
Stay informed and invest with latest NEPSE news and analysis.

शोधनान्तर बचत दोब्बर, चालु खाता बचत पनि तीन गुणाभन्दा बढी Balance of payments surplus doubles, current account surplus triples in ten months

गुराँस इन्जिनियर्स प्राइभेट लिमिटेडको रु. ३ करोड ७३ लाख १९ हजार, कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रालिको रु. ३ करोड ६९ लाख १० हजार, बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीको रु. २ करोड ५५ लाख ८६ हजार, बोटलर्स नेपाल लिमिटेड (कोकाकोला) को रु. १ करोड ७५ लाख, बालाजु अटो वर्क्स प्रालिको रु. १ करोड ४५ लाख, नेपाल ग्यास उद्योगको रु. १ करोड ३१ लाख र कन्टिनेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको करिब रु. १ करोड बक्यौता रहेको छ।Gurans Engineers Private Limited — Rs 3.73 million, Continental Components and Services Pvt. Ltd. — Rs 3.69 million, Balaju School of Engineering and Technology — Rs 2.55 million, Bottlers Nepal Limited (Coca-Cola) — Rs 1.75 million, Balaju Auto Works Pvt. Ltd. — Rs 1.45 million, Nepal Gas Industries — Rs 1.31 million, and Continent Services Private Limited — approximately Rs 1 million.

विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले यो निर्णय गरेको हो। सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत अनुसन्धान जारी रहेकाले अदालतले थुना विस्तारलाई उचित ठहर्याएको बुझिएको छ। चार अर्ब प्रकरण हालसम्म सार्वजनिक चासोको केन्द्रमा रहँदै आएको छ। भट्ट र अग्रवालमाथिको अनुसन्धान कहिले टुंगिने र मुद्दाको अन्तिम निष्कर्ष के हुने भन्नेबारे कानुनी तथा राजनीतिक वृत्तमा उत्सुकता कायमै छ।The decision was handed down by a joint bench comprising Special Court members Narayanprasad Poudel and Umesh Koirala, who found sufficient grounds to authorise the continued detention of both suspects under the Asset Laundering Prevention Act. The four billion rupee case has remained firmly in the public eye since it first came to light, drawing widespread attention from legal and political circles alike. With the investigation still ongoing and no final conclusion in sight, questions about when the probe will wrap up and what charges will ultimately be filed continue to linger.

उल्लेखनीय कुरा के छ भने गुरुङले आफ्नो पुनर्नियुक्तिबारे केही दिनअघि नै सार्वजनिक संकेत दिइसकेका थिए। उनले आफ्ना कार्यकर्तालाई आगामी दुई महिनासम्म फोटो खिचाउन नआउन भनेका थिए, जसलाई राजनीतिक वृत्तले उनको मन्त्रीपदमा फर्कने तयारीको संकेतका रूपमा बुझेको थियो।What made the reappointment particularly notable was that Gurung himself had dropped clear hints about his comeback days before the official announcement. He had publicly advised his supporters and party workers not to come for photographs for the next two months — a remark that political observers widely interpreted as a signal that he already knew he was heading back into government.

वित्तीय समानीकरण अनुदानमा भने कर्णाली प्रदेश अग्रणी छ। कर्णालीले यस शीर्षकमा १० अर्ब ६३ करोड २३ लाख पाउनेछ, जबकि गण्डकीले सबैभन्दा कम ७ अर्ब ८४ करोड ८२ लाख मात्र पाउनेछ। असार १ गतेदेखि प्रदेश सरकारहरूले आआफ्नो बजेट ल्याउने तयारी अन्तिम चरणमा पुर्याएका छन् र त्यसपछि स्थानीय तहले पनि बजेट प्रक्रिया अघि बढाउने जनाइएको छ।With provinces preparing to table their budgets from Ashadh 1 onwards, local governments are also expected to follow suit shortly after, setting the stage for a new fiscal year of development spending across all tiers of government.

पछिल्ला दिनमा भने बैंक र व्यवस्थापन समूहलाई लक्षित गरी भइरहेका 'अवाञ्छित गतिविधि' प्रति समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जेठ २२ गते दाङको तुलसीपुर शाखामा पुगेका केही बचतकर्ताले कर्मचारीको सूची माग्ने, कर्मचारीलाई भौतिक कारबाही गर्ने र तालाबन्दी गर्नेलगायतका धम्की दिएको व्यवस्थापन समूहको भनाइ छ । यस्ता गतिविधिले बैंकको सुधार प्रक्रियामै थप अवरोध सिर्जना गर्न सक्ने भएकाले नकारात्मक गतिविधिमा संलग्न नहुन समूहले बचतकर्ता, सेयरधनी र अन्य सरोकारवालासँग अनुरोध गरेको छ ।In recent days, however, the management group says it has taken serious note of "undesirable activities" aimed at the bank and the group itself. On Jestha 22, some depositors who reached the Tulsipur branch in Dang issued threats including demanding the list of employees, taking physical action against staff and locking up the premises, according to the management group. Warning that such activities could create further obstacles to the bank's reform process, the group has requested depositors, shareholders and other stakeholders not to engage in negative activities.

ईसीएफ सकिए पनि नेपाल-आईएमएफ सहकार्य भने रोकिने छैन — नियमित धारा-४ (आर्टिकल फोर) परामर्श, पोस्ट-फाइनान्सिङ मूल्यांकन र प्राविधिक सहयोगमार्फत साथ जारी रहने कोषले जनाएको छ । अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार अन्तिम किस्ताको रकमले सरकारी वित्त व्यवस्थापनमा केही राहत पुग्ने र विशेषगरी बजेटरी सहायता तथा बाह्य स्रोत परिचालनमा टेवा मिल्ने अपेक्षा गरिएको छ ।assessments and technical assistance. Finance Ministry officials, for their part, expect the final tranche to bring some relief to government fiscal management — particularly in budgetary support and the mobilization of external resources.

यो व्यवस्थाले लगानीकर्ताको तथ्यांक व्यवस्थापन थप प्रभावकारी बनाउनुका साथै पूँजीबजारमा पारदर्शिता, विश्वसनीयता र नियामकीय निगरानी सुदृढ हुने अपेक्षा गरिएको सिडिएसको भनाइ छ ।The arrangement is expected to make the management of investor data more effective while strengthening transparency, credibility and regulatory oversight in the capital market, according to CDS.

ब्याजदर घट्दो क्रममा रहेकाले दीर्घकालीन लगानीकर्ताका लागि आईपीओ आकर्षक बन्न सक्छ, तर परियोजनामा आधारित — विशेषगरी जलविद्युत् र उत्पादन क्षेत्रका — कम्पनीमा लगानी गर्दा जोखिम मूल्यांकन अनिवार्य रहेको विज्ञहरूको सुझाव छ । सेबोनले स्वीकृति प्रक्रिया छरितो बनाएर गुणस्तरीय कम्पनीलाई प्राथमिकता दिन सके पूँजी बजारप्रतिको विश्वास थप बलियो हुने उनीहरूको निष्कर्ष छ ।With interest rates trending downward, IPOs could turn attractive for long-term investors. Even so, experts advise rigorous risk assessment before putting money into project-based companies, especially in hydropower and manufacturing. Their bottom line: if SEBON can make its approval process nimble and give quality companies priority, confidence in the capital market will only deepen.

भ्रमणकै क्रममा भारतीय सञ्चारमाध्यम एनडीटीभीलाई दिएको अन्तर्वार्तामा परराष्ट्रमन्त्री खनालले नेपालको नयाँ सरकारले भारतसँगको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउन चाहेको बताएका छन् । विगतका असहजता र मतभेद पछाडि छाडेर कनेक्टिभिटी, ऊर्जा, व्यापार र प्रविधि साझेदारीलाई प्राथमिकतामा राखी सहकार्य विस्तार गर्ने नीति सरकारले लिएको उनको भनाइ छ ।In an interview with Indian broadcaster NDTV during the visit, Foreign Minister Khanal said Nepal's new government wishes to take the relationship with India forward in a new way. Leaving behind past discomforts and differences, he said, the government has adopted a policy of expanding cooperation with connectivity, energy, trade and technology partnership as its priorities.

अनुसन्धानले संरचना देखायो, रकमको बाटो देखायो र ४० जनालाई कानुनको कठघरासम्म पुर्याउने सिफारिस पनि गर्यो । तर प्रतिवेदनले नै संकेत गरेको 'संरचनाको केन्द्र' सम्म अभियोजनको हात पुग्छ कि पुग्दैन — यही प्रश्न अहिले यो प्रकरणको सबैभन्दा ठूलो अनुत्तरित अध्याय बनेको छ ।The investigation has mapped the structure, traced the money and recommended that 40 names face the law. But whether prosecution will ever reach the 'center of the structure' that the report itself gestures toward — that, for now, remains the biggest unanswered chapter of this affair.

आगामी दिनबारे पनि आशावादी आधार रहेको अर्थशास्त्रीहरू बताउँछन् । उनीहरूका अनुसार विशाल आन्तरिक बजार, सार्वजनिक पूर्वाधारमा भइरहेको लगानी, डिजिटल अर्थतन्त्रको विस्तार र उत्पादन क्षेत्रको वृद्धिले आगामी वर्षहरूमा पनि भारतीय अर्थतन्त्रलाई बलियो जग प्रदान गर्ने अपेक्षा छ ।Economists see a solid foundation for the years ahead as well. The sheer size of the domestic market, ongoing investment in public infrastructure, the expansion of the digital economy and growth in manufacturing are expected to keep underpinning the Indian economy in the coming years, they say.

पछिल्ला वर्षहरूमा वित्तीय संकटका कारण समस्याग्रस्त घोषित सहकारी संस्थाहरूमा बचतकर्ताको ठूलो रकम फसेपछि सरकार र नियामक निकायले ऋण असुली तथा सम्पत्ति व्यवस्थापनको प्रक्रिया तीव्र बनाउँदै आएका छन् । ऋणीको नाम नै सार्वजनिक गर्ने पछिल्लो कदम त्यही अभियानको निरन्तरता हो ।With large sums of depositors' savings stuck in cooperatives declared troubled amid the financial strains of recent years, the government and regulatory bodies have been stepping up loan recovery and asset management efforts. The latest move to publish borrowers' names marks a continuation of that drive.

कोषको आकार र दायित्व दुवै बढ्दो छ । हालसम्म २३ हजार ४७६ रोजगारदाता र २९ लाख ५८ हजार ४२९ योगदानकर्ता कोषमा सूचीकृत भइसकेका छन् भने विभिन्न शीर्षकमा २० अर्ब ४५ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी भइसकेको छ । त्यसमध्ये सबैभन्दा ठूलो हिस्सा अवकाश योजनाअन्तर्गतको १६ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाअन्तर्गत ३ अर्ब २३ करोड, आश्रित परिवार सुरक्षाअन्तर्गत ३४ करोड ९५ लाख र दुर्घटना तथा अशक्तता सुरक्षाअन्तर्गत २८ करोड ४४ लाख रुपैयाँ भुक्तानी भएको छ । आगामी आर्थिक वर्षको बजेटले विभिन्न सरकारी कोषमा थुप्रिएको रकमलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने नीति अघि सारेको सन्दर्भमा सामाजिक सुरक्षा कोषले पनि आफ्नो लगानी रणनीति पुनःसंरचना गर्न थालेको हो ।Both the fund's size and its obligations are growing. A total of 23,476 employers and 2,958,429 contributors have enrolled so far, and the fund has paid out more than Rs 20.45 billion in claims under various headings. The largest share — over Rs 16.58 billion — has gone to the retirement scheme, followed by Rs 3.23 billion under medical, health and maternity protection, Rs 349.5 million under dependent family protection and Rs 284.4 million under accident and disability protection. The move comes as the budget for the coming fiscal year adopts a policy of mobilizing money sitting in various government funds toward productive sectors — a context in which the Social Security Fund, too, has begun restructuring its investment strategy.

ब्याजदर घट्दो क्रममा रहेकाले दीर्घकालीन लगानीकर्ताका लागि आईपीओ आकर्षक बन्न सक्ने भए पनि परियोजनामा आधारित — विशेषगरी जलविद्युत् र उत्पादन क्षेत्रका — कम्पनीमा लगानी गर्दा जोखिम मूल्यांकन अनिवार्य रहेको विज्ञहरूको सुझाव छ । सेबोनले स्वीकृति प्रक्रिया छरितो बनाउँदै गुणस्तरीय कम्पनीलाई प्राथमिकता दिन सके पूँजी बजारप्रतिको विश्वास थप सुदृढ हुने उनीहरूको निष्कर्ष छ ।With interest rates on a downward path, IPOs could prove attractive to long-term investors. But experts advise careful risk assessment before investing in project-based companies, particularly in hydropower and manufacturing. If SEBON streamlines its approval process and gives priority to quality companies, they conclude, confidence in the capital market will only grow stronger.

बजार तीन सपोर्टको संगममा उभिएको छ र बिक्रेताहरू बन्द हुने बेलामा थिचिरहेका छन् — यो सपोर्ट जोगिने कि भत्किने भन्ने प्रश्नको उत्तरले नै निकट भविष्यको दिशा तय गर्ने खनालको निष्कर्ष छ । The big players moved in the same direction — six of the ten largest brokers by turnover sold more than they bought. In sum, the market stands at the meeting point of three supports while sellers lean on the close. Whether this support holds or gives way, Khanal concludes, is the question whose answer will set the market's near-term direction.

सूचीकरण भएको दोस्रो कारोबार दिनदेखि आईपीओको सेयर किनबेचमा आउने नेप्सेको नियमअनुसार सोपानको सेयर सोमबारबाट कारोबार सुरु हुन लागेको हो ।Under NEPSE rules, IPO shares come into trading from the second trading day after listing, which is why Sopan's shares will start changing hands from Monday.

भन्सार विज्ञहरू भन्छन् — आयात संरचना, अनौपचारिक व्यापार र सीमा व्यवस्थापनका कमजोरी नसुधार्दासम्म राजस्व लक्ष्य पूरा गर्न सधैँ कठिन हुनेछ। आव समाप्त हुन अब दुई महिना मात्र बाँकी छन् र नेपालगन्ज भन्सारका लागि यो अन्तिम खण्ड निर्णायक साबित हुनेछ।Trade analysts point to structural factors — the composition of imports, the persistence of informal cross-border trade, and gaps in border management — as underlying reasons why revenue targets remain difficult to achieve. With the fiscal year drawing to a close, the Nepalgunj Customs Office faces a critical final stretch that will determine how close it comes to its annual goal.

नेपालको राहदानी कमजोर हुँदा सबैभन्दा प्रत्यक्ष असर सामान्य नागरिकमाथि पर्छ। व्यापार, शिक्षा, पर्यटन वा व्यक्तिगत भ्रमणका लागि विदेश जान चाहनेहरूले थप देशहरूमा झन्झटिलो भिसा प्रक्रिया पार गर्नुपर्ने बाध्यता बढ्दो छ। यो परिस्थिति सुधार गर्न नेपाल सरकारले कूटनीतिक प्रयास थप गर्नुपर्ने विज्ञहरू औँल्याउँछन्।The practical consequences fall squarely on ordinary citizens. Nepalis seeking to travel abroad for business, education, tourism, or personal reasons now face an expanding list of countries where a lengthy and often costly visa application process is unavoidable. Analysts say the government must pursue more proactive diplomatic efforts to reverse this trend and expand the reach of the Nepali passport on the world stage.