NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Trending News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 41 / 185Next
    • फागुन १ देखि लागू हुने नयाँ मार्जिन कारोबार नियम स्वीकृत
      Stock

      फागुन १ देखि लागू हुने नयाँ मार्जिन कारोबार नियम स्वीकृतSEBON Approves New Margin Trading Rules from Falgun 1

      नेपालको पूँजी बजारमा दीर्घकालीन संरचनात्मक सुधारको अर्को महत्त्वपूर्ण कदमस्वरूप धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ स्वीकृत गरेको छ। बोर्डको हालै सम्पन्न बैठकले २०७४ सालदेखि लागू हुँदै आएको पुरानो व्यवस्थालाई पूर्ण रूपमा खारेज गर्दै नयाँ नियमावली आगामी फागुन १ गतेदेखि लागू गर्ने निर्णय गरेको हो। नयाँ निर्देशिकाले शेयर बजारमा लगानी गर्ने व्यक्तिहरूका लागि ऋण प्रयोग गरेर शेयर खरिद गर्ने मार्गलाई स्पष्ट, नियन्त्रित र पारदर्शी बनाएको छ। यसअन्तर्गत लगानीकर्ताले सीमित आफ्नै पुँजी राखी धितोपत्र दलालमार्फत थप रकम सापट लिएर शेयर किन्न सक्नेछन्। लगानी सुरु गर्दा ब्रोकरलाई बुझाउनुपर्ने न्यूनतम रकमलाई प्रारम्भिक मार्जिन भनिएको छ भने बजार मूल्य घट्दा थप रकम जम्मा गर्नुपर्ने अवस्थालाई मार्जिन कल को रूपमा परिभाषित गरिएको छ।Nepal’s capital market is set to enter a new phase as the Securities Board of Nepal (SEBON) has approved the Margin Trading Facility Directive, 2082, replacing the decade-old 2074 framework. The decision was taken during a recent board meeting, with the new provisions scheduled to come into force from Falgun 1. The revised directive formally opens the door for investors to purchase shares through margin financing provided by licensed stockbrokers. Under this system, investors can buy shares by depositing a portion of the required amount while borrowing the remaining funds from brokers. The upfront amount deposited by investors is defined as the initial margin, while any additional funds demanded when share prices fall below a prescribed level are known as a margin call.

      Nepse Trading·10 Feb, 2026·3 min read
    • बैंकिङ प्रणालीमा अधिक तरलता, निजी क्षेत्रमा कर्जा प्रवाह सुस्त
      Top

      बैंकिङ प्रणालीमा अधिक तरलता, निजी क्षेत्रमा कर्जा प्रवाह सुस्तExcess Liquidity in Banking System, Slow Credit Flow to Private Sector

      नेपालको बैंकिङ प्रणालीमा हाल अत्यधिक तरलता रहेको छ भने निजी क्षेत्रतर्फ कर्जा प्रवाह सुस्त देखिएको छ। निक्षेप उल्लेख्य रूपमा बढे पनि उद्योग–व्यवसायबाट कर्जाको माग कमजोर रहँदा बैंकहरूमा ठूलो परिमाणमा रकम निष्क्रिय अवस्थामा रहेको छ। नेपाल राष्ट्र बैंकले बन्ड, स्थायी निक्षेप सुविधा तथा अन्य मौद्रिक उपकरणमार्फत तरलता प्रशोचन गरे पनि अपेक्षित सुधार देखिएको छैन। हाल बैंकहरूको कुल निक्षेप ७६ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५७ खर्ब ८३ अर्ब रुपैयाँ मात्र रहेको छ। करिब ११ खर्ब रुपैयाँभन्दा बढी अतिरिक्त तरलता प्रणालीमा रहेको छ। निजी क्षेत्रतर्फ कर्जा वृद्धि सीमित रहँदा र संस्थागत निक्षेपको हिस्सा उच्च रहँदा तरलता व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। Nepal’s banking system is currently facing excess liquidity, while credit flow to the private sector remains weak. Although bank deposits have increased significantly, low loan demand from businesses has resulted in large idle funds within the system. Despite the central bank’s efforts through bonds and deposit facilities, liquidity pressure persists. Total deposits have reached NPR 7.697 trillion, while credit stands at NPR 5.783 trillion, leaving over NPR 1.1 trillion as excess liquidity. Limited growth in private sector lending and a high share of institutional deposits have made liquidity management increasingly challenging for banks.

      NEPSE TRADING·10 Feb, 2026·1 min read
    • हिमालय उर्जाको नाफा बढ्यो, आम्दानीमा सुधार
      Top

      हिमालय उर्जाको नाफा बढ्यो, आम्दानीमा सुधारHimalaya Urja’s Profit Rises, Revenue Improves

      हिमालय उर्जा विकास कम्पनी लिमिटेड (HURJA) ले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको विद्युत बिक्री आम्दानी ८.८४ प्रतिशतले बढेर २९ करोड ३९ लाख रुपैयाँ पुगेको छ। वित्तीय खर्चमा ठूलो कटौती भएका कारण खुद नाफा ५३.७४ प्रतिशतले बढेर १० करोड ४५ लाख रुपैयाँ पुगेको छ। पुस मसान्तसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी १० रुपैयाँ ५६ पैसा पुगेको छ।Himalaya Urja Bikas Company Limited (HURJA) has released its unaudited financial report up to mid-January of the current fiscal year. The company’s electricity sales revenue increased by 8.84 percent to NPR 293.9 million. Due to a significant reduction in financial expenses, net profit rose by 53.74 percent to NPR 104.5 million. As of the review period, the company’s paid-up capital stands at NPR 1.98 billion, while earnings per share reached NPR 10.56.

      NEPSE TRADING·10 Feb, 2026·1 min read
    • सरकारले ६ महिनामा ६ खर्ब ९० अर्ब खर्च गर्‍यो, पुँजीगत खर्च कमजोर
      Top

      सरकारले ६ महिनामा ६ खर्ब ९० अर्ब खर्च गर्‍यो, पुँजीगत खर्च कमजोरGovernment Spends NPR 690 Billion in Six Months, Capital Expenditure Remains Weak

      सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा कुल ६ खर्ब ९० अर्ब रुपैयाँ बजेट खर्च गरेको छ। कुल १९ खर्ब ६४ अर्ब बजेटमध्ये चालु खर्च बढी भए पनि पुँजीगत खर्च १२ प्रतिशतमा सीमित रहेको छ। पूर्वतयारीको अभाव, जग्गा तथा वन क्षेत्रसम्बन्धी जटिलता र आन्दोलनका कारण पुँजीगत खर्च कमजोर बनेको अर्थमन्त्रालयले जनाएको छ। राजस्व संकलन लक्ष्यभन्दा कम भए पनि गत वर्षको तुलनामा सुधार देखिएको छ। सरकारले अनुत्पादक आयोजनामा विनियोजित बजेट स्थगन गर्दै मितव्ययिता र खर्च नियन्त्रणमा जोड दिएको छ।The Government of Nepal has spent NPR 690 billion in the first six months of fiscal year 2082/83 out of the total allocated budget of NPR 1.964 trillion. While recurrent expenditure remained high, capital spending was limited to around 12 percent due to poor project preparedness, land and forest clearance issues, and disruptions caused by protests. Revenue collection fell short of the target but showed year-on-year improvement. The government has suspended funding for unproductive projects and emphasized fiscal discipline, prioritization, and expenditure control.

      NEPSE TRADING·10 Feb, 2026·1 min read
    • नेप्से निरन्तर ओरालो, सूचक र कारोबार दुबैमा गिरावट
      Top

      नेप्से निरन्तर ओरालो, सूचक र कारोबार दुबैमा गिरावटNEPSE Continues Downtrend, Index and Turnover Both Decline

      मंगलबार Nepal Stock Exchange (नेप्से) परिसूचक १०.२५ अंक घटेर २६६२.१४ विन्दुमा बन्द भएको छ। साताको सुरुदेखि नै घट्दो क्रममा रहेको बजारमा कारोबार रकम पनि घटेर ८ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ। अधिकांश उपसमूह घटेका छन् भने म्युचुअल फण्ड र व्यापार उपसमूह मात्र सामान्य बढेका छन्। विकास बैंक उपसमूह सर्वाधिक घट्दा बजार समग्रमा दबाबमा देखिएको छ।The Nepal Stock Exchange (NEPSE) index closed down by 10.25 points at 2,662.14 on Tuesday, extending its downward trend for the week. Market turnover declined to NPR 8.61 billion, reflecting weaker investor participation. Most sub-indices ended in negative territory, with only mutual fund and trading groups posting slight gains, while the development bank sector recorded the highest decline, keeping overall market sentiment subdued.

      NEPSE TRADING·10 Feb, 2026·1 min read
    • नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकको ५० मिलियन डलर सहयोग स्वीकृत
      Top

      नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकको ५० मिलियन डलर सहयोग स्वीकृतWorld Bank Approves USD 50 Million to Boost Nepal’s Digital Transformation

      नेपालको डिजिटल रूपान्तरणलाई गति दिन अन्तर्राष्ट्रिय विकास साझेदारले ५० मिलियन अमेरिकी डलर सहयोग स्वीकृत गरेका छन्। यस सहयोगबाट डिजिटल सार्वजनिक पूर्वाधार सुदृढ गर्ने, अनलाइन सेवा विस्तार गर्ने तथा डेटा सुरक्षा, ई–सिग्नेचर र डिजिटल लकरजस्ता प्रणाली विकास गर्ने लक्ष्य राखिएको छ। परियोजनाले सेवा प्रवाहलाई पारदर्शी, समावेशी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। यसमा अर्को बहुपक्षीय विकास बैंकको ४० मिलियन डलर योगदानसहित संयुक्त सह–वित्तीय व्यवस्था रहनेछ।The World Bank has approved USD 50 million to support Nepal’s digital transformation under the Nepal Digital Transformation Project. The funding will strengthen digital public infrastructure, expand online public services, and improve data security. The project includes investments in online service portals, digital lockers, e-signatures, cybersecurity, and data governance. David Sislen highlighted that the initiative will enhance transparency, inclusiveness, and efficiency in public services. The project will be jointly financed with the Asian Development Bank, which will contribute USD 40 million.

      NEPSE TRADING·10 Feb, 2026·1 min read
    • नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदी घट्यो
      Top

      नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदी घट्योGold Prices Rise, Silver Declines in Nepali Market

      माघ २७ गते मंगलबार नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँ पुगेको छ। भने, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ५ हजार २४० रुपैयाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजार र स्थानीय मागको प्रभावले सुन बढेको र चाँदी घटेको बताइएको छ।On Tuesday, Magh 27, gold prices in the Nepali market rose by NPR 900 per tola to reach NPR 305,500, while silver prices fell by NPR 10 per tola to NPR 5,240. The changes are mainly driven by international market trends and domestic demand.

      NEPSE TRADING·10 Feb, 2026·1 min read
    • घलेम्दी हाइड्रोको नोक्सानी बढ्यो, दोस्रो त्रैमासमा १ करोड ७० लाख घाटा
      Investor

      घलेम्दी हाइड्रोको नोक्सानी बढ्यो, दोस्रो त्रैमासमा १ करोड ७० लाख घाटाGhalemdi Hydro Reports Rising Losses in Second Quarter, Financial Pressure Deepens

      घलेम्दी हाइड्रोको नोक्सानी बढ्यो, दोस्रो त्रैमासमा १ करोड ७० लाख घाटा घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १६ लाख ९७ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले चालु आवको सोही अवधिसम्म आइपुग्दा १ करोड ७० लाख रुपैयाँ घाटा व्यहोरेको छ। आम्दानीमा सामान्य वृद्धि भए पनि खर्च बढेकाले कम्पनीको खुद नोक्सानी थप बढेको हो।Ghalemdi Hydro Reports Rising Losses in Second Quarter, Financial Pressure Deepens Ghalemdi Hydro Limited has published its unaudited financial statement for the second quarter of the current fiscal year, showing a sharp increase in losses compared to the same period last year. The latest figures indicate growing financial pressure on the hydropower company despite a modest rise in electricity sales. According to the report, the company recorded a loss of NPR 17 million by the end of the second quarter of the current fiscal year. In the corresponding period of the previous fiscal year, the loss stood at NPR 1.697 million. This significant rise highlights the company’s continuing struggle to achieve financial stability.

      NEPSE TRADING·10 Feb, 2026·2 min read
    • होटल फरेष्ट इनको आईपीओमा झन्डै २३ लाख आवेदन, मागभन्दा आठ गुणा बढी आकर्षण
      Investor

      होटल फरेष्ट इनको आईपीओमा झन्डै २३ लाख आवेदन, मागभन्दा आठ गुणा बढी आकर्षणStrong Investor Demand Seen in Hotel Forest Inn IPO as Applications Cross 2.3 Million

      होटल फरेष्ट इनको आईपीओमा झन्डै २३ लाख आवेदन, मागभन्दा आठ गुणा बढी आकर्षण होटल फरेष्ट इन लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा उल्लेख्य आकर्षण देखिएको छ। माघ २२ गतेदेखि २६ गतेसम्म खुलेको आईपीओमा २३ लाख ३० हजार ८६ जनाको आवेदन परेको छ। बिक्री अवधि समाप्त हुने अन्तिम समयसम्म कुल २ अर्ब ६३ करोड ६० लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ६३ लाख ६० हजार ५ सय कित्ता सेयरका लागि आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ। उपलब्ध सेयरभन्दा कैयौँ गुणा बढी माग देखिँदा कम्पनीको आईपीओमा लगानीकर्ताको उच्च चासो पुष्टि भएको छ।Strong Investor Demand Seen in Hotel Forest Inn IPO as Applications Cross 2.3 Million The initial public offering (IPO) of Hotel Forest Inn Limited has drawn strong interest from retail investors, with more than 2.3 million applications submitted during the public subscription period. The IPO was open to the general public from Magh 22 to Magh 26 and witnessed demand several times higher than the shares on offer. According to preliminary data, a total of 2,330,086 applicants applied for shares worth approximately NPR 2.63 billion. By the final day of subscription, investors had applied for around 26.36 million shares, significantly exceeding the number allocated for public investors.

      NEPSE TRADING·10 Feb, 2026·2 min read
    • करिब एक खर्ब विकास बजेट रोक्का हुँदा खर्च खुम्चियो, पूर्वाधार आयोजना प्रभावित
      Investor

      करिब एक खर्ब विकास बजेट रोक्का हुँदा खर्च खुम्चियो, पूर्वाधार आयोजना प्रभावितFreeze on Nearly NPR 100 Billion in Development Spending Begins to Slow Economic Activity

      करिब एक खर्ब विकास बजेट रोक्का हुँदा खर्च खुम्चियो, पूर्वाधार आयोजना प्रभावित सरकारले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने नाममा करिब सवा एक खर्ब रुपैयाँ बराबरको विकास बजेट रोक्का गरेपछि त्यसको प्रत्यक्ष असर देखिन थालेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को छ महिना पूरा हुँदासम्म विकास खर्च न्यून रहँदा पूर्वाधार निर्माण र आर्थिक गतिविधि प्रभावित बनेका छन्। गत पुस मसान्तसम्म चालु आवको आधा अवधि पूरा भइसकेको छ। यस अवधिमा अधिकांश विकासे निकायले अर्धवार्षिक समीक्षा गरिरहेका छन्। ती समीक्षामा विकास बजेट खर्च निकै कम भएको तथ्यांक सार्वजनिक हुँदै गएको छ, जसले सरकारको खर्च क्षमतामाथि प्रश्न उठाएको छ। मन्त्रिपरिषद्को गत असोज ४ गतेको निर्णयअनुसार करिब सवा एक खर्ब रुपैयाँ बराबरको विकास बजेट रोक्का गरिएको थियो। त्यसपछि अर्थ मन्त्रालयले विभिन्न मन्त्रालय र निकायलाई १५ बुँदे परिपत्र जारी गर्दै बजेट खर्चमा कडाइ गरेको थियो। परिपत्रपछि केही योजनाको बजेट फुकुवा भए पनि मन्त्रालयहरूले माग गरेअनुसार पर्याप्त रकम फुकुवा हुन सकेको छैन।Freeze on Nearly NPR 100 Billion in Development Spending Begins to Slow Economic Activity The impact of the government’s decision to freeze nearly NPR 100 billion in development expenditure has begun to surface, with capital spending falling sharply midway through the fiscal year. As more than six months of fiscal year 2025/26 have passed, government agencies report significantly low development budget utilization, raising concerns about stalled infrastructure projects and weakening economic momentum.

      NEPSE TRADING·10 Feb, 2026·4 min read
    • असुरक्षित इन्टरनेटबाट डिजिटल बैंकिङ गर्दा जोखिम बढ्ने, राष्ट्र बैंकको सतर्कता आग्रह
      Investor

      असुरक्षित इन्टरनेटबाट डिजिटल बैंकिङ गर्दा जोखिम बढ्ने, राष्ट्र बैंकको सतर्कता आग्रहNepal’s Central Bank Flags Rising Cyber Risks as Digital Banking Use Accelerates

      असुरक्षित इन्टरनेटबाट डिजिटल बैंकिङ गर्दा जोखिम बढ्ने, राष्ट्र बैंकको सतर्कता आग्रह डिजिटल बैंकिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै गएसँगै असुरक्षित इन्टरनेट नेटवर्कमार्फत गरिने कारोबारले वित्तीय जोखिम बढाउने देखिएको भन्दै नेपाल राष्ट्र बैंकले सेवाग्राहीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । राष्ट्र बैंकका अनुसार सार्वजनिक, निःशुल्क तथा अन्य असुरक्षित (Unsecured) वाइफाइ नेटवर्क प्रयोग गर्दा प्रयोगकर्ताको बैंकिङ विवरण अनधिकृत व्यक्तिको पहुँचमा पुग्ने सम्भावना उच्च हुन्छ । यस्ता खुला नेटवर्कमा साइबर अपराधी सक्रिय हुन सक्ने र पासवर्ड, पिन, ओटीपीजस्ता संवेदनशील विवरण चोरी भई दुरुपयोग हुन सक्ने खतरा रहेको केन्द्रीय बैंकको चेतावनी छ । डिजिटल बैंकिङ सेवामा बढ्दो निर्भरता सँगसँगै साइबर अपराधका घटना पनि बढिरहेका बेला राष्ट्र बैंकले सुरक्षित इन्टरनेट प्रयोगलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो । बैंकका अनुसार असावधानी अपनाउँदा व्यक्तिगत आर्थिक नोक्सानी मात्र होइन, समग्र बैंकिङ प्रणालीप्रतिको विश्वासमा समेत असर पर्न सक्छ ।Nepal’s Central Bank Flags Rising Cyber Risks as Digital Banking Use Accelerates With digital banking rapidly becoming a primary mode of financial transactions, Nepal’s central bank has raised concerns over growing cyber risks linked to unsafe internet usage. The Nepal Rastra Bank has urged bank customers to remain vigilant, warning that transactions carried out through unsecured internet networks could expose users to serious financial losses. The warning comes at a time when mobile and internet banking services are expanding across urban and semi-urban areas, driven by convenience and wider digital access. While this shift has strengthened financial inclusion, the central bank notes that it has also increased users’ exposure to cyber threats, particularly when basic security precautions are ignored.

      NEPSE TRADING·10 Feb, 2026·2 min read
    • सिडिएससी प्रमुखको नियुक्ति विवाद उच्च अदालत पाटनमा, संवैधानिक र कानुनी प्रश्न उठे
      Investor

      सिडिएससी प्रमुखको नियुक्ति विवाद उच्च अदालत पाटनमा, संवैधानिक र कानुनी प्रश्न उठेLegal Challenge Filed Against CDSC Chief’s Appointment, Case Reaches Patan High Court

      सिडिएससी प्रमुखको नियुक्ति विवाद उच्च अदालत पाटनमा, संवैधानिक र कानुनी प्रश्न उठे सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) की प्रबन्ध निर्देशक तथा कार्यकारी प्रमुख प्रविन पन्दाकको नियुक्ति र निरन्तरतामाथि संवैधानिक तथा कानुनी प्रश्न उठाउँदै उच्च अदालत पाटनमा रिट दर्ता भएको छ। वरिष्ठ अधिवक्ता उत्तमबहादुर श्रेष्ठले आइतबार दायर गरेको रिटमा पन्दाकसहित नियुक्ति प्रक्रियामा संलग्न सात निकायलाई विपक्षी बनाइएको छ। रिट निवेदनमा पन्दाकको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै त्यसबाट मुलुकको पूँजीबजार र वित्तीय प्रणालीमा गम्भीर असर परिरहेको उल्लेख गरिएको छ। निवेदनमा दोहोरो ISIN (इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर) विवादका कारण सेयर अभौतिकीकरण प्रक्रिया प्रभावित भएको, संस्थापक सेयर निष्क्रिय बनेको र लगानीकर्ताको अर्बौँ रुपैयाँ जोखिममा परेको दाबी गरिएको छ। न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले अन्तरिम आदेशको विषयमा छलफल गर्न चैत ८ गते दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ। अदालतले सोही दिन पन्दाकको नियुक्ति प्रक्रिया र त्यसबाट उत्पन्न विवादको वैधताबारे प्रारम्भिक सुनुवाइ गर्ने अपेक्षा गरिएको छ।Legal Challenge Filed Against CDSC Chief’s Appointment, Case Reaches Patan High Court A writ petition has been filed at the Patan High Court challenging the appointment and continuation of Prabin Pandak as Managing Director and Chief Executive Officer of CDS and Clearing Limited (CDSC). The petition raises serious constitutional and legal questions, arguing that the appointment process violated established laws and governance standards. The writ was registered on Sunday by senior advocate Uttam Bahadur Shrestha, naming Pandak and seven institutions involved in the appointment process as respondents. The petitioner claims that the decision was unlawful and has adversely affected Nepal’s capital market and financial system.

      NEPSE TRADING·10 Feb, 2026·3 min read
    • सामाजिक सुरक्षा कार्यक्रम विस्तारको सरकारी योजना, कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मको तयारी
      Investor

      सामाजिक सुरक्षा कार्यक्रम विस्तारको सरकारी योजना, कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मको तयारीGovernment Moves to Expand Social Security Coverage With Legal, Digital, and Investment Reforms

      सामाजिक सुरक्षा कार्यक्रम विस्तारको सरकारी योजना, कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मको तयारी सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरा व्यापक बनाउने उद्देश्यसहित बहुआयामिक योजना अघि सारेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको वित्तीय विकास रणनीतिमार्फत हाल सामाजिक सुरक्षा कार्यक्रममा समेटिन नसकेका विभिन्न क्षेत्रका नागरिकलाई समावेश गर्ने योजना अघि बढाएको हो । रणनीतिअनुसार सरकारी, सार्वजनिक, निजी तथा असङ्गठित क्षेत्रका श्रमिक, स्वरोजगारमा रहेका व्यक्ति र वैदेशिक रोजगारीमा रहेका नागरिकलाई सामाजिक सुरक्षा प्रणालीमा ल्याउने विषयमा विस्तृत अध्ययन गरिनेछ । यसका लागि विद्यमान कोषहरूबाट सञ्चालन भइरहेका कार्यक्रमहरूको पुनरावलोकन गरी एकीकृत सामाजिक सुरक्षा योजना विकास गर्ने कार्यनीति लिइएको छ । हाल सामाजिक सुरक्षा कार्यक्रममा नसमेटिएका नागरिकलाई समेट्न उपयुक्त संरचना निर्माण गर्ने र नयाँ कार्यक्रम सञ्चालन गर्ने सरकारको लक्ष्य छ । यसले औपचारिक रोजगारीबाहिर रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने अपेक्षा गरिएको छ ।Government Moves to Expand Social Security Coverage With Legal, Digital, and Investment Reforms The government has unveiled an ambitious plan to significantly expand the scope of Nepal’s social security programs, aiming to bring millions of currently excluded citizens under a formal protection framework. Through its newly released Financial Development Strategy, the Ministry of Finance has outlined a multi-layered reform agenda that ranges from legal restructuring and digital payment expansion to investment diversification and institutional coordination. At the core of the strategy is the government’s recognition that a large segment of Nepal’s workforce—particularly those in the private sector, informal economy, self-employment, and foreign labor markets—remains outside existing social security schemes. The strategy calls for detailed studies to assess how workers and citizens not covered by current funds can be gradually integrated into a unified social protection system.

      NEPSE TRADING·10 Feb, 2026·4 min read
    • हिल्टन पुनर्बीमा विवादको छानबिन प्रतिवेदन अख्तियारमा, कारबाही टार्न प्राधिकरणलाई कठिन
      Investor

      हिल्टन पुनर्बीमा विवादको छानबिन प्रतिवेदन अख्तियारमा, कारबाही टार्न प्राधिकरणलाई कठिनHilton Reinsurance Probe Report Reaches Anti-Graft Body, Action Against Firms Still Uncertain

      हिल्टन पुनर्बीमा विवादको छानबिन प्रतिवेदन अख्तियारमा, कारबाही टार्न प्राधिकरणलाई कठिन अन्तर्राष्ट्रिय होटल चेन हिल्टनसँग जोडिएको पुनर्बीमा विवादबारे नेपाल बीमा प्राधिकरणले तयार पारेको छानबिन प्रतिवेदन अन्ततः अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ । ठूलो आर्थिक चलखेल र संस्थागत कमजोरीको आशंकाबीच तयार पारिएको उक्त प्रतिवेदन अर्थ मन्त्रालयमार्फत आयोगमा पठाइएको हो । हिल्टन होटलको हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बीमामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि यो प्रक्रिया अघि बढेको हो । उजुरीमा नेपाल बीमा प्राधिकरणले तोकेको व्यवस्था बाइपास गरी क्षति भइसकेपछि ब्याकडेटमा पुनर्बीमा पोलिसी जारी गरेर अर्बौँ रुपैयाँ बराबरको दाबी पास गराउने प्रयास भएको आरोप लगाइएको थियो । सोही उजुरीका आधारमा अख्तियारले गत कात्तिक ११ गते अर्थ मन्त्रालयमार्फत नेपाल बीमा प्राधिकरणलाई पुनर्बीमाको सम्पूर्ण प्रक्रिया छानबिन गर्न निर्देशन दिएको थियो ।Hilton Reinsurance Probe Report Reaches Anti-Graft Body, Action Against Firms Still Uncertain The investigation report prepared by the Nepal Insurance Authority into the reinsurance dispute involving the international hotel chain Hilton has finally been forwarded to the Commission for the Investigation of Abuse of Authority. The report, prepared amid concerns of large-scale financial irregularities and institutional negligence, was submitted to the anti-graft body through the Ministry of Finance. The probe was initiated after complaints were filed alleging serious misconduct in the reinsurance of riot and terrorism risks related to Hilton Hotel. The complaints claimed that insurance policies were issued retroactively, bypassing regulatory procedures, in an attempt to process claims worth billions of rupees. Following the complaint, the CIAA, on Kartik 11, instructed the Nepal Insurance Authority to conduct a comprehensive investigation into the entire reinsurance process.

      NEPSE TRADING·10 Feb, 2026·3 min read
    • जीवन विकास लघुवित्त वित्तीय संस्थाको नाफा झन्डै दोब्बर, दोस्रो त्रैमासमा ३८ करोड ९० लाख आर्जन
      Investor

      जीवन विकास लघुवित्त वित्तीय संस्थाको नाफा झन्डै दोब्बर, दोस्रो त्रैमासमा ३८ करोड ९० लाख आर्जनJeevan Bikas Laghubitta Bittiya Sanstha Limited Posts Strong Profit Growth in Second Quarter of FY 2082/83

      जीवन विकास लघुवित्त वित्तीय संस्थाको नाफा झन्डै दोब्बर, दोस्रो त्रैमासमा ३८ करोड ९० लाख आर्जन काठमाडौं — जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उल्लेख्य प्रगति देखाएको छ। विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ३८ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.३७ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। चालु वर्षमा नाफा झन्डै दोब्बर हुनुले लघुवित्तको सञ्चालन क्षमता र आम्दानी संरचनामा सुधार आएको संकेत गरेको विश्लेषकहरू बताउँछन्। समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ। गत वर्षको सोही अवधिमा ९४ करोड ८१ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु वर्षमा बढेर १ अर्ब ४ करोड ६ लाख रुपैयाँ पुगेको छ। यो करिब ९.७६ प्रतिशतको वृद्धि हो। ब्याज आम्दानी बढ्नुले कर्जा विस्तार र असुली प्रणाली सुदृढ भएको देखाउँछ।Jeevan Bikas Laghubitta Bittiya Sanstha Limited Posts Strong Profit Growth in Second Quarter of FY 2082/83 Kathmandu — Jeevan Bikas Laghubitta Bittiya Sanstha Limited has reported a sharp improvement in its financial performance in the second quarter of the current fiscal year 2082/83, recording a significant rise in profit and operating income. According to the company’s unaudited financial statement, the microfinance institution earned a net profit of Rs. 389 million during the review period. This represents an 89.37 percent increase compared to Rs. 205.4 million recorded in the same period of the previous fiscal year. The near doubling of profit reflects improved operational efficiency, higher lending activities, and better income management, analysts say.

      NEPSE TRADING·9 Feb, 2026·2 min read
    • छ महिनामै ३ लाखभन्दा बढी नयाँ करदाता थपिए, कर दायरा उल्लेख्य रूपमा विस्तार
      Investor

      छ महिनामै ३ लाखभन्दा बढी नयाँ करदाता थपिए, कर दायरा उल्लेख्य रूपमा विस्तारNepal’s Tax Base Expands Sharply in First Half of Fiscal Year 2082/83

      छ महिनामै ३ लाखभन्दा बढी नयाँ करदाता थपिए, कर दायरा उल्लेख्य रूपमा विस्तार काठमाडौं — चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो छ महिनामा नेपालमा करदाताको संख्या उल्लेख्य रूपमा बढेको छ। आन्तरिक राजस्व विभागका अनुसार यस अवधिमा ३ लाख ६१ हजार ३ जना नयाँ सक्रिय करदाता थपिँदा कुल संख्या ७३ लाख ६० हजार ३ सय ५३ पुगेको छ। गत आर्थिक वर्ष ०८१/८२ को असार मसान्तसम्म सक्रिय करदाता संख्या ६९ लाख ९९ हजार ३ सय ५० रहेको थियो। पछिल्लो छ महिनामा करदाताको संख्या तीव्र रूपमा बढ्नु आर्थिक गतिविधि विस्तार र कर प्रशासनको प्रभावकारिता बढेको संकेत भएको विभागको भनाइ छ। विभागका अनुसार व्यावसायिक स्थायी लेखा नम्बर (प्यान)तर्फ पनि उल्लेख्य वृद्धि देखिएको छ। व्यावसायिक प्यान लिने करदाताको संख्या २० लाख ६० हजार ७ सय ५८ बाट बढेर २१ लाख १६ हजार पुगेको छ। यस अवधिमा मात्रै ५५ हजार २ सय ४२ नयाँ व्यावसायिक प्यान दर्ता भएका छन्। सबैभन्दा ठूलो वृद्धि व्यक्तिगत प्यानतर्फ देखिएको छ। व्यक्तिगत प्यान करदाताको संख्या ४९ लाख २ हजार ७ सय २२ बाट बढेर ५२ लाख ७ हजार ६ सय १२ पुगेको छ। छ महिनामा मात्र ३ लाख ४ हजार ८ सय ९० नयाँ व्यक्तिगत प्यान दर्ता भएको विभागले जनाएको छ। विदेशी रोजगारीमा जाने कामदारका लागि जारी गरिने डब्लु–प्यानको संख्या पनि बढ्दो क्रममा देखिएको छ। गत आर्थिक वर्षको असारसम्म ३५ हजार ८ सय ७० रहेको डब्लु–प्यान छ महिनामा ८ सय ७१ ले बढेर ३६ हजार ७ सय ४१ पुगेको छ।Nepal’s Tax Base Expands Sharply in First Half of Fiscal Year 2082/83 Kathmandu — Nepal has recorded a significant expansion in its tax base during the first six months of the current fiscal year 2082/83, reflecting growing formalization of economic activities and improved tax administration. According to the Inland Revenue Department, a total of 361,003 new active taxpayers were added during the review period, taking the overall number to 7,360,353. By the end of the previous fiscal year 2081/82, the number of active taxpayers stood at 6,999,350. The addition of more than 360,000 new taxpayers in just six months represents one of the fastest expansions in recent years. Officials say this trend indicates increasing compliance, wider use of digital services, and a gradual shift of businesses and individuals into the formal tax system.

      NEPSE TRADING·9 Feb, 2026·2 min read
    • राष्ट्रिय आर्थिक गणना सफल बनाउन सरकारी–निजी सहकार्य आवश्यक : सरोकारवाला
      Top

      राष्ट्रिय आर्थिक गणना सफल बनाउन सरकारी–निजी सहकार्य आवश्यक : सरोकारवालाStakeholders Stress Public–Private Cooperation for Successful Economic Census 2082

      राष्ट्रिय आर्थिक गणना सफल बनाउन सरकारी–निजी सहकार्य आवश्यक : सरोकारवाला काठमाडौं — राष्ट्रिय आर्थिक गणना २०८२ लाई प्रभावकारी रूपमा सम्पन्न गर्न सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ र राष्ट्रिय तथ्याङ्क कार्यालयको संयुक्त आयोजनामा सोमबार आयोजित राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालनसम्बन्धी अन्तरक्रियामा सहभागी उद्योगी–व्यवसायीहरूले गणनाको सफलताका लागि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताएका हुन्। कार्यक्रममा उद्योगी–व्यवसायीहरूले देशभर सञ्चालनमा रहेका उद्योग, व्यापार तथा सेवा क्षेत्रसँग सम्बन्धित वास्तविक तथ्याङ्क संकलन गर्न सरकारी संयन्त्र र निजी क्षेत्रबीच समन्वय हुनुपर्ने धारणा राखे। उनीहरूका अनुसार सहकार्य बिना गणनाको लक्ष्य हासिल गर्न कठिन हुने देखिन्छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालभर सञ्चालनमा रहेका आर्थिक क्रियाकलाप गर्ने प्रतिष्ठानहरूको आधारभूत विवरण सङ्कलन, प्रशोधन, विश्लेषण तथा प्रकाशन गर्ने उद्देश्यले राष्ट्रिय आर्थिक गणना २०८२ सञ्चालन गर्न लागेको हो। यस गणनाबाट देशको आर्थिक संरचना र गतिविधिको यथार्थ चित्र प्राप्त हुने अपेक्षा गरिएको छ।Stakeholders Stress Public–Private Cooperation for Successful Economic Census 2082 Kathmandu — Stakeholders have emphasized the need for strong cooperation between government agencies and the private sector to ensure the successful implementation of the National Economic Census 2082. The call was made during an interaction program jointly organized by Federation of Nepalese Chambers of Commerce and Industry and the National Statistics Office on Monday. During the discussion, industrialists and business representatives highlighted that the census can only achieve its objectives if private enterprises actively participate and coordinate with government institutions. They noted that accurate data collection depends largely on the willingness of businesses to share reliable information. The National Economic Census aims to collect, process, analyze, and publish basic information on economic establishments operating across the country. According to officials, the data will provide a comprehensive picture of industrial, commercial, and service-sector activities, helping policymakers better understand Nepal’s economic structure.

      NEPSE TRADING·9 Feb, 2026·2 min read
    • होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Investor

      होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिनLast Day to Apply for Hotel Forest Inn’s IPO as Public Offering Closes Today

      होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन काठमाडौं — होटल फरेष्ट इन लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज माघ २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले माघ २२ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँट सम्पन्न गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि शेयर निष्कासन गरेको हो। कम्पनीले प्राथमिक चरणमा लक्षित वर्गका लागि शेयर वितरण गरी अहिले आम लगानीकर्तालाई अवसर दिएको जनाएको छ। कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत बराबर हुने ४० करोड रुपैयाँको ४० लाख कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। सोमध्ये ४ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २ लाख कित्ता सामूहिक लगानी कोष र ८० हजार कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ।Last Day to Apply for Hotel Forest Inn’s IPO as Public Offering Closes Today Kathmandu — Today (Magh 26) is the final day for investors to apply for the Initial Public Offering (IPO) of Hotel Forest Inn Limited, which has been open to the general public since Magh 22. The company had launched the public issue after completing the allotment process for Nepalis working abroad in the first phase. Following the distribution of shares to migrant workers, the company moved to the second phase by issuing shares to the general public. This step marks an important milestone in the company’s effort to expand its ownership base and raise capital from domestic investors. Hotel Forest Inn had received approval from the Securities Board of Nepal to issue 40 lakh ordinary shares worth Rs. 400 million, representing 20 percent of its issued capital of Rs. 2 billion. Out of this, 4 lakh shares were allotted to Nepalis working overseas, 2 lakh shares to mutual funds, and 80,000 shares to company employees. The remaining 33.2 lakh shares, worth Rs. 332 million at a face value of Rs. 100 per share, have been issued to the general public. Investors can apply for a minimum of 10 shares and a maximum of 200,000 shares under the current offering.

      NEPSE TRADING·9 Feb, 2026·2 min read
    • कर्जा वर्गीकरणमा कमजोरी देखिएपछि ठूला बैंकमाथि राष्ट्र बैंक कडा, थप प्रोभिजनिङको तयारी
      Investor

      कर्जा वर्गीकरणमा कमजोरी देखिएपछि ठूला बैंकमाथि राष्ट्र बैंक कडा, थप प्रोभिजनिङको तयारीRegulator Tightens Oversight as Loan Quality Review Finds Weaknesses in Major Banks

      कर्जा वर्गीकरणमा कमजोरी देखिएपछि ठूला बैंकमाथि राष्ट्र बैंक कडा, थप प्रोभिजनिङको तयारी काठमाडौं — बंगलादेशी परामर्शदाता हौलादार युनुस एन्ड कम्पनीले गरेको कर्जा गुणस्तर परीक्षणमा नेपालका ठूला वाणिज्य बैंकहरूमा कर्जा वर्गीकरण र जोखिम व्यवस्थापनमा कमजोरी देखिएको छ। परीक्षणका क्रममा नियामकीय मापदण्डअनुसार कर्जा व्यवस्थापन नहुँदा थप जोखिम व्यवस्थापन आवश्यक रहेको निष्कर्ष निकालिएको हो। नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूले असल, सूक्ष्म निगरानी, कमसल, शंकास्पद र खराब कर्जाको वर्गीकरणमा सुधार नगरेमा थप प्रोभिजनिङ गर्न निर्देशन दिने तयारी भइरहेको छ। केन्द्रीय बैंकले बैंकहरूसँग स्पष्टीकरण लिएपछि मात्र आवश्यक कारबाही अघि बढाइने जनाएको छ। परामर्शदाता कम्पनीले गरेको लोन पोर्टफोलियो रिभ्युमा औसत निष्क्रिय कर्जा अनुपात ७.७० प्रतिशत देखिएको छ भने दुई बैंकको एनपीएल १० प्रतिशतभन्दा माथि पुगेको छ। परीक्षणमा ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेण्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, प्रभु, हिमालयन, एनएमबि र एनआईसी एशिया बैंक समावेश थिए।Regulator Tightens Oversight as Loan Quality Review Finds Weaknesses in Major Banks Kathmandu — A recent loan quality review conducted by Bangladeshi consulting firm Houladar Yunus & Company has revealed weaknesses in credit classification and risk management practices among Nepal’s major commercial banks. The assessment found that several banks have failed to fully comply with regulatory standards, prompting the central bank to prepare stricter supervisory measures. According to Nepal Rastra Bank (NRB), banks that do not improve the classification of their loans into categories such as performing, watchlist, substandard, doubtful, and bad loans may be instructed to increase their provisioning. The central bank has stated that further action will be taken only after seeking clarifications from the concerned institutions.

      NEPSE TRADING·9 Feb, 2026·3 min read
    • मनाङ–लमजुङ सीमामा ३० मेगावाटको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुने
      Investor

      मनाङ–लमजुङ सीमामा ३० मेगावाटको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुने30 MW Myardi Hydropower Project to Be Built on Manang–Lamjung Border

      मनाङ–लमजुङ सीमामा ३० मेगावाटको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुने काठमाडौं — मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिकाको सीमामा कूल ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ। आयोजनाको प्रक्रिया अगाडि बढाउँदै वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयारीको काम सुरु गरेको छ। म्यार्दी खोला हाइड्रोपावर कम्पनी प्रालि आयोजनाको प्रस्तावक रहेको छ। यो आयोजना नदी प्रवाही प्रकृतिको हुने जनाइएको छ, जसअन्तर्गत नदीको प्राकृतिक बहावलाई उपयोग गरी विद्युत् उत्पादन गरिनेछ। आयोजनाबाट वार्षिक औसत १७३.४४ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। आयोजनाबाट उत्पादन हुने विद्युत् १० किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत धारापानीस्थित २२० केभी क्षमताको मनाङ हबमा जोडिनेछ। त्यसपछि राष्ट्रिय प्रसारण प्रणालीमा समावेश गरी देशभर आपूर्ति गरिने योजना रहेको छ।30 MW Myardi Hydropower Project to Be Built on Manang–Lamjung Border Kathmandu — A 30-megawatt Myardi Hydropower Project is set to be constructed along the border of Nasong Rural Municipality in Manang district and Marsyangdi Rural Municipality in Lamjung district. As part of the development process, the Ministry of Forests and Environment has begun preparing the Environmental Impact Assessment (EIA) report. The project is being proposed by Myardi Khola Hydropower Company Pvt. Ltd. It is designed as a run-of-river type project, which will generate electricity by utilizing the natural flow of the river without creating a large reservoir. The project is expected to produce an average of 173.44 gigawatt-hours of electricity annually. Electricity generated from the project will be transmitted through a 10-kilometer-long 132 kV transmission line. It will be connected to the 220 kV Manang hub located in Dharapani before being integrated into the national transmission grid for distribution across the country.

      NEPSE TRADING·9 Feb, 2026·1 min read