NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 81 / 186Next
    • भदौसम्मको आर्थिक स्थिति : मुद्रास्फीति १.८७ प्रतिशतमा सीमित, विदेशी मुद्रा सञ्चिति २८८१ अर्ब
      Investor

      भदौसम्मको आर्थिक स्थिति : मुद्रास्फीति १.८७ प्रतिशतमा सीमित, विदेशी मुद्रा सञ्चिति २८८१ अर्बNepal Rastra Bank’s Report: Inflation at 1.87%, Foreign Exchange Reserves at Rs. 2.88 Trillion

      भदौसम्मको आर्थिक स्थिति : मुद्रास्फीति १.८७ प्रतिशतमा सीमित, विदेशी मुद्रा सञ्चिति २८८१ अर्ब नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौसम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार देशको प्रमुख आर्थिक सूचकहरू — मुद्रास्फीति, विदेशी मुद्रा सञ्चिति, विप्रेषण, आयात–निर्यात र सरकारी राजस्व — सबैमा सकारात्मक प्रगति देखिएको छ। मुद्रास्फीति नियन्त्रणमा, मूल्य स्थायित्व कायम राष्ट्र बैंकका अनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित वार्षिक मुद्रास्फीति १.८७ प्रतिशतमा सीमित रहेको छ। यो स्तर पछिल्ला वर्षहरूको तुलनामा निकै नियन्त्रणमा रहेको मानिन्छ। मुद्रास्फीति घट्नुले उपभोक्ताको क्रय–शक्ति स्थिर रहनुका साथै बजारमा मूल्य–संतुलन कायम भएको संकेत गर्छ। राष्ट्र बैंकले हालसम्मको मौद्रिक नीतिले मूल्य स्थायित्व र आर्थिक सन्तुलनमा सहयोग पुर्‍याएको बताएको छ।Nepal Rastra Bank’s Report: Inflation at 1.87%, Foreign Exchange Reserves at Rs. 2.88 Trillion The Nepal Rastra Bank (NRB) has published the economic and financial situation report for the first two months (till Bhadra) of the current fiscal year 2082/83 (2025/26). The report shows positive progress in major indicators such as inflation, foreign exchange reserves, remittance inflow, trade balance, and government revenue — signaling a gradually stabilizing economy.

      NEPSE TRADING·14 Oct, 2025·2 min read
    • प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर, नयाँ मुद्दा दर्ताको पहिलो दिनमै राजनीतिक हलचल
      Investor

      प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर, नयाँ मुद्दा दर्ताको पहिलो दिनमै राजनीतिक हलचलWrit Filed at Supreme Court Against Dissolution of House of Representatives — First Major Case Since Court Fire Incident

      प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर, नयाँ मुद्दा दर्ताको पहिलो दिनमै राजनीतिक हलचल प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। मंगलबार बिहान सर्वोच्च अदालतमा दर्ता भएको उक्त रिटबारे जानकारी दिँदै अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सरकार असंवैधानिक रहेको भन्ने एक र प्रतिनिधि सभा विघटनविरुद्ध दुई वटा गरी जम्मा तीन रिट परेको जानकारी दिएका छन्। प्रवक्ता कोइरालाले भने, “रिट अध्ययनकै क्रममा छ। अध्ययनपछि बाँकी प्रक्रिया अगाडि बढाइनेछ।” यसअघि भदौ २४ गते ‘जेनजी प्रदर्शन’का क्रममा सर्वोच्च अदालत पूर्णरूपमा जलेको थियो। सो घटनापछि अदालतले नयाँ मुद्दा दर्ता लिन बन्द गरेको थियो। करिब ८० प्रतिशत मुद्दाका मिसिल जलेका कारण पुराना मुद्दा तत्काल अघि बढाउन नसकिने अवस्था उत्पन्न भएको थियो।Writ Filed at Supreme Court Against Dissolution of House of Representatives — First Major Case Since Court Fire Incident Kathmandu, October 14 — A writ petition has been filed at the Supreme Court of Nepal challenging the dissolution of the House of Representatives. The court’s spokesperson, Arjun Prasad Koirala, confirmed that a total of three petitions were registered on Tuesday morning — one alleging that the current government is unconstitutional and two directly challenging the dissolution of Parliament. “The writs are currently under study. Further proceedings will move forward after the review,” spokesperson Koirala said. This marks the first new case registered at the Supreme Court since the court building was completely destroyed by fire on Bhadra 24 during the so-called “GenZ protests.” Following the incident, the court had temporarily suspended the registration of new cases, as around 80 percent of case files were destroyed.

      NEPSE TRADING·14 Oct, 2025·1 min read
    • राष्ट्र बैंकले ३ अर्ब ३० करोड रुपैयाँ पेन्सन कोषबाट बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
      Investor

      राष्ट्र बैंकले ३ अर्ब ३० करोड रुपैयाँ पेन्सन कोषबाट बैंक तथा वित्तीय संस्थामा लगानी गर्नेNRB to Invest Rs. 3.3 Billion from Gratuity and Pension Fund in Banks and Financial Institutions

      राष्ट्र बैंकले ३ अर्ब ३० करोड रुपैयाँ पेन्सन कोषबाट बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने काठमाडौं, असोज २८ — नेपाल राष्ट्र बैंक (NRB) ले आफ्नो (Gratuity) र पेन्सन कोषबाट ३ अर्ब ३० करोड रुपैयाँ (Rs. 3.3 billion) ‘क्लास ए, बी, र सी’ का बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने घोषणा गरेको छ। राष्ट्र बैंकका अनुसार उक्त लगानी ३६६ दिन (एक वर्षभन्दा एक दिन बढी) अवधिका लागि हुनेछ। लगानीका लागि योग्य संस्थाहरूले केही निश्चित मापदण्ड पूरा गर्नुपर्नेछ। बैंकले तोकेको मापदण्डअनुसार, योग्य बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा २ वर्षदेखि सञ्चालनमा रहेका, न्यूनतम पूँजी कोष आवश्यकतापूर्ति गरेका, कुल कर्जा पोर्टफोलियोको आठ प्रतिशतभन्दा कम असल नभएको कर्जा (NPL) कायम राखेका, र नेट NPL अनुपात तीन प्रतिशतभित्र राखेका हुनुपर्नेछ।NRB to Invest Rs. 3.3 Billion from Gratuity and Pension Fund in Banks and Financial Institutions Kathmandu, October 14 — The Nepal Rastra Bank (NRB) has announced plans to invest Rs. 3.3 billion from its gratuity and pension fund in Class A, B, and C banks and financial institutions for a period of 366 days (one year and one day). According to the central bank, eligible institutions must meet several key criteria to qualify for the investment. They must have been in operation for at least two years, maintain the minimum total capital fund requirement, keep non-performing loans (NPLs) below eight percent of their total loan portfolio, and ensure the net NPL ratio remains within three percent.

      NEPSE TRADING·14 Oct, 2025·1 min read
    • नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो ‘नेसनल पेमेन्ट स्विच’ र ‘नेसनल पेमेन्ट इकोसिस्टम’ — अब सबै डिजिटल भुक्तानी एउटै गेटवेमा एकीकृत हुने
      Investor

      नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो ‘नेसनल पेमेन्ट स्विच’ र ‘नेसनल पेमेन्ट इकोसिस्टम’ — अब सबै डिजिटल भुक्तानी एउटै गेटवेमा एकीकृत हुनेNepal Rastra Bank Unveils National Payment Switch and National Payment Ecosystem — A Major Step Toward a Unified Digital Payment Gateway

      नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्‍यो ‘नेसनल पेमेन्ट स्विच’ र ‘नेसनल पेमेन्ट इकोसिस्टम’ — अब सबै डिजिटल भुक्तानी एउटै गेटवेमा एकीकृत हुने काठमाडौं, असोज २८ — नेपाल राष्ट्र बैंकले देशको वित्तीय प्रणालीलाई व्यवस्थित, एकीकृत र सुरक्षित बनाउने उद्देश्यसहित एक ऐतिहासिक पहल गर्दै ‘नेसनल पेमेन्ट स्विच (National Payment Switch, NPS)’ र ‘नेसनल पेमेन्ट इकोसिस्टम – मास्टर रिफ्रेन्स डकुमेन्ट’ सार्वजनिक गरेको छ। नेपालमा मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन वालेट र कार्ड–पेमेंट सेवाको तीव्र विस्तारसँगै वित्तीय प्रणाली डिजिटल युगतर्फ तीव्र गतिमा रूपान्तरण हुँदै गएको छ। तर, यससँगै पारदर्शिता, सुरक्षाको मापदण्ड र एकरूपता कायम गर्नु प्रमुख चुनौती बन्दै गएको छ।Nepal Rastra Bank Unveils National Payment Switch and National Payment Ecosystem — A Major Step Toward a Unified Digital Payment Gateway Kathmandu, October 14 — The Nepal Rastra Bank (NRB) has officially launched the National Payment Switch (NPS) and National Payment Ecosystem – Master Reference Document, marking a major milestone in the country’s digital financial transformation. The initiative aims to create a secure, integrated, and transparent national digital payment framework.

      NEPSE TRADING·14 Oct, 2025·2 min read
    • तिहार लक्षित गर्दै राष्ट्र बैंकले यस वर्ष सुनको असर्फी वितरण नगर्ने, चाँदीको मेडालियन मात्र बिक्री हुने
      Investor

      तिहार लक्षित गर्दै राष्ट्र बैंकले यस वर्ष सुनको असर्फी वितरण नगर्ने, चाँदीको मेडालियन मात्र बिक्री हुनेNepal Rastra Bank to Halt Sale of Gold Coins This Tihar, Only Silver Medallions Available

      तिहार लक्षित गर्दै राष्ट्र बैंकले यस वर्ष सुनको असर्फी वितरण नगर्ने, चाँदीको मेडालियन मात्र बिक्री हुने काठमाडौं, असोज २८ — आगामी तिहार (धनतेरस) पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले यस वर्ष सुनको असर्फी बिक्री नगर्ने निर्णय गरेको छ। राष्ट्र बैंकको टक्सार महाशाखाले जारी गरेको सूचनामा असोज २६ गतेदेखि चाँदीका मेडालियन (सिक्का) मात्र बिक्री वितरण गरिने उल्लेख छ। टक्सार महाशाखाका अनुसार यस वर्ष लक्ष्मी मेडालियन (१० ग्राम) को मूल्य रु. ३,००० तोकिएको छ। प्रत्येक व्यक्तिलाई १ वटा मात्र मेडालियन खरिद गर्न पाउने व्यवस्था गरिएको छ। त्यस्तै, गणेश मेडालियन (१० ग्राम), गजलक्ष्मी मेडालियन (१० ग्राम) र गाई मेडालियन (१० ग्राम) पनि रु. ३,००० का दरले बिक्री गरिने सूचनामा उल्लेख छ। यी सबै मेडालियनहरू चाँदीका हुनेछन् र सीमित मात्रामा उपलब्ध हुने जनाइएको छ।Nepal Rastra Bank to Halt Sale of Gold Coins This Tihar, Only Silver Medallions Available Kathmandu, October 14 — Targeting the upcoming Tihar (Dhanteras) festival, the Nepal Rastra Bank (NRB) has announced that it will not sell gold coins (Asarfi) this year. Instead, the central bank’s Mint Division (Taksar Mahashakha) will sell silver medallions only, starting from October 12 (Ashwin 26, 2082). According to the NRB Mint Division, the price of the 10-gram Laxmi Medallion has been fixed at Rs. 3,000, and each individual will be allowed to purchase only one piece. Similarly, Ganesh Medallion (10 grams), Gajalaxmi Medallion (10 grams), and Cow Medallion (10 grams) will also be sold at Rs. 3,000 each, limited to one unit per person. All these medallions will be made of pure silver and will be available in limited quantities.

      NEPSE TRADING·14 Oct, 2025·1 min read
    • सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले बढेर सर्वाधिक उच्चस्तरमा, चाँदी पनि रेकर्ड मूल्यमा
      Investor

      सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले बढेर सर्वाधिक उच्चस्तरमा, चाँदी पनि रेकर्ड मूल्यमाGold Hits Record High in Nepal — Price Jumps by Rs. 8,100 Per Tola; Silver Also Reaches All-Time High

      सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले बढेर सर्वाधिक उच्चस्तरमा, चाँदी पनि रेकर्ड मूल्यमा काठमाडौं, असोज २८ — नेपाली बजारमा मंगलबार सुन र चाँदी दुबैको मूल्य इतिहासकै उच्च स्तरमा पुगेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुनको मूल्य प्रति तोला रु. २ लाख ४८ हजार ५०० कायम भएको छ। यो मूल्य सोमबारको तुलनामा रु. ८ हजार १०० रुपैयाँले वृद्धि भएको हो। सोमबार छापावाल सुन प्रति तोला रु. २ लाख ४० हजार ४०० मा कारोबार भएको थियो। महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो। महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको बताउँदै सोको सीधा प्रभाव नेपाली बजारमा परेको उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर भएपछि लगानीकर्ताहरूले सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भएका छन्।Gold Hits Record High in Nepal — Price Jumps by Rs. 8,100 Per Tola; Silver Also Reaches All-Time High Kathmandu, October 14 — The prices of gold and silver have surged to record highs in the Nepali market on Tuesday. According to the Federation of Nepal Gold and Silver Dealers’ Association (FNGSJA), the price of hallmark gold has climbed to Rs. 2,48,500 per tola, the highest ever recorded in Nepal. Compared to Monday’s price of Rs. 2,40,400 per tola, gold has increased by Rs. 8,100 per tola in a single day. The federation stated that the continuous rise in international gold prices has directly impacted the domestic market. The global rally has been driven by a weaker U.S. dollar and rising investor demand for gold as a safe-haven asset. Meanwhile, silver prices have also reached a record level. On Monday, silver was priced at Rs. 3,220 per tola, which has now risen to Rs. 3,325 per tola, marking an all-time high.

      NEPSE TRADING·14 Oct, 2025·1 min read
    • नेप्से परिसूचक प्रि–ओपन सेसनमा ०.१५ अंकले उकालो
      Investor

      नेप्से परिसूचक प्रि–ओपन सेसनमा ०.१५ अंकले उकालोNEPSE Index Rises Slightly by 0.15 Points During Pre-Open Session

      नेप्से परिसूचक प्रि–ओपन सेसनमा ०.१५ अंकले उकालो काठमाडौं, असोज २८ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रि–ओपन सेसनमा बजार झिनो अंकले बढेको छ। बजार खुल्नुभन्दा अघि बिहान १०:३० देखि १०:४५ बजे सम्म चलेको प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.१५ अंकले बढेर २,५४७.७६ विन्दुमा पुगेको छ। यस अवधिमा कुल २५ कम्पनीका शेयरहरू कारोबार भएका छन् भने ५ लाख ९७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ। प्रि–ओपन सेसनमा ११ कम्पनीका शेयर मूल्य बढेका, १४ कम्पनीका घटेका र कुनै पनि कम्पनीको मूल्य अपरिवर्तित रहेको नेप्सेले जनाएको छ।NEPSE Index Rises Slightly by 0.15 Points During Pre-Open Session Kathmandu, October 14 — The Nepal Stock Exchange (NEPSE) index saw a slight gain during the pre-open session on Monday morning. The market, which remained open from 10:30 AM to 10:45 AM, increased by 0.15 points, bringing the NEPSE index to 2,547.76 points. During the session, shares of 25 listed companies were traded, with a total turnover of Rs. 597,154.70. According to NEPSE, 11 companies’ share prices increased, 14 declined, and none remained unchanged.

      NEPSE TRADING·14 Oct, 2025·1 min read
    • बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आठौं वार्षिक साधारण सभा पुस २९ गते हुने
      Investor

      बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आठौं वार्षिक साधारण सभा पुस २९ गते हुनेBarahi Hydropower to Hold 8th Annual General Meeting on Poush 29

      बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आठौं वार्षिक साधारण सभा पुस २९ गते हुने काठमाडौं, पुस ५ — बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सभा (AGM) पुस २९ गते गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठक नं. ४–०४ ले यो निर्णय गरेको हो। बैठक २०७९ पुस ५ गते बिहीबार दिउँसो ३:०० बजे कम्पनीको रजिष्टर्ड कार्यालय, राधाकृष्ण मार्ग, बबरमहल, काठमाडौंमा बसेको थियो। बैठकमा अध्यक्ष रामेश्वर पराजुलीको अध्यक्षतामा सञ्चालकहरू विदुर अधिकारी, यशोदा कुमारी भट्ट जोशी, शिव सागर शर्मा र ज्योति दाहाल सहभागी रहेका थिए। साथै, प्रमुख कार्यकारी अधिकृत सूर्यप्रसाद अधिकारी र कम्पनी सचिव सन्दीप कुमार शर्मा पौडेल पनि उपस्थित थिए।Barahi Hydropower to Hold 8th Annual General Meeting on Poush 29 Barahi Hydropower Public Limited has announced that it will hold its 8th Annual General Meeting (AGM) on Poush 29, 2080 (Sunday). The decision was made during the company’s Board of Directors Meeting No. 4-04, held on Poush 5, 2080 (Thursday) at 3:00 PM at the company’s registered office located on Radhakrishna Marg, Babarmahal, Kathmandu. The meeting was chaired by Mr. Rameshwar Parajuli, with participation from board members Mr. Vidur Adhikari, Ms. Yashoda Kumari Bhatt Joshi, Mr. Shiv Sagar Sharma, and Ms. Jyoti Dahal. CEO Mr. Surya Prasad Adhikari and Company Secretary Mr. Sandeep Kumar Sharma Poudel were also present.

      NEPSE TRADING·14 Oct, 2025·1 min read
    • हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले राजीनामा दिए, सञ्चालक समितिबाट स्वीकृत
      Investor

      हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले राजीनामा दिए, सञ्चालक समितिबाट स्वीकृतHimalayan Life Insurance CEO Manoj Kumar Lal Karn Resigns, Board Approves Resignation

      हिमालयन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले राजीनामा दिए, सञ्चालक समितिबाट स्वीकृत काठमाडौं, असोज २७ — हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (CEO) मनोज कुमार लाल कर्णले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिको ५४औं बैठकले उनको राजीनामा स्वीकृत गरेको जानकारी कम्पनीले सार्वजनिक गरेको छ। कम्पनी सचिव ईश्वर कुमार सेडाईद्वारा हस्ताक्षरित सूचनाअनुसार, कर्णले मिति २०८२ साल असोज २७ गते (सोमबार) राजीनामा पत्र पेश गरेका थिए। सोही दिन दिउँसो ४:०० बजे बसेको सञ्चालक समितिको बैठकले उक्त राजीनामा स्वीकृत गरेको हो।Himalayan Life Insurance CEO Manoj Kumar Lal Karn Resigns, Board Approves Resignation Kathmandu, October 13 — Himalayan Life Insurance Limited has announced that its Chief Executive Officer (CEO), Mr. Manoj Kumar Lal Karn, has resigned from his position, citing personal reasons. The resignation was approved by the company’s Board of Directors during its 54th board meeting held on Ashwin 27, 2082 (Monday). According to the official notice signed by Mr. Ishwor Kumar Sedhai, Company Secretary, Mr. Karn submitted his resignation on Ashwin 27, 2082, and the board meeting held the same day at 4:00 PM accepted it. The company has informed all relevant regulatory authorities, including the Nepal Stock Exchange (NEPSE), Nepal Insurance Authority, Securities Board of Nepal (SEBON), CDS & Clearing Limited, and the Office of the Company Registrar about the decision. Himalayan Life Insurance Limited is one of Nepal’s leading life insurance companies, providing a wide range of insurance services across the country.

      NEPSE TRADING·14 Oct, 2025·1 min read
    • सहस उर्जा लिमिटेड : टाइम्स इनर्जी प्रालिका प्रबन्ध सञ्चालकमा शुसिल थापा नियुक्त
      Investor

      सहस उर्जा लिमिटेड : टाइम्स इनर्जी प्रालिका प्रबन्ध सञ्चालकमा शुसिल थापा नियुक्तSahas Urja Appoints Sushil Thapa as Managing Director of Subsidiary Times Energy Pvt. Ltd.

      सहस उर्जा लिमिटेड : टाइम्स इनर्जी प्रालिका प्रबन्ध सञ्चालकमा शुसिल थापा नियुक्त सहस उर्जा लिमिटेडले आफ्नो सहायक कम्पनी टाइम्स इनर्जी प्रा.लि. का लागि नयाँ प्रबन्ध सञ्चालक (Managing Director) नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार, सहायक कम्पनी टाइम्स इनर्जी प्रा.लि.का सञ्चालक समिति सदस्य शुसिल थापालाई उक्त पदमा नियुक्त गरिएको हो। सहस उर्जा लिमिटेडका कम्पनी सचिव दिनेश कुमार रोक्काद्वारा हस्ताक्षरित सूचनाअनुसार, टाइम्स इनर्जीको सञ्चालक समितिको बैठक मिति २०८२ साल असोज २७ गते दिउँसो ३:०० बजे बसेको थियो। सो बैठकले थापालाई प्रबन्ध सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको र यसबारे नेपाल स्टक एक्सचेन्ज (NEPSE) लगायत सम्बन्धित निकायहरूलाई जानकारी गराइएको उल्लेख छ। सहस उर्जा लिमिटेड नेपालको अग्रणी जलविद्युत् कम्पनीमध्ये एक हो, जसले देशभरका विभिन्न जलविद्युत् परियोजनामा लगानी गरिरहेको छ। टाइम्स इनर्जी प्रा.लि. कम्पनीको सहायक संस्था हो, जसले ऊर्जा क्षेत्रमा सहसको लगानी र प्राविधिक विस्तारमा सहयोग पुर्‍याउँदै आएको छ।Sahas Urja Appoints Sushil Thapa as Managing Director of Subsidiary Times Energy Pvt. Ltd. Kathmandu, October 13 — Sahas Urja Limited, one of Nepal’s leading hydropower companies, has appointed Mr. Sushil Thapa as the Managing Director of its subsidiary company, Times Energy Pvt. Ltd. According to an official notice signed by Mr. Dinesh Kumar Rokka, Company Secretary of Sahas Urja, the decision was made during the board meeting of Times Energy Pvt. Ltd. held on Ashwin 27, 2082 (October 13, 2025) at 3:00 PM. The meeting resolved to appoint Mr. Thapa, who also serves as a board member of both Sahas Urja and Times Energy, as the Managing Director of the subsidiary.

      NEPSE TRADING·14 Oct, 2025·1 min read
    • मध्य भोटेकोशी जलविद्युत : लेखापरीक्षक नियुक्ति गरेको सूचना
      Investor

      मध्य भोटेकोशी जलविद्युत : लेखापरीक्षक नियुक्ति गरेको सूचनाMadhya Bhotekoshi Jalavidyut Company Appoints Auditor for FY 2081/82

      मध्य भोटेकोशी जलविद्युत : लेखापरीक्षक नियुक्ति गरेको सूचना काठमाडौं, असोज २७ — मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि S.A.N.S. Associates, Chartered Accountantsका श्री सुजित वाग्लेलाई लेखापरीक्षक (Auditor) नियुक्त गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम गोपाल शिवाकोटीद्वारा हस्ताक्षरित सूचनाअनुसार, लेखापरीक्षण कार्यको लागि कम्पनीले रु. १ लाख ७८ हजार (कर बाहेक) पारिश्रमिक निर्धारण गरेको छ। कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम लेखापरीक्षक नियुक्त गरिएको र यसबारे जानकारी आवश्यक निकायहरूमा पठाइएको कम्पनीले जनाएको छ।Madhya Bhotekoshi Jalavidyut Company Appoints Auditor for FY 2081/82 Kathmandu, October 13 — Madhya Bhotekoshi Jalavidyut Company Limited (MBKJCL) has appointed Mr. Sujit Wagle of S.A.N.S. Associates, Chartered Accountants, as the auditor for the fiscal year 2081/82. According to an official notice signed by Mr. Ram Gopal Shivakoti, Chief Executive Officer of the company, the auditor’s remuneration has been fixed at NPR 178,000 (excluding taxes). The appointment was made in accordance with Section 113 of the Companies Act, 2063, and relevant authorities have been duly notified. The company has also forwarded the audit appointment information to several concerned institutions, including the Electricity Regulatory Commission, Office of the Company Registrar, Securities Board of Nepal (SEBON), Department of Electricity Development, Nepal Stock Exchange (NEPSE), CDS & Clearing Limited, Employees Provident Fund, Nepal Electricity Authority (NEA), and Global IME Capital Limited, among others.

      NEPSE TRADING·14 Oct, 2025·1 min read
    • पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच गाभ्ने–गाभिने सम्झौता, राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त
      Investor

      पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच गाभ्ने–गाभिने सम्झौता, राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्तPokhara Finance and Samriddhi Finance Sign Merger Agreement — NRB Grants Letter of Intent (LOI)

      पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच गाभ्ने–गाभिने सम्झौता, राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त काठमाडौं, असोज २७ — पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीच गाभ्ने–गाभिने (Merger) सम्झौता सम्पन्न भएको छ। नेपाल राष्ट्र बैंकबाट मिति २०७९/०६/२७ (असोज २७, २०८२) मा उक्त मर्जरका लागि सैद्धान्तिक सहमति (Letter of Intent – LOI) प्राप्त भएको पोखरा फाइनान्सले जनाएको छ। नेपाल राष्ट्र बैंकले दिएको सैद्धान्तिक सहमति अनुसार, दुवै फाइनान्स संस्थाले तीन महिनाभित्र आफ्ना–आफ्ना वार्षिक साधारण सभाबाट विशेष प्रस्ताव पारित गरी आवश्यक प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि पेश गर्नुपर्ने शर्त राखिएको छ।Pokhara Finance and Samriddhi Finance Sign Merger Agreement — NRB Grants Letter of Intent (LOI) Pokhara Finance Limited and Samriddhi Finance Company Limited have officially signed a merger agreement, and the Nepal Rastra Bank (NRB) has granted them in-principle approval (Letter of Intent – LOI) for the merger. The approval was issued on Ashwin 27, 2082 (October 13, 2025), according to a notice released by Pokhara Finance. As per the NRB’s approval conditions, both financial institutions must complete the necessary procedures and approve a special resolution through their respective Annual General Meetings (AGMs) within three months and then submit the final merger application for approval.

      NEPSE TRADING·14 Oct, 2025·1 min read
    • महालक्ष्मी विकास बैंकले ग्राहकलाई स्थायी लेखा नम्बर (PAN) अद्यावधिक गर्न आग्रह
      Top

      महालक्ष्मी विकास बैंकले ग्राहकलाई स्थायी लेखा नम्बर (PAN) अद्यावधिक गर्न आग्रहMahalaxmi Bikas Bank Urges Customers to Update Their PAN Details

      महालक्ष्मी विकास बैंकले ग्राहकलाई स्थायी लेखा नम्बर (PAN) अद्यावधिक गर्न आग्रह काठमाडौं, असोज २८ — महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (PAN) अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकले नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०७६/८१ अनुसार PAN विवरण अद्यावधिक गर्नु अनिवार्य भएको जनाएको छ। बैंकका अनुसार प्राकृतिक व्यक्तिले रु. ५० लाखभन्दा बढीको म्यादित निक्षेप गर्न वा त्यसबाट प्राप्त हुने ब्याजमा कर तिर्न PAN नम्बर अनिवार्य हुन आवश्यक छ। बैंकले जानकारी दिएको छ कि PAN नम्बर अभावमा ब्याज भुक्तानीमा कटाइने कर विवरण E-TDS प्रणालीमा समावेश गर्न नसकिने भएकाले कर समायोजनमा समस्या हुन सक्छ।Mahalaxmi Bikas Bank Urges Customers to Update Their PAN Details Kathmandu, October 14 — Mahalaxmi Bikas Bank Limited has urged all its customers to update their Permanent Account Number (PAN) in their bank accounts. The bank issued a public notice stating that, as per the Unified Directive No. 9/2076-81 issued by the Nepal Rastra Bank, it is mandatory for customers to link their PAN details with their accounts. According to the bank, individuals maintaining fixed deposits above NPR 5 million or earning interest income on such deposits must mandatorily provide their PAN number. The bank emphasized that without a PAN, the tax deducted on interest payments (E-TDS) cannot be properly recorded under the customer’s account, which may cause discrepancies during tax reconciliation.

      NEPSE TRADING·14 Oct, 2025·1 min read
    • सानिमा बैंकको ३ लाख ३९ हजार ४८४ कित्ता संस्थापक शेयर बिक्रीमा, इच्छुकलाई १५ दिनको समय
      Top

      सानिमा बैंकको ३ लाख ३९ हजार ४८४ कित्ता संस्थापक शेयर बिक्रीमा, इच्छुकलाई १५ दिनको समयSanima Bank’s 339,484 Promoter Shares Up for Sale — 15-Day Notice Issued for Interested Buyers

      सानिमा बैंकको ३ लाख ३९ हजार ४८४ कित्ता संस्थापक शेयर बिक्रीमा, इच्छुकलाई १५ दिनको समय काठमाडौं, असोज २८ — सानिमा बैंक लिमिटेडका एक संस्थापक शेयरधनीले आफ्ना नाममा कायम रहेको ३ लाख ३९ हजार ४८४ कित्ता संस्थापक शेयर बिक्रीका लागि प्रस्ताव गरेका छन्। बैंकले उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनी, योग्य व्यक्ति वा संस्थाहरूलाई आवेदन दिनका लागि १५ दिनको समयसीमा तोकेको छ। बैंकले जानकारी दिएअनुसार, सो शेयरको न्यूनतम मूल्य प्रति शेयर रु. १४५ निर्धारण गरिएको छ। यसअघि बैंकले मिति २०८२ साल जेठ १४ गते ३५ दिने सूचना प्रकाशित गरी विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिएको थियो। तर, उक्त अवधिभित्र कुनै आवेदन नपरेपछि अब अन्य इच्छुक संस्थापक शेयरधनी वा योग्य सर्वसाधारण/संस्थाका लागि यो सूचना सार्वजनिक गरिएको हो।Sanima Bank’s 339,484 Promoter Shares Up for Sale — 15-Day Notice Issued for Interested Buyers Kathmandu, October 14 — Sanima Bank Limited has announced that one of its promoter shareholders is selling 339,484 units of promoter shares. The bank has invited interested promoter shareholders, eligible individuals, and institutions to submit applications to purchase the shares within 15 days from the date of this notice. According to the announcement, the minimum price per share is set at NPR 145. Earlier, on Jestha 14, 2082, the bank had published a 35-day notice inviting existing promoter shareholders to purchase the shares, but no applications were received during that period. Consequently, the bank has now opened the opportunity to other interested and qualified parties.

      NEPSE TRADING·14 Oct, 2025·1 min read
    • तेह्रथुम पावर कम्पनीको आठौं वार्षिक साधारण सभा कार्तिक १७ गते हुने
      Investor

      तेह्रथुम पावर कम्पनीको आठौं वार्षिक साधारण सभा कार्तिक १७ गते हुनेTerhathum Power Company Announces 8th Annual General Meeting on Kartik 17

      तेह्रथुम पावर कम्पनीको आठौं वार्षिक साधारण सभा कार्तिक १७ गते हुने काठमाडौं, असोज २८ — तेह्रथुम पावर कम्पनी लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सभा (8th AGM) बोलाएको छ। कम्पनीको सञ्चालक समितिको ५८औं बैठकले गरेको निर्णयअनुसार साधारण सभा मिति २०८२ साल कार्तिक १७ गते (सोमबार) दिनको १२:३० बजे काठमाडौँको अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बतिसपुतलीमा आयोजना हुने भएको हो। कम्पनीले सार्वजनिक सूचना जारी गर्दै सबै शेयरधनी तथा सरोकारवालाहरुलाई सभामा उपस्थित भइ सहभागिता जनाउन अनुरोध गरेको छ।Terhathum Power Company Announces 8th Annual General Meeting on Kartik 17 Kathmandu, October 14 — Terhathum Power Company Limited has announced that its 8th Annual General Meeting (AGM) will be held on Kartik 17, 2082 (Monday) at 12:30 PM. The meeting will take place at Anupam Foodland & Banquet, Battisputali, Kathmandu. The decision was made during the company’s 58th Board of Directors meeting held on Bhadra 22, 2082.

      NEPSE TRADING·14 Oct, 2025·1 min read
    • खानी खोला हाइड्रोपावरको ४ लाख ५५ हजार ३४५ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा
      Investor

      खानी खोला हाइड्रोपावरको ४ लाख ५५ हजार ३४५ कित्ता अवितरित हकप्रद शेयर लिलामीमाKhani Khola Hydropower to Auction 455,345 Unsold Right Shares

      खानी खोला हाइड्रोपावरको ४ लाख ५५ हजार ३४५ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा काठमाडौं, असोज २८ — खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण समूहमा बाँकी रहेका ४ लाख ५५ हजार ३४५ कित्ता अवितरित हकप्रद शेयर लिलामी (Auction) मार्फत बिक्रीमा ल्याएको छ। कम्पनीले यो शेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी वा संस्थाहरूलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो। लिलामीको आवेदन कात्तिक १२ गते (बुधबार)देखि सुरु भई कात्तिक १९ गते (बुधबार) अपराह्न ३:०० बजेसम्म बुझाउन सकिनेछ। कम्पनीले यसअघि २०८२ साल साउन ३ गतेदेखि भदौ ५ गतेसम्म हकप्रद शेयर बिक्रीका लागि आवेदन माग गरेको थियो, तर उक्त अवधिमा सबै शेयर बिक्री नभएकाले बाँकी शेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो। कम्पनीका अनुसार बोलपत्र आवेदन फाराम सिटिजन्स क्यापिटल लिमिटेड, डिल्लीबजार, काठमाडौं तथा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका शाखा कार्यालयहरू — कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर (भानुचोक), नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा (न्यूरोड), बुटवल (पाल्पा रोड) र हेटौँडाबाट प्राप्त गर्न सकिनेछ।Khani Khola Hydropower to Auction 455,345 Unsold Right Shares Kathmandu, October 14 — Khani Khola Hydropower Company Limited has announced the auction of its 455,345 units of unsold right shares from the ordinary shareholder group. The company has invited sealed bids from interested individuals, companies, and institutions to purchase these shares. The bidding period will begin on Kartik 12, 2082 (Wednesday) and end on Kartik 19, 2082 (Wednesday) at 3:00 PM. Earlier, the company had opened its right share issue from Shrawan 3 to Bhadra 5, 2082, but some shares remained unsubscribed. Following this, the company decided to auction the remaining shares in accordance with the Securities Issuance and Allotment Guidelines, 2074 (Directive No. 15).

      NEPSE TRADING·14 Oct, 2025·1 min read
    • ग्रामीण विकास र समाज लघुवित्त एकीकृत, कार्तिक २ गतेदेखि संयुक्त कारोबार सुरु हुने
      Investor

      ग्रामीण विकास र समाज लघुवित्त एकीकृत, कार्तिक २ गतेदेखि संयुक्त कारोबार सुरु हुनेGrameen Bikas Laghubitta and Samaj Laghubitta to Begin Joint Operations from Kartik 2 (October 19, 2025)

      ग्रामीण विकास र समाज लघुवित्त एकीकृत, कार्तिक २ गतेदेखि संयुक्त कारोबार सुरु हुने काठमाडौं, असोज २८ — ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिएर संयुक्त रूपमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कार्तिक २ गते (तदनुसार १९ अक्टोबर २०२५) देखि एकीकृत वित्तीय कारोबार सुरु गर्ने भएका छन्। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त दुवै संस्थाले छुट्टाछुट्टै वार्षिक साधारणसभाबाट विशेष प्रस्ताव पारित गरी गाभ्ने–गाभिने प्रक्रिया अघि बढाएका थिए। उक्त प्रक्रिया नेपाल राष्ट्र बैंकबाट असोज २३ गते अन्तिम स्वीकृति प्राप्त भएपछि सम्पन्न भएको हो। नेपाल सरकारको कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज २६ गते मर्जर स्वीकृति प्राप्त भएपछि समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सम्पूर्ण सम्पत्ति र दायित्व ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा मिलान गरिएको छ। अबदेखि संयुक्त कारोबार ग्रामीण विकास लघुवित्तकै नामबाट सञ्चालन हुनेछ।Grameen Bikas Laghubitta and Samaj Laghubitta to Begin Joint Operations from Kartik 2 (October 19, 2025) Kathmandu, October 14 — Grameen Bikas Laghubitta Bittiya Sanstha Limited and Samaj Laghubitta Bittiya Sanstha Limited have successfully completed their merger process and will commence joint financial operations under the name Grameen Bikas Laghubitta Bittiya Sanstha Limited starting from Kartik 2, 2082 (October 19, 2025). Both institutions, licensed as “D” class microfinance institutions by Nepal Rastra Bank (NRB), had approved the merger through separate special resolutions at their respective annual general meetings. The merger received final approval from Nepal Rastra Bank on Ashwin 23, 2082, and the Office of the Company Registrar approved the merger on Ashwin 26, 2082, officially transferring all assets and liabilities of Samaj Laghubitta to Grameen Bikas Laghubitta.

      NEPSE TRADING·14 Oct, 2025·1 min read
    • गरिमा विकास बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा, ६ प्रतिशत बोनस र ४.५३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव
      Investor

      गरिमा विकास बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा, ६ प्रतिशत बोनस र ४.५३ प्रतिशत नगद लाभांश वितरण प्रस्तावGarima Bikas Bank Announces 10.53% Dividend — 6% Bonus Shares and 4.53% Cash Dividend Proposed

      गरिमा विकास बैंकको १०.५३ प्रतिशत लाभांश घोषणा, ६ प्रतिशत बोनस र ४.५३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव काठमाडौं, असोज २८ — गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको बैठक सोमबार (आश्विन २७ गते) दिउँसो ३ः३० बजे सम्पन्न भई सो निर्णय गरेको हो। बैठकले बैंकको हाल कायम चुक्ता पुँजीबाट ६ प्रतिशत बोनस शेयर र करसहित ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार, शेयरधनीहरूले बोनस र नगद गरी कुल १०.५३ प्रतिशतको लाभांश पाउनेछन्। बैंकले स्पष्ट पारेको छ कि प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ।Garima Bikas Bank Announces 10.53% Dividend — 6% Bonus Shares and 4.53% Cash Dividend Proposed Kathmandu, October 14 — Garima Bikas Bank Limited has announced a 10.53% total dividend for its shareholders from the profit of the fiscal year 2081/82 (2024/25). The decision was made during the board of directors’ meeting held on Monday, Ashwin 27 (October 13) at 3:30 PM. According to the proposal, the bank will distribute 6% bonus shares and 4.53% cash dividend (including tax), making a combined total of 10.53% for its shareholders.

      NEPSE TRADING·14 Oct, 2025·1 min read
    • देशभर २३ लाख ८० हजार किसान सूचीकृत, चार वर्गमा वर्गीकरण गरिँदै
      Investor

      देशभर २३ लाख ८० हजार किसान सूचीकृत, चार वर्गमा वर्गीकरण गरिँदै2.38 Million Farmers Registered Nationwide Under Farmer Listing Program

      देशभर २३ लाख ८० हजार किसान सूचीकृत, चार वर्गमा वर्गीकरण गरिँदै काठमाडौं, असोज २८ — सरकारले सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रम अन्तर्गत हालसम्म देशभरका २३ लाख ८० हजार किसान सूचीकृत भएका छन्। अनुदानका साथै अन्य आवश्यक सहायता सहज रूपमा उपलब्ध गराउन राज्यले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो।2.38 Million Farmers Registered Nationwide Under Farmer Listing Program Kathmandu, October 14 — A total of 2.38 million farmers across Nepal have been registered under the Farmer Listing Program, launched by the government to ensure the effective delivery of subsidies and other agricultural support. The initiative aims to integrate farmers into a digital system to streamline access to state-provided facilities and assistance.

      NEPSE TRADING·14 Oct, 2025·<1 min read
    • अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्ष जुटबीच भेटवार्ता, आगामी सहकार्यका विषयमा छलफल
      Investor

      अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्ष जुटबीच भेटवार्ता, आगामी सहकार्यका विषयमा छलफलFinance Minister Khanal Meets World Bank Vice President Jut — Discussions Held on Future Cooperation

      अर्थमन्त्री खनाल र विश्व बैंकका उपाध्यक्ष जुटबीच भेटवार्ता, आगामी सहकार्यका विषयमा छलफल वासिङटन डिसी (अमेरिका), असोज २८ — अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र विश्व बैंक समूहका क्षेत्रीय उपाध्यक्ष जोहानस जुटबीच सोमबार अमेरिकाको वासिङटन डिसीमा भेटवार्ता भएको छ। भेटमा नेपालमा विश्व बैंकको सहयोगमा सञ्चालनमा रहेका विकास परियोजनाहरूका प्रगति, आगामी साझेदारीका सम्भावना र आर्थिक सहयोगका विषयमा विस्तृत रूपमा छलफल गरिएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ। भेटका क्रममा नेपालका आर्थिक सुधार, लगानीमैत्री वातावरण, पूर्वाधार विकास र सामाजिक क्षेत्रका परियोजनाहरूलाई सुदृढ गर्न विश्व बैंकको भूमिकाबारे पनि विचार–विमर्श भएको दूतावासले जनाएको छ।Finance Minister Khanal Meets World Bank Vice President Jut — Discussions Held on Future Cooperation Washington D.C., October 14 — Nepal’s Finance Minister Rameshwar Prasad Khanal held a meeting with Johannes Zutt, Regional Vice President of the World Bank Group, in Washington D.C. on Monday. The meeting focused on ongoing development programs supported by the World Bank in Nepal, as well as potential areas of future cooperation and partnership, according to the Embassy of Nepal in Washington. During the discussions, both sides reviewed the progress of World Bank–funded projects and exchanged views on Nepal’s economic reforms, investment climate, infrastructure development, and social sector initiatives. The World Bank expressed continued commitment to supporting Nepal’s sustainable economic growth and development priorities.

      NEPSE TRADING·14 Oct, 2025·1 min read