Again but Select Stocks Show Bullish Trend, Retail Investors Still Hesitant

      नेप्सेमा गिरावट जारी, केही कम्पनीहरू उकालोमै — ठूला ब्रोकरबाट खरिद चाप बुधबार सेयर बजार सूचक नेप्से १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा झरेको छ। अघिल्लो दिनको सामान्य गिरावटपछि आज पनि बजार ओरालो लागेपछि लगानीकर्ता अझै विश्वस्त हुन सकेका छैनन्। खुद्रा लगानीकर्ता अझै बजारप्रवेश गर्न हिच्किचाइरहेका छन् भने केही कम्पनीमा भने ‘बुल रन’ जस्तै उकालो देखिएको छ। बजार विश्लेषकले यस्ता कम्पनीहरूमा अपरेटरको संलग्नता रहेको आशंका समेत व्यक्त गरेका छन्। यद्यपि, नेप्से परिसूचक घटे पनि आजको कारोबार रकम उल्लेख्य रूपमा बढेको छ। कुल ३१४ कम्पनीका २ करोड ३४ लाख कित्ता सेयर ७८ हजार पटकभन्दा बढी किनबेच हुँदै ९ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको छ।Pressure in Buying: NEPSE Declines Again but Select Stocks Show Bullish Trend, Retail Investors Still Hesitant On Wednesday, the NEPSE index fell by 1.07 points, closing at 2,653.68. After a mild drop the previous day, this continued decline has left retail investors hesitant to re-enter the market. According to analysts, retail participants are still cautious, while some stocks are showing a bullish trend — raising concerns about operator involvement in those counters. Despite the index decline, trading volume saw a notable rise. A total of 314 companies saw transactions involving 23.4 million shares traded in over 78,000 transactions, resulting in a turnover of NPR 9.08 billion — significantly higher than the previous day’s NPR 7.5 billion.

      NEPSE TRADING·18 Jun, 2025·2 min read
    • महिला उद्यमशील कर्जामा ६२ अर्बभन्दा बढी लगानी
      Investor

      महिला उद्यमशील कर्जामा ६२ अर्बभन्दा बढी लगानी Women Entrepreneur Loans Cross NPR 62 Billion

      महिला उद्यमशील कर्जामा ६२ अर्बभन्दा बढी लगानी महिलाको आर्थिक सशक्तिकरणका लागि सरकारले सुरु गरेको ‘महिला उद्यमशील कर्जा’ कार्यक्रम विस्तार हुँदै गएको देखिए पनि फिर्तीको अवस्था भने कमजोर रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। २०८२ सालको बैशाख मसान्तसम्ममा ६० हजार ९३७ महिलाले कर्जा लिएका छन्। उनीहरूले लिएको कर्जाको कूल रकम ६२ अर्ब २१ करोड रुपैयाँ नाघिसकेको छ। योजनामार्फत कर्जा लिएका मध्ये थुप्रै महिलाले व्यवसाय विस्तारमा लगानी गरेको दाबी गरे पनि २३ अर्ब ५६ करोड रुपैयाँ बराबरको कर्जा हालसम्म फिर्ता नभएको पाइएको छ। बाँकी कर्जाको अनुपात ३७.८७ प्रतिशत पुगेको छ, जुन खासै सन्तोषजनक छैन। यसले योजनाको प्रभावकारिता र दिगोपनमाथि प्रश्न उठाएको छ।Women Entrepreneur Loans Cross NPR 62 Billion The government’s flagship Women Entrepreneur Loan Scheme, introduced to economically empower women through subsidized financing, has seen a sharp rise in participation. According to Nepal Rastra Bank, as of the end of Baisakh 2082, a total of 60,937 women have accessed the scheme, with cumulative loan disbursements exceeding NPR 62.21 billion. While the program’s reach is expanding, concerns are growing over loan recovery. Data shows that more than NPR 23.56 billion, or 37.87 percent of the total approved loans, remains unpaid. The rising outstanding amount has raised serious questions about the scheme’s long-term effectiveness and repayment discipline.

      NEPSE TRADING·18 Jun, 2025·2 min read
    • वैदेशिक रोजगारीबाट फर्किएका युवा उद्यम कर्जा :  ५५९ जनाले लिए ४५ करोडभन्दा बढी
      Investor

      वैदेशिक रोजगारीबाट फर्किएका युवा उद्यम कर्जा : ५५९ जनाले लिए ४५ करोडभन्दा बढी Over NPR 454 Million Disbursed Under Returnee Youth Loan Scheme; NPR 132 Million Still Unrecovered

      वैदेशिक रोजगारीबाट फर्किएका युवा उद्यम कर्जा : ५५९ जनाले लिए ४५ करोडभन्दा बढी कर्जा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने भन्दै सरकारले सुरु गरेको ‘फर्किएका युवा परियोजना कर्जा’ कार्यक्रम कागजमै सीमित देखिन थालेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ सालको बैशाख मसान्तसम्म देशभर ५५९ जना फर्किएका युवाले कर्जा लिएका छन्। तर, योजना लागू भएको लामो समय बितिसक्दा पनि बाँकी कर्जा फिर्तीको अवस्था कमजोर देखिएको छ।Over NPR 454 Million Disbursed Under Returnee Youth Loan Scheme; NPR 132 Million Still Unrecovered The government’s flagship program aimed at helping returnee migrant workers reintegrate into the national economy appears to be losing momentum. According to data published by Nepal Rastra Bank, a total of 559 returnees have received loans under the Returnee Youth Enterprise Loan Scheme as of the end of Baisakh 2082. However, despite the policy intent, repayment progress remains weak. The data shows that NPR 454.39 million has been disbursed so far, but a worrying NPR 132.9 million, or 29.3 percent, of the total loaned amount remains outstanding. This figure has raised concerns over the sustainability and monitoring of a program designed to convert foreign experience into local entrepreneurship.

      NEPSE TRADING·18 Jun, 2025·2 min read
    • सुनको मूल्य सामान्य वृद्धि, चाँदी  ऐतिहासिक उच्च विन्दुमा
      Top

      सुनको मूल्य सामान्य वृद्धि, चाँदी ऐतिहासिक उच्च विन्दुमाGold Price Rises Slightly, Silver Hits All-Time High.

      असार ४ गते, २०८२ मा सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ९५ हजार ९०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर २ हजार २२५ रुपैयाँमा पुग्दै नयाँ कीर्तिमान बनाएको छ। यसले पुरानो २१६५ रुपैयाँको रेकर्ड तोडेको हो।Gold prices in Nepal increased by NPR 400 per tola, reaching NPR 195,900, while silver surged by NPR 65 per tola to hit an all-time high of NPR 2,225 on June 18, 2025. This marks a new record, breaking the previous silver price peak of NPR 2,165.

      NEPSE TRADING·18 Jun, 2025·<1 min read
    • शिक्षित युवा स्वरोजगार कर्जा :  ३६ लाख रुपैयाँ  वितरण, ७५ जना युवाहरूले लिए कर्जा
      Investor

      शिक्षित युवा स्वरोजगार कर्जा : ३६ लाख रुपैयाँ वितरण, ७५ जना युवाहरूले लिए कर्जा Educated Youth Self-Employment Loan: Low Impact Despite Policy Push, 32% of Loans Still Unrecovered

      २०८२ बैशाखसम्म शिक्षित युवा स्वरोजगार कर्जामा ३६ लाख रुपैयाँभन्दा बढी वितरण, ३० प्रतिशतभन्दा बढी अझै फिर्ता आउन बाँकी नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ सालको बैशाख मसान्तसम्म देशभरका बैंक तथा वित्तीय संस्थाहरूले शिक्षित युवा स्वरोजगार कर्जा योजना अन्तर्गत कुल ३६ लाख २२ हजार रुपैयाँ (रु ३६,२२३ हजार) कर्जा स्वीकृत गरेका छन्। यस योजनामा हालसम्म ७५ जना शिक्षित बेरोजगार युवाहरूले कर्जा लिएका छन्। योजना विशेषगरी स्वरोजगार तथा साना उद्यम स्थापना गर्न चाहने युवालाई लक्षित गरी ल्याइएको हो। यस योजनाअन्तर्गत ‘क’ वर्गका बैंकहरू अग्रणी देखिएका छन्, जसले ६६ जना युवालाई ३० लाख ३२ हजार रुपैयाँ कर्जा उपलब्ध गराएका छन्। सो मध्ये १० लाख ५९ हजार रुपैयाँ फिर्ता आउन बाँकी छ। यस्तै, ‘ख’ वर्गका बैंकहरूले ९ जनालाई ५ लाख ९० हजार रुपैयाँ कर्जा दिएका छन्, जसमा ९७४ हजार रुपैयाँ बाँकी रहेको छ। ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाले यो योजनामा कुनै सहभागिता जनाएका छैनन्।Educated Youth Self-Employment Loan: Low Impact Despite Policy Push, 32% of Loans Still Unrecovered Launched to steer educated but unemployed youths toward self-employment, the government's Educated Youth Self-Employment Loan program remains confined to a limited scale even after years of implementation. As per the latest data released by Nepal Rastra Bank, only 75 individuals have received loans under the scheme as of the end of Baisakh 2082, with a total disbursement of just NPR 36.22 million.

      NEPSE TRADING·18 Jun, 2025·2 min read
    • २०८२ बैशाखसम्म बिना धितो सहुलियतपूर्ण कर्जामा २ अर्ब ३१ करोड वितरण
      Investor

      २०८२ बैशाखसम्म बिना धितो सहुलियतपूर्ण कर्जामा २ अर्ब ३१ करोड वितरणCollateral-Free Loans Reach NPR 2.31 Billion by Baisakh 2082; NPR 1.14 Billion Still Outstanding

      २०८२ बैशाखसम्म बिना धितो सहुलियतपूर्ण कर्जामा २ अर्ब ३१ करोड वितरण, १ अर्ब १४ करोड फिर्ता आउन बाँकी नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार २०८२ सालको बैशाख मसान्तसम्म देशभरका बैंक तथा वित्तीय संस्थाहरूले ‘बिना धितो’ सहुलियतपूर्ण कर्जा अन्तर्गत २ अर्ब ३१ करोड रुपैयाँ (रु २,३१०,५३० हजार) कर्जा वितरण गरेका छन्। यो कर्जा योजना आर्थिक रूपले कमजोर, साना व्यवसायी, महिला, दलित तथा ग्रामीण भेगका जनतालाई लक्षित गरिएको हो, जसमा २,३९० जना ऋणी समावेश भएका छन्।Collateral-Free Loans Reach NPR 2.31 Billion by Baisakh 2082; NPR 1.14 Billion Still Outstanding According to data published by Nepal Rastra Bank, by the end of Baisakh 2082, banks and financial institutions across the country have disbursed over NPR 2.31 billion under the Collateral-Free Subsidized Loan Scheme. This scheme targets economically marginalized groups, small entrepreneurs, women, Dalits, and people from rural areas. A total of 2,390 borrowers have accessed this facility so far.

      NEPSE TRADING·18 Jun, 2025·1 min read
    • २०८२ बैशाखसम्म सहुलियतपूर्ण कृषि कर्जामा ८५ अर्बभन्दा बढी लगानी, ६२ अर्बभन्दा बढी अझै फिर्ता आउन बाँकी
      Top

      २०८२ बैशाखसम्म सहुलियतपूर्ण कृषि कर्जामा ८५ अर्बभन्दा बढी लगानी, ६२ अर्बभन्दा बढी अझै फिर्ता आउन बाँकीOver NPR 85 Billion Invested in Subsidized Agriculture Loans by Baisakh 2082; More Than NPR 62 Billion Still Outstanding

      २०८२ बैशाखसम्म सहुलियतपूर्ण कृषि कर्जामा ८५ अर्बभन्दा बढी लगानी, ६२ अर्बभन्दा बढी अझै फिर्ता आउन बाँकी नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२ सालको बैशाख मसान्तसम्म देशभरका बैंक तथा वित्तीय संस्थाहरूले “व्यवसायिक कृषि तथा पशुपालन कर्जा” अन्तर्गत कुल ३७ हजार ७ सय ६८ वटा कर्जा स्वीकृत गरेका छन्। ती कर्जाको कूल रकम ८५ अर्ब ७१ करोड रुपैयाँ नाघेको छ। यो सरकारी सहुलियतमा दिइने प्राथमिक क्षेत्रको कर्जाअन्तर्गत अहिलेसम्मकै ठूलो रकम हो। तथ्यांक अनुसार स्वीकृत गरिएको कर्जामध्ये ६२ अर्ब ७५ करोड रुपैयाँ अझै बाँकी रहेको छ, जुन कुल स्वीकृत कर्जाको लगभग ७३ प्रतिशत हो। यसको अर्थ, कर्जाको ठूलो हिस्सा अझै समयमै फिर्ता भएको छैन वा कर्जा फिर्तीको प्रक्रिया ढिलो भइरहेको छ। यो अवस्था कृषिमा आधारित लगानीको प्रकृति (दीर्घकालीन प्रतिफल) सँग पनि सम्बन्धित देखिन्छ।Over NPR 85 Billion Invested in Subsidized Agriculture Loans by Baisakh 2082; More Than NPR 62 Billion Still Outstanding According to the latest data published by the Nepal Rastra Bank, as of the end of Baisakh 2082, banks and financial institutions across the country have approved a total of 37,768 subsidized loans under the “Commercial Agriculture and Livestock Loan” category. The cumulative loan amount has exceeded NPR 85.71 billion, making it one of the largest disbursements under the government's priority sector lending program.

      NEPSE TRADING·18 Jun, 2025·1 min read
    • लघुवित्ततर्फ लगानीकर्ता आकर्षण, नेप्से अझै साइडवेज ट्रेन्डमै
      Investor

      लघुवित्ततर्फ लगानीकर्ता आकर्षण, नेप्से अझै साइडवेज ट्रेन्डमैInvestor Focus Shifts to Microfinance as NEPSE Remains Sideways

      लघुवित्ततर्फ लगानीकर्ता आकर्षण, नेप्से अझै साइडवेज ट्रेन्डमै पछिल्ला केही सातायता नेप्सेमा अल्पकालीन लगानीकर्ताको सक्रियता तीव्र भएको देखिएको छ। लगानीकर्ताले लगातार रूपमा विभिन्न समूहहरूमा सेक्टर सिफ्ट गरिरहेका छन्। बजेटपछिको सुरुवातमा बैंकिङ समूहमा देखिएको आकर्षण अहिले लघुवित्त समूहमा केन्द्रित हुन थालेको छ। मंगलबारको कारोबारमा नेप्से परिसूचक ३.९० अंकले घट्दै २६५४.७५ विन्दुमा झरेको छ। अघिल्लो दिन १३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भए पनि मंगलबार कारोबार रकम घटेर ७ अर्ब ६५ करोड ३२ लाख रुपैयाँमा सीमित भयो। १३ मध्ये १० उपसमूहमा गिरावट आउँदा लघुवित्त समूह भने १ प्रतिशतभन्दा बढीले बढ्यो। लघुवित्त अन्तर्गत ५० मध्ये ४५ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ। सामुदायिक लघुवित्तको मूल्य ७ प्रतिशतले बढ्दा विपरित गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ४.६२ प्रतिशतले घट्यो।Investor Focus Shifts to Microfinance as NEPSE Remains Sideways Kathmandu, July 2 – In recent weeks, the NEPSE index has remained in a sideways trend, while short-term investors continue to shift their focus across various sectors. Initially drawn to the banking sector after the national budget announcement, investors have now shifted their attention to microfinance stocks following previous interest in hydropower and tourism. On Tuesday, the NEPSE index declined by 3.90 points, closing at 2,654.75. Market turnover also dropped significantly—from over NPR 13 billion on Monday to just NPR 7.65 billion today.

      NEPSE TRADING·17 Jun, 2025·1 min read
    • इजरायल–इरान तनावले तेल मूल्य आकाशिँदा विश्व बजारमा तरंग, नेपालसमेत महँगीको मारमा पर्न सक्ने चिन्ता
      Top

      इजरायल–इरान तनावले तेल मूल्य आकाशिँदा विश्व बजारमा तरंग, नेपालसमेत महँगीको मारमा पर्न सक्ने चिन्ताIsrael-Iran Conflict Shakes Global Markets as Oil Prices Surge; Risk of Inflation Looms for Import-Dependent Countries like Nepal

      इजरायल–इरान तनावले तेल मूल्य आकाशिँदा विश्व बजारमा तरंग, नेपालसमेत महँगीको मारमा पर्न सक्ने चिन्ता इजरायलले इरानमाथि गरेको आक्रमण र त्यसपछिको इरानको प्रतिक्रियाले विश्वव्यापी वित्तीय बजारमा व्यापक हलचल ल्याएको छ। युद्ध तत्काल रोकिने संकेत नदेखिएपछि आइतबार खाडी मुलुकसहितका केही देशका शेयर बजारमा ठूलो गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ। बीबीसीका अनुसार, इजरायलले शुक्रबार बिहान इरानको आणविक केन्द्रमा आक्रमण गरेपछि तेलको मूल्यमा एकाएक उछाल आएको थियो। केही कम्पनीहरूले प्रति ब्यारेल १० प्रतिशतभन्दा बढीले मूल्य वृद्धि गरेका थिए। इरान र इजरायलबीचको युद्धले इरानी तेल आपूर्तिमा अवरोध आउने आशंकाले बजारमा मूल्य चुलिएको हो।Israel-Iran Conflict Shakes Global Markets as Oil Prices Surge; Risk of Inflation Looms for Import-Dependent Countries like Nepal The recent military conflict between Israel and Iran has triggered turmoil in global financial markets, raising concerns of a wider economic impact, especially for fuel-importing nations like Nepal. Following Israel’s attack on Iran’s nuclear facilities and Iran’s subsequent response, several Gulf stock markets saw sharp declines on Sunday, according to international news agency Reuters. The situation escalated after Israel launched a missile strike on Iran early Friday morning. As reported by the BBC, this attack caused oil prices to spike, with some companies raising prices by more than 10%. Market analysts expressed concerns that a prolonged conflict could disrupt Iran’s oil supply, further tightening global energy markets.

      NEPSE TRADING·17 Jun, 2025·2 min read
    • घरजग्गा कारोबार घट्यो, तर राजस्वमा ८ प्रतिशत वृद्धि
      Investor

      घरजग्गा कारोबार घट्यो, तर राजस्वमा ८ प्रतिशत वृद्धिLand Transactions Decline, But Government Revenue Increases by 8%

      घरजग्गा कारोबार घट्यो, तर राजस्वमा ८ प्रतिशत वृद्धि चालु आर्थिक वर्षको जेठ महिनामा घरजग्गा कारोबारमा गत वर्षको तुलनामा उल्लेख्य कमी आएको देखिएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार घरजग्गा कारोबार १२ प्रतिशतले घटेको छ भने सोही अवधिमा संकलन भएको राजस्व भने ८ प्रतिशतले बढेको छ। यो परिघटना नेपालको वर्तमान रियल स्टेट बजारमा भइरहेको मूल्य वृद्धिको सूचक हो। गत वर्षको जेठ महिनामा देशभर १ लाख ७५ हजार ६२० पटक घरजग्गाको कारोबार भएको थियो। तर, यो वर्ष उक्त संख्या घटेर १ लाख ५६ हजार ७५२ मा सीमित भयो। त्यसमध्ये ५६ हजार कारोबार लिखत पारित भएर सम्पन्न भएका छन्। गत वर्ष यो संख्या ६१ हजार १६१ थियो। कारोबार घटे पनि राजस्वमा आएको वृद्धिले उच्च मूल्यको सम्पत्ति किनबेच भएको संकेत गर्छ।Land Transactions Decline, But Government Revenue Increases by 8% Despite a notable decline in real estate transactions, land revenue collection has increased in Jestha (mid-May to mid-June) of the current fiscal year. According to the Department of Land Management and Archive, land and housing transactions have decreased by 12% compared to the same month last year, but revenue collection rose by 8%. In Jestha 2082 BS, a total of 156,752 real estate transactions were recorded nationwide. Among these, 56,000 transactions were formally registered. In the same month last year, there were 175,620 transactions with 61,161 registrations. The drop in transaction volume, despite an increase in revenue, indicates that high-value properties were traded, and land prices may have increased in key areas.

      NEPSE TRADING·17 Jun, 2025·2 min read
    • सुनको मूल्यमा भारी गिरावट, चाँदीको दर पनि घट्यो
      Top

      सुनको मूल्यमा भारी गिरावट, चाँदीको दर पनि घट्योSignificant Drop in Gold Price in Nepal

      २०८२ असार ३ गते मंगलबार, नेपाली बजारमा सुनको मूल्य प्रतितोला २,५०० रुपैयाँले घट्दै १ लाख ९५ हजारमा झरेको छ। चाँदी पनि ५ रुपैयाँले घटेर २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ।On June 17, 2025, gold prices in Nepal dropped sharply by NPR 2,500 per tola, trading at NPR 195,000. Silver also declined by NPR 5 per tola, now priced at NPR 2,160.

      NEPSE TRADING·17 Jun, 2025·<1 min read