
कर्णाली डेभलपमेन्ट बैंकका मुख्य संस्थापकको शेयर हिस्सा घटाइयो, नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहको निर्णयKarnali Development Bank Reduces Founder Shareholdings After Illegal Capital Confirmation; NRB Management Team Takes Action
कर्णाली डेभलपमेन्ट बैंकका मुख्य संस्थापकको शेयर हिस्सा घटाइयो, नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहको निर्णय कर्णाली डेभलपमेन्ट बैंकका मुख्य संस्थापकको शेयर हिस्सा घटाइएको छ। मंगलबार एक सूचना जारी गर्दै बैंकका केही शेयरधनीहरूले अवैधानिक रूपमा शेयर कायम गरेको ठहरिएको र सोही आधारमा शेयर हिस्सा कटौती गर्ने निर्णय नेपाल राष्ट्र बैंक (NRB) द्वारा गठित व्यवस्थापन समूहले गरेको हो। नेपाल राष्ट्र बैंकले २०८१ साल पुस १० गते गरेको निर्णय अनुसार कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गर्दै त्यसको व्यवस्थापन तथा सञ्चालनका लागि एक विशेष व्यवस्थापन समूह गठन गरेको थियो। यस समूहलाई बैंकको पुनर्संरचना, दायित्व मूल्यांकन तथा पूँजी सुधारका कामको जिम्मेवारी दिइएको छ।Karnali Development Bank Reduces Founder Shareholdings After Illegal Capital Confirmation; NRB Management Team Takes Action The founder shareholdings of Karnali Development Bank have been significantly reduced following an investigation that concluded certain shareholders had maintained their shares illegally. The decision was announced on Tuesday through an official notice issued by the Nepal Rastra Bank (NRB)-appointed management team, which currently oversees the bank. Nepal Rastra Bank had declared Karnali Development Bank a troubled financial institution on Poush 10, 2081, citing severe financial and operational weaknesses. Following the declaration, NRB formed a special management and operations team to take control of the bank, evaluate its financial condition, and lead restructuring efforts.


















