
नेपाल वितरक संघको अध्यक्षमा प्रेमहरि मैनाली निर्विरोध चयनPrem Hari Mainali Elected Unopposed as President of Nepal Distributors Association
नेपाल वितरक संघको अध्यक्षमा प्रेमहरि मैनाली निर्विरोध चयन काठमाडौं । नेपाल वितरक संघको २४औं साधारणसभाले प्रेमहरि मैनालीलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ। शनिबार सम्पन्न साधारणसभाबाट मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको हो। वरिष्ठ उपाध्यक्षमा नवराज दाहाल, उपाध्यक्षमा केशवप्रसाद मैनाली, महासचिवमा गणेशप्रसाद तिमिल्सिना, सचिवमा अशोक कुमार कँडेल, कोषाध्यक्षमा दिनेशमणि रिसाल र सह–कोषाध्यक्षमा रमेश प्रजापती निर्वाचित भएका छन्। त्यस्तै, कार्यसमिति सदस्यमा विनोद अधिकारी, भोजप्रसाद फुयाल (उमेश), दिपक घिमिरे, कपिल रेग्मी, निलकण्ठ ढकाल, रामप्रसाद ढकाल, फणिन्द्र खड्का (विकास), रुकेश महर्जन, किरण कार्की, भुवन श्रेष्ठ, प्रविण कुमार कर्माचार्य, सन्तोष पौडेल, सुवोध झा, गणेश कार्की र जयराम लवजू निर्वाचित भएका छन्। निबर्तमान अध्यक्ष रामहरि घिमिरे पदेन सदस्य रहनेछन्। प्रतिनिधि सभाका सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा र निबर्तमान अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो।Prem Hari Mainali Elected Unopposed as President of Nepal Distributors Association The 24th General Assembly of the Nepal Distributors Association has elected Prem Hari Mainali unopposed as its new president. The assembly, held on Saturday, unanimously endorsed a new executive committee under Mainali’s leadership. Navaraj Dahal has been elected as Senior Vice President, Keshav Prasad Mainali as Vice President, Ganesh Prasad Timilsina as General Secretary, Ashok Kumar Kandel as Secretary, Dinesh Mani Risal as Treasurer, and Ramesh Prajapati as Joint Treasurer.


















