
नारायणी डेभलपमेन्ट बैंकका संस्थापक शेयरधनीद्वारा १ लाख ९२ हजार ७७७ कित्ता शेयर बिक्रीको तयारीPromoter Shareholder of Narayani Development Bank to Sell 192,777 Promoter Shares
नारायणी डेभलपमेन्ट बैंकका संस्थापक शेयरधनीद्वारा १ लाख ९२ हजार ७७७ कित्ता शेयर बिक्रीको तयारी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका एक संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १,९२,७७७ कित्ता संस्थापक शेयर बिक्री गर्न आवेदन दिएका छन्। बैंकको असोज २७ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन तथा प्रचलित नियमावलीअनुसार बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरेको जनाएको छ। बैंकले सो शेयर खरिद गर्न इच्छुक हाल कायम रहेका अन्य संस्थापक शेयरधनीहरूलाई यस सूचना प्रकाशन मितिदेखि ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको छ। इच्छुक संस्थापक शेयरधनीहरूले आफ्नो खरिद गर्न चाहेको शेयरको संख्या स्पष्ट उल्लेख गरी भरतपुर महानगरपालिका–१०, चितवनस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।Promoter Shareholder of Narayani Development Bank to Sell 192,777 Promoter Shares A promoter shareholder of Narayani Development Bank Limited has submitted an application to sell 192,777 units of promoter shares registered under their name. According to the decision made by the Board of Directors in its meeting held on Ashwin 27, 2082, the bank will move forward with the share sale process in accordance with Nepal Rastra Bank’s directives and prevailing regulations.


















