
रिलायन्स फाइनान्सले बाकी लाभांश लिन शेयरधनीलाई एक महिनाभित्र सम्पर्क गर्न आग्रह, अन्यथा रकम लगानीकर्ता संरक्षण कोषमा जानेReliance Finance Urges Shareholders to Claim Uncollected Dividends Within One Month, or Amount Will Be Deposited into Investor Protection Fund
रिलायन्स फाइनान्सले बाकी लाभांश लिन शेयरधनीलाई एक महिनाभित्र सम्पर्क गर्न आग्रह, अन्यथा रकम लगानीकर्ता संरक्षण कोषमा जाने रिलायन्स फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ का बाँकी रहेको नगद लाभांश लिन नसकेका शेयरधनीलाई एक महिने अवधि भित्र सम्पर्क गर्न अत्यन्त आवश्यक सूचना जारी गरेको छ। कम्पनीले २०८२ मंसिर ९ गते प्रकाशित सूचनामार्फत ती लाभांश रकम अब लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानुनी प्रावधान लागु हुने भएकाले तत्काल प्रक्रिया पूरा गर्न आग्रह गरेको हो। कम्पनी ऐन, २०६३ को दफा १८३ बमोजिम लगानीकर्ता संरक्षण कोष स्थापना भइसकेको तथा उक्त कोषको २०७३ को कार्यविधि समेत लागू भइसकेकाले दफा १८२(९) अनुसार पुराना बाँकी लाभांश कोषमा जम्मा गर्ने बाध्यतामा फाइनान्स पुगेको हो। सोही अनुसार जोखिममा परेको रकम लगानीकर्ताले गुमाउन नपरोस् भन्ने उद्देश्यले कम्पनीले शेयरधनीलाई अन्तिम मौका दिएको स्पष्ट गरेको छ।Reliance Finance Urges Shareholders to Claim Uncollected Dividends Within One Month, or Amount Will Be Deposited into Investor Protection Fund Reliance Finance Limited has issued an urgent notice requesting shareholders with unclaimed cash dividends from previous fiscal years to contact the company within one month. The notice, published on Mangsir 9, 2082, states that remaining dividends from FY 2074/75 and FY 2075/76 must now be processed in accordance with the legal provisions of the Companies Act, 2063 and the Investor Protection Fund Operating Procedures, 2073.


















