NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 76 / 195Next
    • अमेरिकी फेडरल रिजर्भले ब्याजदर ०.२५ प्रतिशत अंकले घटायो, सुनको मूल्य बढ्ने अपेक्षा
      Investor

      1 min read

      अमेरिकी फेडरल रिजर्भले ब्याजदर ०.२५ प्रतिशत अंकले घटायो, सुनको मूल्य बढ्ने अपेक्षा

      अमेरिकी फेडरल रिजर्भले ब्याजदर ०.२५ प्रतिशत अंकले घटायो, सुनको मूल्य बढ्ने अपेक्षा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (Fed) ले बुधबार संघीय कोष ब्याजदरको लक्ष्य दायरा २५ आधार बिन्दुले (०.२५ प्रतिशत अंक) घटाएर ३.७५ देखि ४ प्रतिशत मा ल्याउने निर्णय गरेको छ। यो चालू वर्षको दोस्रो ब्याजदर कटौती हो। फेडका अनुसार हाल उपलब्ध आर्थिक सूचकहरूले अमेरिकी अर्थतन्त्र मध्यम गतिमा विस्तार भइरहेको देखाउँछन्, तर रोजगारी वृद्धि सुस्त भएको र बेरोजगारी दर केही बढेको संकेत दिएका छन्।

      NEPSE TRADING

      ·

      30 Oct, 2025

    • माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित
      Investor

      <1 min read

      माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित

      माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको १२औं वार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको १२औं वार्षिक साधारणसभा (AGM) २०७२ साल असोज २४ गते (अक्टोबर १०, २०२५) का दिन काठमाडौंको सुकेधारा स्थित सानिवेशन हाइट्समा सम्पन्न भएको छ। उक्त सभामा उपस्थित शेयरधनीहरू र प्रतिनिधिहरूको सहभागिताले ६४.९३ प्रतिशत शेयर प्रतिनिधित्व भएको जानकारी दिइएको छ, जसले सभा सञ्चालनका लागि आवश्यक गणपूरक संख्या पूरा गरेको जनाएको छ। सभामा विभिन्न शेयरधनीहरूले कम्पनीका वित्तीय, प्राविधिक र सञ्चालन सम्बन्धी विषयमा प्रश्न तथा सुझावहरू राखेका थिए। अध्यक्ष श्री रामेश्वर रिजालको अध्यक्षतामा बसेको सभामा सो प्रश्नहरूको स्पष्टिकरण प्रदान गर्दै कम्पनीका विषयमा आवश्यक जानकारी दिइएको थियो।

      NEPSE TRADING

      ·

      30 Oct, 2025

    • सप्तकोशी र लुम्बिनी विकास बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा
      Investor

      1 min read

      सप्तकोशी र लुम्बिनी विकास बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा

      सप्तकोशी र लुम्बिनी विकास बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई विकास बैंकहरू — सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेड — लाई कारबाही गरेको छ।

      NEPSE TRADING

      ·

      30 Oct, 2025

    • तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज
      Investor

      1 min read

      तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

      तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यी कम्पनीहरूमा ग्लोबल आइएमई बैंक, मुक्तिनाथ कृषि कम्पनी, र गुराँस लघुवित्त वित्तीय संस्था रहेका छन्। यीमध्ये मुक्तिनाथ कृषि कम्पनी र गुराँस लघुवित्तले कात्तिक १४ गते बुक क्लोज गर्नेछन् भने ग्लोबल आइएमई बैंकले कात्तिक १६ गते बुक क्लोज गर्नेछ। त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्रै लाभांश प्राप्त गर्न र आगामी साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

      NEPSE TRADING

      ·

      30 Oct, 2025

    • सुनको मूल्य घट्दा चाँदीमा वृद्धि — नेपाली बजारमा मिश्रित प्रभाव
      Top

      <1 min read

      सुनको मूल्य घट्दा चाँदीमा वृद्धि — नेपाली बजारमा मिश्रित प्रभाव

      बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेर २ लाख ३६ हजार ३०० रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य ४५ रुपैयाँले बढेर २ हजार ९६५ रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारका उतारचढावका कारण यस्तो मूल्य परिवर्तन देखिएको हो।

      NEPSE TRADING

      ·

      29 Oct, 2025

    • मन्त्री कुलमान घिसिङको अन्तर्राष्ट्रिय आह्वान — “नेपालमा लगानी गर्नुहोस्, स्वच्छ ऊर्जाको उज्यालो भविष्य सँगै निर्माण गरौं”
      Investor

      2 min read

      मन्त्री कुलमान घिसिङको अन्तर्राष्ट्रिय आह्वान — “नेपालमा लगानी गर्नुहोस्, स्वच्छ ऊर्जाको उज्यालो भविष्य सँगै निर्माण गरौं”

      मन्त्री कुलमान घिसिङको अन्तर्राष्ट्रिय आह्वान — “नेपालमा लगानी गर्नुहोस्, स्वच्छ ऊर्जाको उज्यालो भविष्य सँगै निर्माण गरौं” ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले अन्तर्राष्ट्रिय समुदायलाई नेपालका जलविद्युत् र सौर्य ऊर्जामा लगानी गर्न आह्वान गरेका छन्। उनका अनुसार, नेपाल अहिले स्वच्छ ऊर्जाको नयाँ युगतर्फ प्रवेश गरिरहेको छ र विश्वका साझेदार राष्ट्रहरूका लागि नेपालमा लगानी गर्नु दिगो भविष्यमा लगानी गर्ने अवसर हो।

      NEPSE TRADING

      ·

      29 Oct, 2025

    • सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट सुनुवाइ — संवैधानिक इजलास गठन
      Investor

      2 min read

      सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट सुनुवाइ — संवैधानिक इजलास गठन

      सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट सुनुवाइ — संवैधानिक इजलास गठन प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको सुनुवाइ गर्न आजदेखि संवैधानिक इजलास गठन गरिएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, उक्त इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा. मनोजकुमार शर्मा सहभागी रहेका छन्। अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेका थिए। सो निर्णयविरुद्ध १६ वटा रिट निवेदन सर्वोच्च अदालतमा दायर भएका छन्। रिटदाताहरूले संसद् विघटन र अन्तरिम प्रधानमन्त्री नियुक्तिलाई संविधानविपरीत ठहर गर्दै संसद् पुनःस्थापनाको मागसहित परमादेश जारी गर्न माग गरेका छन्।

      NEPSE TRADING

      ·

      29 Oct, 2025

    • राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्ने
      Top

      1 min read

      राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ४० अर्ब रुपैयाँ तरलता खिच्ने

      नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण गर्न आज ४० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत झिक्ने भएको छ। हाल बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ७४ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोलमार्फत निर्धारण हुने छ भने सावाँ तथा ब्याज भुक्तानी मिति २०८३ बैशाख ९ गते (२०२६ अप्रिल २१) तोकिएको छ। न्यूनतम बोलकबोल रकम १० करोड रुपैयाँ र त्यसपछि ५ करोडको गुणकमा रहनेछ। राष्ट्र बैंकले दीर्घकालीन निक्षेप संकलन उपकरणमार्फत बजार ब्याजदर स्थिर राख्ने प्रयास गर्दै आएको छ।

      NEPSE TRADING

      ·

      29 Oct, 2025

    • “हिँड काठमाडौं” संघर्ष अभियान — सेयर बजार सुधारका लागि लगानीकर्ताहरूको माग सार्वजनिक
      Investor

      2 min read

      “हिँड काठमाडौं” संघर्ष अभियान — सेयर बजार सुधारका लागि लगानीकर्ताहरूको माग सार्वजनिक

      “हिँड काठमाडौं” संघर्ष अभियान — सेयर बजार सुधारका लागि लगानीकर्ताहरूको माग सार्वजनिक नेपालका सेयर लगानीकर्ताहरूले “हिँड काठमाडौं संघर्ष अभियान” अन्तर्गत नेपाल धितोपत्र बोर्ड (SEBON) परिसरमा विरोध प्रदर्शन गर्न लागेका छन्। उनीहरूले पूँजीबजारको सुधार, विस्तार र स्तरोन्नतिको माग गर्दै २८ बुँदे ज्ञापनपत्र सार्वजनिक गरेका छन्। अभियानका संयोजक दिपेन्द्र अग्रवालले जारी गरेको विज्ञप्तिअनुसार लगानीकर्ताहरूका मुख्य मागहरूमा यी विषयहरू छन्—

      NEPSE TRADING

      ·

      29 Oct, 2025

    • श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड आज बिहान १०:३० बजे हुँदै
      Investor

      1 min read

      श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड आज बिहान १०:३० बजे हुँदै

      श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड आज बिहान १०:३० बजे हुँदै श्रीनगर एग्रीटेक इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड आज बुधबार, कात्तिक १२ गते बिहान १०:३० बजे हुँदैछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार बाँडफाँड कार्य कम्पनीको कार्यालयमा बिहानैदेखि सुरु गरिनेछ। श्रीनगर एग्रीटेकको आईपीओमा लगानीकर्ताको अत्यधिक चासो देखिएको छ। असोज २६ गतेदेखि २९ गतेसम्म खुला गरिएको यस निष्कासनमा कुल १९ लाख ४२ हजार ६८२ जना आवेदकले २ करोड १७ लाख २ हजार ८० कित्ता सेयरका लागि आवेदन दिएका थिए।

      NEPSE TRADING

      ·

      29 Oct, 2025

    • राष्ट्र बैंकको आग्रह — ‘सर्त बुझेर जिम्मेवारीपूर्वक क्रेडिट कार्ड प्रयोग गर्नुस्’
      Investor

      1 min read

      राष्ट्र बैंकको आग्रह — ‘सर्त बुझेर जिम्मेवारीपूर्वक क्रेडिट कार्ड प्रयोग गर्नुस्’

      राष्ट्र बैंकको आग्रह — ‘सर्त बुझेर जिम्मेवारीपूर्वक क्रेडिट कार्ड प्रयोग गर्नुस्’ नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई क्रेडिट कार्ड प्रयोग गर्दा जिम्मेवारीपूर्वक व्यवहार गर्न र यसको सर्त तथा प्रावधान बुझेर मात्र प्रयोग गर्न आग्रह गरेको छ। केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले एक सूचना जारी गर्दै क्रेडिट कार्ड प्रयोगमा सतर्कता अपनाउन आग्रह गरेको हो। सूचनामा भनिएको छ, “क्रेडिट कार्ड सहज र सुरक्षित भुक्तानीको माध्यम हो तर यसप्रति लापरवाही गर्दा उच्च ब्याजदर र अनावश्यक आर्थिक बोझ पर्न सक्ने सम्भावना रहन्छ।”

      NEPSE TRADING

      ·

      29 Oct, 2025

    • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनी मोहनलाल अग्रवालद्वारा १ लाख कित्ता सेयर बिक्रीमा
      Investor

      1 min read

      प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनी मोहनलाल अग्रवालद्वारा १ लाख कित्ता सेयर बिक्रीमा

      प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनी मोहनलाल अग्रवालद्वारा १ लाख कित्ता सेयर बिक्रीमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका संस्थापक शेयरधनी मोहनलाल अग्रवालले आफ्नो नाममा रहेको १,००,००० (एक लाख) कित्ता संस्थापक शेयर बिक्रीका लागि राखेका छन्। कम्पनीले मिति २०८२ साल कार्तिक १२ गते पहिलो पटक सूचना प्रकाशित गर्दै, बीमा समितिको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नं. ११ बमोजिम इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूका लागि ३५ दिने सूचना जारी गरेको हो।

      NEPSE TRADING

      ·

      29 Oct, 2025

    • एशियन होटल लिमिटेडको पहिलो वार्षिक साधारण सभा मंसिर ३ गते हुने
      Investor

      1 min read

      एशियन होटल लिमिटेडको पहिलो वार्षिक साधारण सभा मंसिर ३ गते हुने

      एशियन होटल लिमिटेडको पहिलो वार्षिक साधारण सभा मंसिर ३ गते हुने एशियन होटल लिमिटेडले आफ्नो पहिलो वार्षिक साधारण सभा (AGM) मंसिर ३ गते आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको कार्तिक ११ गते बसेको बैठकले मंसिर ३ गते साधारण सभा गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार, सभा काठमाडौंको थापाथलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०:०० बजे आयोजना हुनेछ। सभामा कम्पनीका शेयरधनीहरूले भर्चुअल माध्यमबाट समेत सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ। सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, सोही अवधिको लेखा परीक्षण प्रतिवेदन, ब्यालेन्ससिट, लाभ–हानि हिसाब तथा अवशिष्ट नाफा विनियोजन प्रस्ताव पारित गरिनेछ। साथै, आगामी आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुनेछ।

      NEPSE TRADING

      ·

      29 Oct, 2025

    • समता लघुवित्तका संस्थापक सेयर १० हजार कित्ता बिक्रीमा
      Investor

      1 min read

      समता लघुवित्तका संस्थापक सेयर १० हजार कित्ता बिक्रीमा

      समता लघुवित्तका संस्थापक सेयर १० हजार कित्ता बिक्रीमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडका विद्यमान संस्थापक शेयरधनीले आफनो नाममा रहेको १०,००० कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्। कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार आवश्यक प्रक्रिया पूरा गर्दै सेयर बिक्रीको निर्णय गरेको हो। सो प्रक्रियाअनुसार विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिने व्यवस्था रहेकाले संस्थाले यसअघि मिति २०८२ साल असोज ६ गते राष्ट्रिय दैनिकमार्फत ३५ दिने सूचना प्रकाशित गरेको थियो। तर सो अवधिभित्र कुनै पनि विद्यमान संस्थापक शेयरधनीले खरिदका लागि निवेदन नदिएकाले अब अन्य इच्छुक व्यक्तिहरू, कम्पनीहरू, संघ–संस्थाहरूलाई खरिदका लागि आवेदन दिन आग्रह गरिएको छ।

      NEPSE TRADING

      ·

      29 Oct, 2025

    • सिटी होटल लिमिटेडको हकप्रद सेयर बाँडफाँड सम्पन्न
      Investor

      1 min read

      सिटी होटल लिमिटेडको हकप्रद सेयर बाँडफाँड सम्पन्न

      सिटी होटल लिमिटेडको हकप्रद सेयर बाँडफाँड सम्पन्न सिटी होटल लिमिटेडले आफ्नो १ः०.८० अनुपातमा जारी गरेको हकप्रद सेयर बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले २०७९ साल साउन २६ गतेसम्म कायम रहेका सेयरधनीहरूका लागि निष्काशन गरेको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद साधारण सेयर मिति २०७९ साल कार्तिक ११ गते बाँडफाँड गरेको हो। कम्पनीका अनुसार, जारी पूँजी रु. १ अर्ब ६७ करोड ४० लाख बराबरको हकप्रद सेयर निष्काशन गर्दा ४९ हजार १८५ जना सेयरधनीहरूले रितपूर्वक आवेदन दिएका थिए। तीमध्ये योग्य आवेदकहरूलाई १ करोड १२ लाख ४१ हजार ५८२ कित्ता सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

      NEPSE TRADING

      ·

      29 Oct, 2025

    • प्रतिनिधिसभा विघटनविरुद्ध दायर १६ वटा रिटमा आजदेखि सर्वोच्चमा सुनुवाइ सुरु
      Investor

      1 min read

      प्रतिनिधिसभा विघटनविरुद्ध दायर १६ वटा रिटमा आजदेखि सर्वोच्चमा सुनुवाइ सुरु

      प्रतिनिधिसभा विघटनविरुद्ध दायर १६ वटा रिटमा आजदेखि सर्वोच्चमा सुनुवाइ सुरु प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ सुरु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटनको निर्णय बदर गरी संसद् पुनःस्थापना गर्न माग गर्दै दायर रिटहरूमाथि प्रारम्भिक सुनुवाइ प्रारम्भ भएको हो। रिट निवेदनहरूमा उत्प्रेषण र परमादेश आदेश जारी गर्न माग गरिएको छ। यि रिटहरूमा प्रधानमन्त्री नियुक्तिको प्रक्रिया संवैधानिक व्यवस्थाविपरीत भएको र संसद् विघटन असंवैधानिक रहेको दाबी गरिएको छ।

      NEPSE TRADING

      ·

      29 Oct, 2025

    • मुस्ताङमा कात्तिकको १० दिनमै ४० हजारभन्दा बढी पर्यटकको आगमन
      Investor

      1 min read

      मुस्ताङमा कात्तिकको १० दिनमै ४० हजारभन्दा बढी पर्यटकको आगमन

      मुस्ताङमा कात्तिकको १० दिनमै ४० हजारभन्दा बढी पर्यटकको आगमन कात्तिक सुरु भएको १० दिनमै मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटक पुगेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कात्तिक १ गतेदेखि १० गतेसम्म ३७ हजार १४६ जना आन्तरिक र ३ हजार ७३२ जना विदेशी पर्यटक बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गरेका छन्। सो अवधिमा बस, जीप, कार, भ्यान र मोटरसाइकल गरी ११ हजार ८०८ वटा सवारीसाधन मुस्ताङ प्रवेश गरेको प्रहरीले जनाएको छ। तिहार तथा छठ पर्वको बिदालाई लक्षित गर्दै धार्मिक तथा पर्यटकीय भ्रमणका लागि देशभित्रका विभिन्न स्थानबाट मुस्ताङ आउने पर्यटकको भीड देखिएको हो।

      NEPSE TRADING

      ·

      29 Oct, 2025

    • व्यवसायी तथा पूर्व सांसद देवीप्रसाद भट्टचन पक्राउ
      Investor

      1 min read

      व्यवसायी तथा पूर्व सांसद देवीप्रसाद भट्टचन पक्राउ

      व्यवसायी तथा पूर्व सांसद देवीप्रसाद भट्टचन पक्राउ नेकपा (एमाले) का पूर्व सांसद तथा व्यवसायी देवीप्रसाद भट्टचनलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मंगलबार उनलाई ललितपुरबाट पक्राउ गरेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार, प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो। भट्टचन प्रभु ग्रुपका अध्यक्षसमेत हुन्। उनीविरुद्ध यसअघि नै ठगीसम्बन्धी उजुरी दर्ता भएको थियो। सहकारी ठगी प्रकरणमा समेत उनको संलग्नता रहेको आशंका हुँदै आएको थियो।

      NEPSE TRADING

      ·

      29 Oct, 2025

    • नेपाली बजारमा सुन–चाँदीको मूल्य फेरि घट्यो — गिरावटको क्रम जारी
      Top

      1 min read

      नेपाली बजारमा सुन–चाँदीको मूल्य फेरि घट्यो — गिरावटको क्रम जारी

      कात्तिक ११ गते, मंगलबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्ने क्रम जारी रह्यो। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँले घट्दै २ लाख ३७ हजारमा पुगेको छ भने चाँदी ६० रुपैयाँले घट्दै प्रतितोला २ हजार ९२० रुपैयाँमा कारोबार भयो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नु र डलर बलियो हुनुले नेपाली बजारमा पनि सो प्रभाव देखिएको हो।

      NEPSE TRADING

      ·

      28 Oct, 2025

    • इक्रा नेपाल लिमिटेडको १३औं वार्षिक साधारणसभा मंसिर ३ गते हुने
      Investor

      <1 min read

      इक्रा नेपाल लिमिटेडको १३औं वार्षिक साधारणसभा मंसिर ३ गते हुने

      इक्रा नेपाल लिमिटेडको १३औं वार्षिक साधारणसभा मंसिर ३ गते हुने इक्रा नेपाल लिमिटेड (ICRA Nepal Limited) ले आफ्नो तेह्रौं वार्षिक साधारणसभा (13th AGM) मंसिर ३ गते, बुधबार आयोजना गर्ने भएको छ। कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार, साधारणसभा काठमाडौँको एलिशे क्याफे एण्ड रेस्टुरेन्ट (एलिशे हस्पिटालिटी) थमेलमा बिहान ९:०० बजे सुरु हुने जनाएको छ।

      NEPSE TRADING

      ·

      28 Oct, 2025