
निर्वाचनअघिको अन्तिम कारोबार दिन नेप्से ३८ अंकले उकालो, अधिकांश उपसमूहमा हरियालीNEPSE Gains 38 Points on Final Trading Day Before Election, Broad Market Sees Strong Rally
प्रतिनिधि सभा निर्वाचनअघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेको छ। लगातार पाँच कारोबार दिनदेखि बजार उकालो लाग्दै आएको छ। यस दिन कारोबार रकम पनि बढेर ६ अर्ब २३ करोड रुपैयाँ नाघेको छ। सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा पञ्चकन्या माइ हाइड्रोपावर, रिलायन्स स्पिनिङ्ग मिल्स र मोलुङ्ग हाइड्रोपावरको शेयर मूल्य उल्लेख्य रूपमा बढेको छ। १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढ्दा जलविद्युत उपसमूह सर्वाधिक २.१३ प्रतिशतले उकालो लागेको छ।The NEPSE index rose by 38.52 points to close at 2,712.49 on the final trading day before the House of Representatives election, extending gains for the fifth consecutive session. Market turnover also increased, surpassing NPR 6.23 billion. Shares of Salpa Development Bank hit the positive circuit level, while Panchakanya Mai Hydropower, Reliance Spinning Mills, and Molung Hydropower posted notable gains. Out of 13 sectoral indices, 12 closed higher, with the hydropower sector leading the market with a 2.13 percent increase.


















