
विमानस्थलमा बिदाइ–स्वागतमा अब अधिकतम तीनजनामात्र सहभागी हुन पाइनेOnly Up to Three People Allowed for Farewell and Welcome at Airport
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीडभाड नियन्त्रण गर्न नयाँ व्यवस्था लागू गरेको छ। अब विदेश जाने वा विदेशबाट आउने यात्रुको बिदाइ तथा स्वागतमा बढीमा तीनजना मात्रै सहभागी हुन पाउनेछन्। धेरै आफन्त विमानस्थल पुग्दा भीड बढ्ने र व्यवस्थापनमा समस्या हुने भएकाले यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ। सबैलाई सहयोग गर्न पनि आग्रह गरिएको छ।The Civil Aviation Authority of Nepal has introduced a new rule to control overcrowding at Tribhuvan International Airport. Now, only up to three people will be allowed to accompany a passenger for departure or arrival greetings. The authority said the decision was made due to excessive crowds caused by large numbers of relatives, which created management difficulties. It has also requested public cooperation to maintain order at the airport.


















