
नेपाल राष्ट्र बैंकको सम्पत्ति २६ खर्ब नाघ्यो, २९ प्रतिशतले वृद्धि, सरकारलाई ४२ अर्ब उपलब्ध गराउने निर्णयNRB’s Total Assets Exceed Rs 2.6 Trillion, Increase by 29 Percent — Rs 42 Billion to Be Transferred to the Government
नेपाल राष्ट्र बैंकको सम्पत्ति २६ खर्ब नाघ्यो, २९ प्रतिशतले वृद्धि सरकारलाई ४२ अर्ब उपलब्ध गराउने निर्णय नेपाल राष्ट्र बैंक (NRB) को कुल सम्पत्ति र दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपैयाँमा पुगेको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार २०८२ असार मसान्तसम्म बैंकको वित्तीय स्थिति अघिल्लो वर्षको तुलनामा २९.२३ प्रतिशतले वृद्धि भएको उल्लेख छ। केन्द्रीय बैंकका अनुसार, विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरिसकेपछि बाँकी रहेको ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ। यो रकम आर्थिक व्यवस्थापन तथा सरकारी वित्तीय आवश्यकता पूरा गर्न उपयोग हुने बैंकले जनाएको छ। त्यस्तै, प्रतिवेदनअनुसार आव २०८१/८२ मा विदेशी विनिमय तथा अन्य सम्पत्तिको पुनर्मूल्याङ्कन लाभ–हानि समायोजनअघिको खुद आय अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले बढेर ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९१ अनुसार बैंकले प्रत्येक आर्थिक वर्ष समाप्त भएको चार महिनाभित्र वासलात, आय–व्यय तथा सम्बन्धित वित्तीय विवरणसहितको वार्षिक प्रतिवेदन नेपाल सरकार समक्ष बुझाउनुपर्छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनले नेपालको मौद्रिक प्रणाली, विदेशी मुद्रा भण्डार, सम्पत्ति संरचना तथा आय–व्ययमा सुदृढ प्रगति भएको देखाएको छ।NRB’s Total Assets Exceed Rs 2.6 Trillion, Increase by 29 Percent — Rs 42 Billion to Be Transferred to the Government The total assets and liabilities of Nepal Rastra Bank (NRB) have reached Rs 26 trillion 23 billion 95 million 40 thousand. According to the annual report for fiscal year 2081/82, NRB’s financial position as of the end of Ashad 2082 has grown by 29.23 percent compared to the previous year. The central bank has stated that, after allocating required amounts to various reserve funds, it has decided to transfer Rs 42 billion to the Government of Nepal. This amount will support the government’s financial and economic management needs.


















