
2 min read
इम्पेरमेन्ट चार्जको दबाबले एनएमबि बैंकको नाफा १७ प्रतिशतले खुम्चियो
इम्पेरमेन्ट चार्जको दबाबले एनएमबि बैंकको नाफा १७ प्रतिशतले खुम्चियो काठमाडौं – व्यवसायिक आम्दानी र कमिसनमा राम्रो वृद्धि भए पनि खराब कर्जा व्यवस्थापनको भारले एनएमबि बैंक लिमिटेडको नाफामा उल्लेख्य गिरावट आएको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १७.७१ प्रतिशतले घटेको हो। पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ३५ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकको नाफा घट्नुको मुख्य कारण निष्क्रिय कर्जा (NPL) मा भएको वृद्धि र त्यसबापत छुट्याइने 'इम्पेरमेन्ट चार्ज' रहेको छ। व्यवसाय विस्तार तर नाफामा चाप समीक्षा अवधिमा बैंकको कोर बैंकिङ व्यवसाय भने बलियो देखिएको छ। खुद ब्याज आम्दानी १२.१८ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानीमा २१.१७ प्रतिशतको उच्च वृद्धि भएको छ। यद्यपि, बैंकको इम्पेरमेन्ट चार्ज ३४ करोड ४७ लाखबाट ह्वात्तै बढेर १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ पुगेपछि सञ्चालन मुनाफा १५.२९ प्रतिशतले घट्न पुग्यो।
NEPSE TRADING
·29 Jan, 2026


















